भन्सार छलि ल्याइएको साढे नौ लाख बराबरको अवैध सामग्री बरामद
काठमाडौं । अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याइएको नौ लाख मूल्यबराबरको सामान पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले बरामद गरेको छ । दुईवटा पिकअपमा सीमापारी भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएको चाउचाउ, चिसो पेय पदार्थ, मदिराजन्य पदार्थलगायतका करिब साढे नौ लाख मूल्य बराबरको सामग्री तीनघरे प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले बरामद गरेको हो । प्रहरीले मे १ ज १६३१ र मे १ ज २९२८ नम्बरको पिकअप, भन्सार छलेर ल्याएको लाखौँ मूल्यको सामग्रीसहित पिकअपका चालकद्वय सूर्योदय नगरपालिका–२ का हुकुम तामाङ र सोही स्थानका पुरन स्याम्बोलाई पक्राउ गरेको हो । नियन्त्रणमा लिएको पिकअप र बरामद गरिएको सामान इलाका प्रहरी कार्यालय पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको नायव सुब्बा चेतनाथ खनालले जानकारी दिए । पिकअप चालकलाई भने प्रहरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । तस्करले पशुपतिनगरका सीमा नाकाबाट अवैध तरिकाले नेपालतर्फ भित्राएको उक्त सामग्रीहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसम्म पु¥याउँदै आएका छन् । रासस
अब एउटा व्यक्तिले २ वटा भन्दा बढि लघुवित्तबाट ऋण नपाउने
काठमाडौं । अब एक जना व्यक्तिले २ वटा भन्दा बढि लघुवित्त कम्पनीबाट ऋण नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिएको देखिएपछि त्यस्तो कडाई गर्न लागेको हो । ‘अब एक जना व्यक्तिले बढिमा २ वटा कम्पनीबाट मात्रै ऋण लिन पाउने व्यवस्था गरिन्छ, त्यसका लागि मैले मातहतका अधिकारीलाई यहिँबाट निर्देशन दिएँ’, सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका भगर्नर डा. चिरञ्जीवी नेपालले भने । उनले एउटै व्यक्तिले चार पाँच वटा लघुवित्तबाट ऋण लिएकाले लघुवित्तहरु जोखिममा पर्दै गएको आरोप पनि लगाए । हाल २५ लाख ७५ हजार नेपालीले लघुवित्तबाट कर्जा सेवा लिएको तथ्यांक रहेको छ तर त्यसमा अधिकांश ऋणीहरु चार पाँचवटा कम्पनीसँग जोडिएको पनि उनले बताए । कार्यक्रममा राष्ट्र बैंककै माइक्रोफाइनान्स प्रवद्र्धन तथा नियमन विभागका प्रमुख जनक बहादु अधिकारीले पनि लघुवित्त कम्पनीहरु संकट उन्मुख भएको बताएका थिए । ‘लघुवित्त कम्पनीका सञ्चालकहरु सक्षम भएनन्, समयमै नियमन गर्न सकिएन भने गम्भिर संकट आउने देखियो, लघुवित्तहरुलाई दुर्गन्धित हुनबाट जोगाउनु पर्ने समय आईसकेको छ’, नियमन विभागका प्रमुख अधिकारीले भने । कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स एसोसियसनका अध्यक्ष रामचन्द्र जोशीले १८ प्रतिशतको ब्याजदर सिमा हटाउनुपर्ने धारणा राखेका थिए । उनले १४.५ प्रतिशतमा सापटी लिएर १८ प्रतिशतमा कम्पनीहरु चल्नै नसक्ने पनि उनले बताए । उनले लघुवित्त कम्पनीहरुलाई पनि निक्षेप संकलनको बाटो खुल्ला गरिदिन पनि माग गरेका थिए ।
