चैत १ गतेदेखि २० वर्ष पुराना सवारी गुड्न नपाउने, गुडे जफत गरिने
काठमाडौ सरकारले चैत १ गतेदेखि । देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी चैत १ गते बिहीबारदेखि गुडे समातेर राखिने जानकारी दिए । २० वर्ष पुराना सवारी गुडाएमा समातेर कानूनी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको उनले सुनाए। फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएकामा थोरै सवारीले मात्र बुझाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनताको सेवा रोक भन्न नसकिने बताउँदै २० वर्ष पुराना सवारी नरोकिने जनाएको छ । मन्त्रिपरिषद्ले २०७१ भदौ २६ गते दुई वर्षभित्र २० वर्ष पुराना सवारी साधन गुड्न नदिने निर्णय गरेको थियो । यातायात व्यवसायीले निर्णयको विरोध गरेपछि राजपत्रमा सूचना प्रकाशन गर्न ढिलाइ भयो । विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन् । ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको महानिर्देशक भट्टराईले जानकारी दिए । हाल देशभर पाँच हजार ५०० वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको तथ्यांक विभागसँग छ ।
चितवनमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माण कार्य तिब्र
काठमाडौं । भरतपुर महानगरपालिका स्थित चितवनमा निर्माधिन अन्तराष्ट्रिय स्तरको अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण कार्य तिव्र रुपमा अघि बढेको छ । नेपाल उद्योग परिसंघले परियोजनाको निर्माण कार्य तिव्र गतिमा अघि बढेको बताएको हो । प्रदर्शनी केन्द्रको क्षेत्रफल करीव ६० हजार वर्ग फिट रहेको छ । जसमा अन्तराष्ट्रिय स्तरको पोल्ट्री एक्स्पो र राष्ट्रिय सूचना प्रविधि (आइटी) प्रदर्शनी समेत उक्त निर्माणाधिन प्रदर्शनी केन्द्रमा सम्पन्न भइसकेको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले चैत चौथो साता चितवनमा हुने पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७४ सम्बन्धी जानकारी गराउनेक्रममा बताए थिए । प्रदर्शनी निर्माणले देशको आर्थिक विकासमा औद्योगिकीकरणको महत्वपूर्ण भूमिका रहने तथा स्वदेशी उद्योगहरुको प्रवद्र्धन हुने संघले विश्वास लिएको छ । औद्योगिकरणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले चितवन जिल्लाकै गहनाको रुपमा रहेको भरतपुर–१०, चितवनमा उद्योग मन्त्रालयको विशेष सहयोगमा नेपालउद्योग परिसंघ र चितवन उद्योग संघकोको पहलमा सो प्रदर्शनी केन्द्र निर्माण कार्य अघि बढेको परिसंघको भनाइ छ । संघको अनुसार उक्त निर्माणधिन प्रदर्शनी केन्द्रमा कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधि लगायतका सेवाजन्य उद्योग एंव उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्न भविश्यमा विभिन्नन प्रदर्शनीहरु हुने जनाइएको छ ।
४ महिनामै बिक्यो ५० हजार युनिट हुवावेको नोभा २–आई
काठमाडौं । चार महिनाको अबधिमा ५० हजार युनिट हुवावेको नोभा २–आई बिकेको छ । नोभेम्बर २०१७ देखियता ४ महिनाको अबधिमा ५० हजार युनिट उक्त हुवावेको नोभा २ आई बिक्री भएको कम्पनीको दावी छ । कम्पनीका अनुसार सो स्मार्टफोन नोभेम्बरमा सार्बजनिक भएको बताइएको छ । त्यसबेला देखिनै मोबाइल पारखीहरुकोको ध्यानाकर्षण उक्त मोबाइलप्रति गएको थियाे। सो फोन आफ्नो विधाको सबैभन्दा रुचाइएको स्मार्टफोन बन्न सफल भएको कम्पनीको भनाइ छ । फोन आफ्नो फोटोग्राफी र शानदार फुल भ्यू डिस्प्लेका कारण सबैभन्दा रुचाइएको कम्पनीको बुझाइ छ । फोनमा दुवैतर्फ डुवल क्यामराहरु जडान गरिएको छ । ब्लर ब्याकग्राउण्ड तथा उत्कृष्ट सेल्फीका लागि यसमा स्मार्ट सेल्फी टोनिङ फ्ल्यास जडान गरिएको छ । फोनको विशेषताहरुमा ४ वटा क्यामराको साथ स्लीम बेजेल डिस्प्ले, २ वटा १३एमपी/२ एमपीको अगाडि र १६एमपी/२एमपी पछाडिको क्यामरा रहेको छ । त्यस्तै ५.९ इन्चको फुल एचडी प्लस डिस्प्ले, मेटल फिनिस बडी, १८ः९ आस्पेक्ट रेसियो डिस्प्लेले जी४ जिबी रोमकासाथ ४ जीबी र्याम, फिङ्गर सेन्सर लगायत फोनका विशेषताहरु छन् ।
४० मेगावाटको सुपर न्यादी आयोजनामा ६ बैंकको सवा ५ अर्ब लगानी, ३ वर्षमा बिजुली बल्ने
काठमाडौं । सिउरी न्यादी पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा ६ बैंकले ऋण लगानी गर्ने भएका छन् । एनएमबी बैंकको अगुवाइमा प्रभु बैंक, मेगा बैंक, सेञ्चुरी कमर्शियल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र कुमारी बैंकले ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । आयोजनाको प्रवर्द्धक सिउरी न्यादी पावर बैंकबीच बुधबार लगानी सम्झौतामा हस्ताक्षर भएको छ । ७ अर्ब लगानीमा निर्माण हुने आयोजनामा ६ बैंकले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने छन् । यो कुल लगानीको ७५ प्रतिशत हो । १ अर्ब ७५ करोड स्वपुँजी लगानी हुने छ । ङाडी ग्रुप पावर कम्पनी लिमिटेड मुख्य प्रवर्द्धक रहनेछ । आयोजनाको गत जेठ १९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । आयोजना २०७७ सालभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । आयोजनाको बाँध तथा विद्युतगृह बाँहुनडाँडा गाविसमा निर्माण हुनेछ । आयोजनाबाट वार्षिक २३ करोड ५७ लाख युनिट बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत आयोजनास्थल बाहुनडाँडादेखि ११ किलोमिटर दूरीको तारी खुना १३२ केभी सबस्टेसनमा जोडिनेछ ।
त्रिपुरेश्वर–नागढुंगा र चावहिल–जोरपाटी–साँखु सडकमा १०५८ घर भत्काइँदै, कति पाइन्छ क्षतिपूर्ति ?
काठमाडौं । त्रिपुरेश्वर–कलंकी–नागढुंगा र चावहिल–जोरपाटी–साँखु सडकमा अझै १०५८ वटा घर भत्काउन बाँकी नै रहेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीका अनुसार त्रिपुरेश्वर–कलंकी–नागढुंगा खण्डमा ४८८ वटा घर भत्काउन बाँकी छ । त्यस्तै, चावहिल–जोरपाटी– साँखु सडकमा ५७० वटा घर भत्काउन बाँकी रहेको छ । यी घरहरुका अदालतले अन्तरिम आदेश दिएको अवस्था छ भने कतिपय घरलाई असोज २ गतेको सर्वाेच्च अदालतको फैसलाले रोकेको छ । हाल उपत्यका सडक विस्तारका क्रममा भत्काईने घरहरुमा आरसीसी ढलानका लागि प्रतिवर्ग मिटर २६१५ रुपैंयाँ उपलब्ध गराइँदै आएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले न्युन क्षतिपुर्तिका कारण सडक विस्तारमा स्वेच्छाले घर भत्काउन तयार भएका स्थानीय पनि असन्तुष्ठ बनेको बताए । उनले तत्कालै क्षतिपूर्तिको दर बढाउनु पर्नेमा पनि जोड दिए । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले कालोपत्रे गर्न मिल्ने ठाउँमा कालोपत्रे गरेर अघि बढ्नुपर्ने बताए । महानगरिय ट्राफिक महाशाखाका प्रमुख सर्वेेन्द्र खनालले जहाँ जहाँ पिच गर्न सकिन्छ, त्यहाँ कालोपत्रे गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । तिवारीले सडक विस्तारका लागि मुआब्जा प्रदान गर्न एक अर्ब २६ करोड रुपैंयाँ बजेट अर्थमन्त्रालयसँग मागेको जानकारी पनि दिए । उपत्यकाको सडक विस्तारमा जनप्रतिनिधिहरुले समेत अपेक्षाकृत सहयोग नगरेको उनको भनाई छ ।