ह्वावे वाईनाइन मोबाइल अप्रिलमा लन्च हुँदै, अग्रीम-बुकिङ चैत १७ गतेसम्म खुल्ला
काठमाडौं । ह्वावे, विश्वको प्रमुख स्मार्टफान कम्पनीले यही अप्रिल महिनामा नेपाली बजारमा अर्को एउटा क्वाड क्यामरा भएको मिड–रेन्जको फोन लन्च गर्न लागेको छ । ह्वावे वाईनाइनमा उत्कृष्ट फोटोग्राफिको विशेषता भएको १३ एमपी र २ एमपीको डुअल रियर क्यामरा छन् र दुवै लेन्सहरुमा एफ/२.० को एपेचर छन् । अहिलेको ग्राहकको रुचि र आवश्यकतालाई पूरा गर्नको लागि ह्वावे वाईनाइनमा १६ एमपी र २ एमपीको दुई वटा फ्रन्ट क्यामराहरुको साथ दुवै लेन्सहरुमा एफ/२.० को एपेचर र टोनिङ् फ्ल्यास छ, जसले फोटोलाई अझ राम्रो बनाउँछ र ब्याक लाईटिङहरुलाई पनि मलाउँछ, जसले गर्दा यो फोनलाई साँच्चै नै फोटो एक्सपर्ट बनाउने कम्पनीले जनाएकाे छ । ह्वावे वाईनाइनमा दुवै रिअर एवं ब्याक क्यामरामा ब्यूटी र पोट्रेड मोड र ब्याक क्यामरामा बोके इफेक्ट, मुभिङ् फोटो र एआर लेन्सहरु छन्, जसमा फन् फिल्टर र ड्रेस अप सेल्फीका साथै ह्याण्ड र भ्वाइस् जेस्चर मोड जस्ता अत्याधुनिक बुद्धिमानी क्यामरा फिचरहरु छन् । ह्वावे आफ्ना मिड-रेन्जका फोनहरुमा प्रिमयम फिचरहरु प्रदान गर्नको लागि परिचित छ र ह्वावेको यो मोडलमा स्मार्ट फेस रेकग्नीशनको फिचर छ, जुन मानव अनुहारको गहिरो अनुसन्धानबाट विकसित गरिएको हो, जसले गर्दा यो फोनले मानिसको लिङ्ग र त्वचाको टोन पहिचान गरी हरेक विषयलाई फोटामा उत्कृष्ट देखाउनमा मद्दत गर्दछ । यो अद्वितीय विषेशता हाल नेपाली बजारमा उपलब्ध मिड–रेन्जका फोनहरुमा साधारणतया उपलब्ध हुँदैनन् । नोभा टुआईमा जस्तै वाईनाइनमा पनि १८ः९ आस्पेक्टको फुलभ्युउ डिस्प्ले छ, जसले स्प्लीट स्क्रीनको विशेषताको मजा लिनको लागि १२.५ प्रतिशत बढी स्थान दिई तपाईंलाई दुई वटा एप्लिकेशन एकै साथ चलाउन मद्दत गर्छ । वाईनाइनमा २६५जीबीको थप गर्न मिल्ने मेमोरीको साथ थ्रीजीबी र्याममा ३२जीबी रोमका साथै नवीनतम् इएमयूआई ८.० अपरेटिङ सिस्टम छ । यसका साथै यो फोनमा न्याभिगेशन डक् पनि थपिएको छ, जसले गर्दा ठूलो स्क्रीनको लागि राम्रो सहायता मिल्दछ । ४००० एमएएचको ठूलो ब्याट्रीले यो फोनलाई अझ पावरफुल बनाएको छ । वाईनाइनमा ट्रिपल स्लट डुअल सिम फिचरका साथ मेमोरी कार्डको लागि पनि छुट्टै स्लट पनि छ । ह्वावेको नोाभा टुआईले नेपालमा ब्यापक सफलता पाएको थियो र वाईनाइनमा पनि त्यही विधिको सर्वोत्कृष्ट फोन हो । ह्वावे वाईनाइन, एउटा सुपथ मूल्यको टन्नै प्रिमियम विशेषताहरु भएको आकर्षक देखिने त्यस्तो फोन हो, जसले नेपाली बजारको अवश्यकता पूरा गर्नेछ र बजारले पनि यसलाई मन पराउनेछ । ह्वावे वाईनाइनको अग्रीम–बुकिङ चैत १७ गतेसम्म खुल्ला छ र अग्रीम–बुकिङ गर्नेले ह्वावे एवान फिटनेस ब्याण्ड पाउनेछन् । ग्राहकले अग्रीम–बुकिङ गर्नको लागि आफ्नो नजिकको ह्वावे शोरुममा आफ्नो परिचय खुलाउने कागजातको प्रतिलिपिका साथ ३ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ ।
गभर्नरको प्रश्नः माइक्रोफाइनान्सले बाटोमा हिडिरहेका मान्छेलाई तानेर ऋण दिन मिल्छ ?
काठमाडौं । अहिले ६५ वटा माइक्रोफाइनान्सले ५ सय ९९ अर्ब लगानी गरेका छन् । अब हामीले तथ्यांक माग्नु पर्ने भएको छ कि यत्रो लगानी गरेर कति नेपाली नागरिक गरिबीको रेखामुनीबाट माथी उठे त ? त्याे तथ्यांक हेरेपछि कुन माइक्रोफाइनान्सलाई कारवाही गर्ने र कुनलाई पुरस्कृत गर्ने भन्ने एकिन हुनेछ । माइक्रोफाइनान्सले कति नेपालीलाई गरिबीबाट माथी उठायाे भन्ने तथ्य राष्ट्र बैंकलाई नै थाहा नहुने भन्ने पनि कही हुन्छ ? अब हामीलाई ५ सय ९९ अर्बको लगानीबाट कति नेपालीको जीवनस्तर उकासियो त्यो तथ्यांक चाहियो । राष्ट्र बैंक बैंकको सम्बन्धित निकायलाई मेरो निर्देशन नै भयो । अहिले माइक्रोफाइनान्सहरुमा २५ लाख ७५ हजार मानिस आवद्ध छन भनिएको छ । एउटै व्यक्तिले धेरै वटा कम्पनीबाट ऋण लिएकाले पाँच लाख भन्दा बढि मानिस यो क्षेत्रबाट लाभाम्वित नभएको स्पष्टै हुन्छ । अब ६ महिनादेखि एक बर्षभित्रमै एउटा व्यक्तिले २ वटा कम्पनीबाट मात्रै ऋण लिन पाउने व्यवस्था गर्नुस् । एउटा मान्छेले ऋण लिएको ३ बर्षमा ऊ पुरानो अवस्थाबाट माथी उठिसक्नु पर्छ । राम्रो मान्छे र व्यवसाय पर्यो भने २ बर्षमै ऊ पुरानो अवस्थाबाट माथि उठ्न सक्छ । अब को व्यक्तिले कुन व्यवसायका लागि कुन मितिबाट कुन कम्पनीबाट ऋण लियो भनेर एकिन तथ्यांक तयार पार्नुस् । अब माइक्रोफाइनान्सलाई कडाई नगरी भएन । माइक्रोफाइनान्सहरु आफ्नो उदेश्यबाट अलि बिमुख भएको महसुस गरेका छौं । कर्जा लगानी पनि सिमा भन्दा बढि नै गरिसकेको देखियो । माइक्रोफाइनान्सको उदेश्य भनेको ग्रामिण क्षेत्रका नागरिकलाई व्यवसाय गर्न उत्प्रेरित गर्ने हो । यो व्यवसाय यसरी गर्नुस, यसरी हिसाब किताब गर्नुस, यसरी ऋण तिर्नुस् भनेर सिकाउनु पर्ने हो । तर हामी त बाटोमा भेट्ने वित्तिकै समातेर ल्याएर ऋण दिने चलन स्थापीत भयो । बाटोबाट तानेर जबरजस्ती भिडाएको ऋणको उसले किन सदुपयोग गर्छ ? त्यसले माइक्रोफाइनान्सका ऋणीहरुले भोज खुवाउनु स्वभाविक हो । कम पढेलेखेका र पैसा नभएका ग्रामिण जनताका लागि नै हो माइक्रोफाइनान्स तर हामी बिषयान्तर भएका छौं । कम्पनी र हामी नियामक निकाय पनि अलि अन्तै लागेको महसुस भएको छ । अब सहकारी चलाएको जसरी माइक्रोफाइनान्स चलाउन पाइँदैन् । राम्रो प्रणालीमा सञ्चालन हुने माइक्रोफाइनान्सहरुको अवस्था राम्रो छ । हामीले पनि अरु देशको सफलताहरु हेरेर नेपालमा माइक्रोफाइनान्स भित्र्याएका हौं । यिनिहरूको काम भनेको ग्रामिण नागरिकहरुलाई उद्यमशिल बनाउन सहयोग गर्ने हो । हाम्रो देशमा ऋण लिएर व्यापार व्यवसाय गरेका ७० प्रतिशत सफल भएको देखिन्छ । अब कर्जा सूचना केन्द्रले माइक्रोफाइनान्सका ऋणीहरुको पनि लागत राख्नु पर्नेछ । त्यसले मल्टिपल लेण्डिङको समस्या