प्रुडेन्सियल इन्स्योरेन्सको बोनस र माउन्ट मकालुको हकप्रद सेयर सूचिकृत
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र माउन्ट मकालु डेभलपमेन्ट बैंकको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । बुधबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद सेयर नेप्सेमा थपिएको हो । प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख ५५ हजार ३६० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, माउन्ट मकालुको ३ लाख ४५ हजार ८०० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।
पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी चितवनमा, चैत २३ देखि शुरु
काठमाडाै । भरतपुर महानगरपालिका स्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा चैत २३ देखि २७ गतेसम्म पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ हुने भएको छ । उक्त प्रदर्शनी नेपाल उद्योग परिसंघको संस्थागत सदस्य संस्था चितवनले आयोजना गर्ने भएको हाे । परिसंघको अध्यक्ष हरिभक्त शर्माले प्रदर्शनीमा विभिन्न उद्योगबाट उत्पादित सामानहरुलाई प्रदर्शन हुनको साथै क्रेतासँगको प्रत्यक्ष भेटघाट, छलफल र अन्तरक्रिया हुने बताएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त औद्योगिक प्रदर्शनी बारे उनले जानकारी दिएका थिए । ‘दीगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्धन’ नारासहित सञ्चालन हुन लागेको सो प्रदर्शनी बारे प्रकास पार्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले औद्योगिक क्षेत्रको द्रुततर विकासबाट मात्र देश आर्थिक रुपमा समुन्नत हुने बताए । प्रदर्शनी स्थानीय उद्योग र उत्पादनको प्रवद्र्धन गर्दै भरतपुर क्षेत्रलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने लक्ष्य लिएर गर्न लागिएको उनको भनाइ थियो । आयोजकका अनुसार प्रदर्शनीमा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, हस्तकला, मुर्तिकला लगायत वस्तुहरुको स्टल रहनेछन् । २५० भन्दा बढी स्टलहरु रहने सो प्रदर्शनीमा लाखौ दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको लिएकाे छ ।
राष्ट्र बैंकले दियो २० अर्ब, बैंकले लिए ६ अर्ब १० करोड, बिहीबार १० अर्ब पठाउने
काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट ६ अर्ब १० करोड रुपैयाँ उठाएका छन् । तरलता कम भएर अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले हस्तक्षेप गर्नका लागि बुधबार रिपो उपकरणमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । बुधबार आधा दर्जन बैंकले मात्र पैसा उठाएको राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले रिपोमार्फत थप रकम बैंकिङ प्रणालीमा पठाउने गर्छ । बैंकिङ प्रणालीमा २२ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकले कम उठाए पनि राष्ट्र बैंकले बिहीबार पनि बजारमा पैसा पठाउने भएको छ । बिहीबार केन्द्रीय बैंकले रिपोमार्फत १० अर्ब रुपैयाँ पठाउन लागेको हो । केही महिनाअघि अन्तर बैंक ब्याजदर बढेपछि राष्ट्र बैंकले पटकपटक रिपोमार्फत बजारमा अर्बौ रुपैयाँ पैसा पठाएको थियो । ब्याजदर करिडोर अन्तर्गत १४ दिने रिपो बोलकबोलमार्फत ४४ अर्ब ५ करोड र सोझै खरिद बोलकबोलमार्फत २५ अर्ब २८ करोड तरलता प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत बजारबाट केन्द्रीय बैंकले पैसा उठाउछ भने कम भए रिपोमार्फत पैसा प्रवाह गर्दै आएको छ ।