समाधान हुन्छ । त्यसले माइक्रोफाइनान्सबाट ऋण लिएर तिर्न नसकेर आत्महत्या गर्नेहरुको संख्या पनि घट्छ । ऋणको जोखिम (डेब्ट ट्रयाप) पनि कम हुन्छ । एउटा माइक्रोफाइनान्सबाट ऋण लिएर तिर्न नसकेपछि त्यही ऋण तिर्न ऊ अर्काे कम्पनी धाउने समस्याको पनि समाधान हुनेछ । यस्तो रोग नेपालको मात्रै होइन, इण्डोनेसिया, भारतको आन्द्र प्रदेश, अजरबैजानसम्म यस्ता समस्याहरुले माइक्रोफाइनान्सहरुलाई समस्यामा पारेका छन् । कतै-कतै त ५० प्रतिशतसम्म मल्टिपल लेण्डिङको समस्या देखिएको छ । हामी कहाँ पनि त्यस्तो समस्या ठुलै छ । २५ लाख ७५ हजारको संख्या त पाँच लाखमा सिमित हुने सम्भावना देखियो । कति मानिस गरिबीको समस्याबाट मुक्त भए, कति स्वरोजगार र उद्यमशिल भए भन्ने कुराको पनि एकिन तथ्यांक छैन् । अब ई म्यापिङ मार्फत माइक्रोफाइनान्सहरु कहाँ कहाँ खुले र कहाँ कहाँ खोल्न बाँकी छ, त्यसको तथ्यांक पनि सार्वजनिक गर्नुपर्नेछ । हामीले विकट क्षेत्रमा जाने माइक्रोफाइनान्सलाई ४० लाख निर्ब्याजी पैसा दिएका छौं । अझै पनि ६० प्रतिशत जनसंख्याले घरमै पैसा राखेर बसेका छन् । ५२ प्रतिशतले मात्रै बैंकबाट ऋण लिएका छन भने ४२ प्रतिशतले मात्रै बैंकमा पैसा राख्ने गरेका छन् । २० प्रतिशत युवाहरु बैंक पनि जाँदैनन र ऋण पनि लिँदैनन् । माइक्रोफाइनान्सहरुले आफ्नो उदेश्य अनुसार काम गरे भने ८ देखि १० हजार मासिक कमाउन नेपाली युवाहरु विदेश जानु पर्दैन् । त्यसकारण मेरो आग्रह छ, माइक्रोफाइनान्सहरुले ठिकसँग काम गर्नुस् । तपाईहरु बाणिज्य बैंक जस्तो होइन् । विकास बैंक वा वित्त कम्पनी जस्तो पनि होइन् । तपाईहरुले त सेवा गर्ने र नाफा पनि कमाउने हो । वाणिज्य बैंकहरुसँग माइक्रोफाइनान्सले प्रतिष्पर्धा गर्न सक्दैनन् । त्यसका लागि माइक्रोफाइनान्स खोलिएको पनि होइन् । तल्लो तहका नागरिकहरुले रोजगारी खोज्ने भन्दा पनि रोजगारी सृजना गर्न सकुन् । गरिबी घटोस् भन्नका लागि माइक्रोफाइनान्सहरुलाई लाइसेन्स दिइएको हो । कति लगानीले कति रोजगारी सृजना भयो भन्ने कुरा पनि हामीले हेर्नुपर्छ । अब एउटा व्यक्तिले २ कम्पनी भन्दा धेरैबाट ऋण लिन नपाउने व्यवस्था लागु हुन्छ । कर्जा सूचना केन्द्रले त्यसको तथ्यांक राख्छ । (गभर्नर डा. नेपालले व्यक्त गरेको विचारमा आधारित)
स्कुल नजाने १८ लाख ५३ हजार साक्षर ! ३ अर्ब १४ करोड खर्च
काठमाडौं । स्कुल नजाने १८ लाख ५३ हजार साक्षर भएका छन् । १५ देखि ६० वर्ष उमेर समुहका सबैलाई साक्षर बनाउने उद्देश्यले २०५६ सालमा स्थापना भएको अनौपचारिक शिक्षा केन्द्रले आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ सालसम्मको तीन वर्षको अबधिमा १८ लाख ५३ हजार २ सय ६० जनालाई साक्षर बनाएको हाे । केन्द्रको अनुसार आर्थिक वर्ष २०७१/७२ मा १६ लाख ८९ हजार ५ सय ८२ जनालाई साक्षर बनाउने लक्ष्य लिएकोमा १५ लाख ६५ हजार ६ सय ६५ जना साक्षर भएका थिए । जसमा २ अर्ब ५७ करोड ३ लाख ७९ हजार सरुपैयाँ खर्च भएको थियो । ९२.६ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको केन्द्रको भनाइ छ । आर्थिक वर्ष २०७२/७३ मा १ लाख ४६ हजार १० जनालाई साक्षर बनाउने लक्ष्य लिएकोमा १ लाख ३६ हजार ४ सय ८९ जना साक्षर भएका थिए । जसमा ७१ करोड ६८ लाख ६ हजार रुपैयाँ खर्च भएको थियो । उक्त वर्ष ९३.४८ प्रतिशत लक्ष्य हासिले भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा १ लाख ५७ हजार ३ सय ४३ जनालाई साक्षर बनाउने लक्ष्य लिएकोमा १ लाख ५१ हजार १ सय १५ जना साक्षर भएका थिए । जसमा ३७ करोड ८३ लाख ४० हजार रुपैयाँ खर्च भएको थियो । उक्त आर्थिक वर्षमा गएका वर्षहरुको भन्दा बढि ९४.०४ प्रतिशत लक्ष्य हासिल भएको केन्द्रले जानकारी दिएको छ । केन्द्रकाे अनुसार तीन वर्षमा विभिन्न कारणले स्कुल जान नसक्ने जनशक्तीलाई साक्षर बनाउनका लागि ३ अर्ब १४ करोड ७४ लाख ५ हजार सरुपैयाँ खर्च भएको छ । जसमा प्रतिव्यक्ती साक्षर बनाउन १ हजार ६ सय ९७ रुपैयाँ खर्च भएको केन्द्रका सूचना अधिकारी दिनेश घिमिरेले बताए । उनका अनुसार हाल देशभर २ हजार १ सय ५१ वटा सामूदायीक सिकाई केन्द्रहरु संचालमा छन् । सबै भन्दा बढि सिन्धुपाल्चो र नुवाकोटमा ४८/४८ वटा, कम मुस्ताङमा ११ र मनाङमा ६ वटा सामूदायीक सिकाई केन्द्रहरु छन् । उक्त क्षेत्रमा अनौपचारिक तथा निरन्तर शिक्षा, विद्यालय विकास क्षेत्र विकस, सबैका लागि शिक्षा र पढाई सीप प्रवर्धन कार्यक्रम संचालन भइरहेका छन् । त्यस्तै हिमालमा १०, पहाडमा १५ र तराई वा उपत्यकामा २० जना राखेर कक्षा सञ्चालन भैरहेको केन्द्रका सूचना अधिकारी घिमिरेले बताए । ‘एउटा कक्षामा १८ प्रतिशत दलित , ३५ प्रतिशत जनजाती र अन्य समुदायका सहभागी छन्,’ उनले भने ‘सहभागीहरुको अनकुलता अनुसार प्रतिदिन २ घन्टाको दरले हप्तामा ६ दिन कक्षा सञ्चालन भैरहेको छ ।’ सरकारले सय आर्थिक वर्ष पनि निरन्तरता दिदै १ लाख ६८ हजार ८ सय १५ जनालाई अनौपचारिक शिक्षा दिने लक्ष्य राखेको छ । जसको लागि ८ करोड ११ लाख ९ हजार बजेट छुट्याइएको छ ।
२० वर्ष नाघेका भाडाका ३२५ सवारी साधन प्रतिबन्ध
भीमदत्तनगर । चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ । यातायातमा दर्ता भएका ३२५ सवारी साधन प्रतिबन्ध लगाएको यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले जानकारी दिए । उनले २० वर्ष नाघेका सवारी साधन चलाउन रोक लगाएसँगै कार्यालयमा दर्ता भएका सो संख्याका सवारी गुडाउन बन्देज लगाइएको बताए । प्रतिबन्धित सवारी साधनमाथि निगरानी बढाउन अनुगमन टोलीसमेत गठन गरिएको छ । गत फागुन मसान्तसम्ममा २० वर्ष पुराना सार्वजनिक सवारी साधनको इन्जिन नम्बर कार्यालयमा बुझाउन सवारीधनीलाई निर्देशनसमेत दिइएको थियो । “ट्राफिक प्रहरीसित प्रतिबन्ध लगाउन समन्वय गरेका छौँ,” भट्टले भने “अनुगमन समितिले पनि जाँच गर्दैछ ।” पुराना सवारी साधनले वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि यातायात व्यवस्था विभागले गत चैत १ गतेदेखि हटाउने निर्णय गरेको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको यातायात कार्यालयले जनाएको छ । प्रतिबन्धमा परेका भाडाका सवारी साधनमध्ये बस १२४, ट्रक १०६, मिनीबस तीन, टिपर १० र एक/एक वटा कन्टेनर तथा मिनीट्रक रहेका छन् । त्यस्तै ट्र्याक्टर १३, जिप ५२ र १५ टेम्पो गुड्न नपाउने भएका छन् । दुई हजार १०१ सवारी साधन दर्ता यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरमा ११ महिनामा दुई हजार १०१ सवारी साधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयका नायब सुब्बा नन्दराज भट्टका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा विभिन्न सवारी साधन दर्ताका भएका हुन् । कार्यालयका अनुसार नयाँ दर्ता भएका सावरी साधनमा सबैभन्दा बढी एक हजार ५६२ मोटरसाइकल, सात वटा बस, मिनीबस÷ट्रक चार, एक्साभेटर ४३, जिप÷कार ३२ र माइक्रो १९ रहेका छन् । सरकारी मोटरसाइकल ३७ र ट्र्याक्टर तथा इ–रिक्सा चार गरी ८४ वटा दर्ता भएका छन् । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका लेखापाल अनिल चन्दका अनुसार चालू आवको फागुनसम्ममा रु आठ करोड ७४ लाख ९२ हजार राजश्व संकलन भएको छ ।
नेपाल भित्रिने कार्गोमा ‘ट्रयाकिङ सिस्टम’ एक महिना भित्रै लागू हुने
काठमाडौं । भारतबाट नेपाल भित्रिने कार्गोमा इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (इसीटीएस) एक महिनाभित्र लागू हुने भएकाे छ। अायातकाे क्रममा भारत र नेपालबीचकाे सीमा क्षेत्रमा हुने विभिन्न अबरोध हटाउने तथा चुवावट राेक्न उद्देश्यले सरकारले पहिलो पटक उक्त ट्रयाकिङ सिस्टम सञ्चालन गर्न लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले भारतबाट नेपालमा भित्रिने कार्गोमा ट्रयाकिङ सिस्टम जडानका सम्पूर्ण सामानहरु आइसकेको बताए । ‘सञ्चालनको कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने ‘महिना दिन भित्रै सिस्टम सञ्चालनमा आउनेछ ।’ उनकाअनुसार शुरुमा पाइलट प्रोगामको रुपमा कोलकोत्तादेखि विरगन्ज तथा विराटनगर आउने कार्गोहरुमा याे प्रणाली लागू गरिनेछ । कार्गो सहि समयमा नआउने गरेको, एउटा कार्गो पास हुन महिनौ लाग्ने, आयात प्रकृयामा चोरीपैठारी, ढिलाइ बढेको तथा सामान बिग्रिने जस्ता समस्याका गुनासो बढेपछि मन्त्रालयले उक्त प्रणाली सञ्चालन कार्य अघि बढाएको थियो । उक्त नयाँ प्रविधि सञ्चालन आएसँगै भारतबाट पास हुने सामानको गतिविधि निरीक्षण गर्न सकिने, विलम्ब तथा जाँचपास शुल्कलाई कटौती गर्न सकिने र नियमित राजश्व संकलनमा योगदान पुग्ने विश्वास सरकारले लिएको छ । मन्त्रालयका अनुसार प्रविधिको माध्यमबाट भारतदेखि नेपाल भित्रिदै गरेको कार्गो कहाँ पुग्यो भन्ने जानकारी हुन्छ । ग्लोबल पोजिसन अनुसार ट्रयाकिङ हुन्छ । जुनसुकै बेला पनि कार्गेको गतिबिधि थाहा पाउन सकिन्छ । जसबाट कार्गो ढुवानीमा प्रभावकारी बढ्नेछ ।कलकत्ता बन्दरगाहदेखि नेपालको सीमानाकासम्म दैनिक सयाैं कार्गोहरु भित्रिने गरेका छन् । यो प्रविधि रेल र सडकबाट आउने सामानहरुका लागि प्रयोग गरिने मन्त्रलयले जनाएकाे छ । उक्त इसीटीएस पूर्णरुपमा वायरलेस प्रविधि हो । जसमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन, वेबद्वारा सञ्चालित सफ्टवेयर तथा अन्य विभिन्न प्रविधीको प्रयोग गरिएको हुन्छ ।
हनुमानढोका-स्वयम्भु सम्पदामार्ग निर्माणमा जोड
काठमाडौं । काठमाडौं महानगरपालिकाको हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भुनाथसम्म ‘सम्पदा मार्ग’ निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । कामपा–१५ ले आयोजना गरेको अन्तर्क्रियामा विश्वसम्पदा क्षेत्रमा सूचीकृत दुवै सम्पदास्थलको दूरी करीव दुई किलोमिटर मात्र रहेको हुँदा उक्त सञ्जाललाई ‘सम्पदा मार्ग’ कारुपमा विकास गर्न सुझाइएको छ । सांसद जीवनराम श्रेष्ठले विश्व सम्पदास्थलदेखि विश्व सम्पदास्थलसम्मको यात्रालाई व्यवस्थित बनाउनसकेमा विश्वमा नौलो प्रयोग हुने बताउँदै त्यहाँका संरचना परम्परागत शैलीमा निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले त्यस क्षेत्रका सम्पदास्थलको संरक्षण तथा प्रवद्र्धनका लागि उक्त योजना महत्वपूर्ण हुने र मुलुकमा रहेका विभिन्न सम्पदालाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सामुदायिक स्वास्थ्य सेवा परिषद्, भुइँखेल टोल सुधार समिति, तपिता टोल सुधार समिति, चागल क्लवलगायतका संघसंस्था र सरोकार पक्षका प्रतिनिधिले पनि ‘सम्पदा मार्ग’को औचित्य र आवश्यकताबारे प्रष्ट हुनुपर्ने विचार व्यक्त गरे । कामपा–१५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले मुलुकका सम्पदालाई प्रचारप्रसार गर्न जनस्तरबाट विशेष भूमिका निर्वाह हुँदै आएको स्मरण गर्दै ‘सम्पदा मार्ग’को अवधारणालाई सफल बनाउनुपर्ने बताए। विश्वसम्पदा उत्सव मूल समारोह समितिले आगामी वैशाख ५ गते हुने विश्व सम्पदा दिवसका अवसरमा सम्पदा सचेतना कार्यक्रम गर्ने जनाइएको छ । रासस