अख्तियारको निर्देशनपछि नर्भिकमा सरकारी छापा, २४ घण्टा भित्र बिलबिजक बुझाउन निर्देशन
काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले राजधानी स्थित थापाथलिमा रहेको नर्भिक अस्पतालमा सोमबार अनुगमन गरेको छ । अत्यधिक बढि शुल्क लिएको सेवाग्रहिको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धा आयोगको निर्देशनमा विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठको नेतृत्वमा अनुगमन गरिएको हो । ‘अनुगमनको क्रममा अस्पतालले आवश्यक बिलबिजक देखाउन सकेन,’ शाखा अधिकृत श्रेष्ठले भने ‘त्यसपछि हामीले २४ घन्टाभित्र आवश्यक बिलबिजकसहितको कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दियौं । त्यो पनि बुझ्न मानेन र मौखिक निर्देशन दिएर आएका छौं ।’ उनको अनुसार अझै पनि विभागले २४ घन्टासम्म पर्खेर हेर्ने, त्यस अबधिसम्म पनि कागजात नल्याएको खण्डमा जस्ताको त्यस्तै रिपोर्ट अख्तियारलाई बुझाइने छ । त्यसपछि अख्तियारनै आगाडी बढ्ने उनको बुझाइ छ । केही समयअघि मात्रै पनि उक्त अस्पतालमा देब्रे खुट्टाको अप्रेसन गर्न भर्ना भएको बिरामीलाई दाहिने खुट्टाको अप्रेसन गरेको घटनाबाहिर आएको थियो ।
एक वर्षभित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा- पर्यटनमन्त्री
काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् । रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै पर्यटनमन्त्री अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने तयारी भइरहेको बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने– ‘खुशीको कुरा छ । नयाँ सरकारले विमानस्थलको निर्माणसम्बन्धी कार्य अगाडि बढाउनमा देखिएका समस्या समाधान गरिसकेको छ ।’ त्यस्तै, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधि जोडेर २४सै घण्टा सञ्चालन गर्ने गरी काम अघि बढिसकेको समेत उनले जानकारी दिए । मन्त्रालयले आगामी पाँच दिनभित्र दीर्घकालीन र अल्पकालीन दृष्टिकोण तयार गरी १०० दिने कार्ययोजना ल्याउने तयारी गरिरहेको तथा आगामी पाँच वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको मन्त्री अधिकारीले बताए । त्यस्तै, पाँच वर्षभित्र ८० प्रतिशत भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण सम्पन्न गर्ने, १०/१० वर्षमा मन्त्रालयगत नीतिगत निर्णय पुनरवलोकन गर्ने उनको तर्क थियो । मन्त्री अधिकारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न पूरै देश अभियानका साथ लाग्ने जानकारी दिँदै भैरहवा विमानस्थल र पोखरा विमानस्थललाई अघि बढाउने स्पष्ट पारे ।
सिटिजन्स बैंकको वीरगञ्ज शाखा स्तान्तरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वीरगञ्जमा रहेको शाखा कार्यालयको स्तान्तरण गरेको छ । बैंकले हाल रहेको कार्यालय भन्दा करिब १५० मिटर दक्षिणमा रहेको रानीसती मन्दिरसँग टाँसिएकोे आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ । सोमबार बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त कार्यालयबाट बैंकिङ कारोवारको सुरुवात गरेका छन् । करिव ६००० वर्ग फीटमा फैलिएको बैंकले जनाएको छ । हाल बैंकले ६८ वटा शाखा, ६५ वटा एटिएम काउन्टर र ९९ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, निकट भविष्यमा नै थप शाखा संचालन गर्ने बैंकको योजना रहेको बैंकका सीईओ पोखरेलले बताएका छन् ।
सेयर बजार बढाउन इन्भेष्टर्स फोरमका १९ एजेण्डा, ७ दिनभित्र पुरा नभए कडा आन्दोलन
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले विगतलामो समयदेखि निरन्तर रुपमा घटिरहेको पूँजीबजार बढाउन विभिन्न माग(एजेण्डा)हरु राखेको छ । फोरमले सेयर बजारप्रति जनताको आकर्षण बढाउनका साथै सेयर बजारको विश्वसनियता बढाउनका निम्ति आफ्ना १९ वटा एजेण्डा राखेको हो । साथै, उक्त मागहरु ७ दिन भित्र पुरा नभए आन्दोलन गर्ने फोरमले बताएको छ । सरकारी व्यक्तिहरुको अभिव्यक्तिबाट सेयर कारोबारमा गिरावट आएको भन्दै फोरम आन्दोलनमा जान लागेको हो । विगत लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पूँजीबजार र त्यसले आमलगानीकर्ताहरुमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असरप्रति फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फोरमद्धारा आयोजित एक कार्यक्रममा फोरमका अध्यक्ष अम्बिका पौडेलले सरकारी व्यक्तिहरुले सेयर बजारमा नकारात्मक असर पर्नेगरी अभिव्यक्ति दिन नहुने बताउँदै संरक्षकको भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । नेपालको पूँजीबजारको इतिहासमा सबैभन्दा बढि पूँजीकृत रकम ८ खर्ब ३६ अर्ब रुपैयाँ गुमाउदा सरकार र यसका अन्य निकायहरु मौन रहनुले १५ लाखभन्दा बढि लगानीकर्ताहरु मर्माहत भएकोमा फोरमले दुःख व्यक्त गरेको हाे । यस्ता छन् फोरमले सेयर बजार बढाउन १९ वटा मागहरु १. सम्झौता गरिएको अवधी भित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागु गर्ने । २. ब्रोकरको संख्या तथा क्षेत्रधिकार विस्तार गरी वाणिज्य बैंकहरुलाई समेत ब्रोकर लाईसेन्स दिई कारोबार गर्ने सूविधा विस्तार गर्ने । ३. गैरआवशीय नेपालीहरुलाई पूँजीबजारमा प्रवेश गराउनका लागि आवश्यक कानूनहरुको निर्माण गर्ने । ४. धितोपत्र बोर्ड, नेप्से,सिडिएससि लगायतका निकायको क्षमता अभिवृद्धि गरी पूर्वाधार तथा प्रविधिमैत्री बनाउने । ५. नेप्सेको संरचनागत सूधार र नयाँ स्टक एक्सचेन्ज स्थापनाको लागि तत्काल कार्य अगाडी बढाउने । ६. ब्रोकर सेवाशुल्क तथा ब्रोकरको प्रवेश र वर्हिगमनलाई अन्तराष्ट्रिय स्तरमा प्रचलित मान्यता अनूरुप बनाउने । ७. शेयर कर्जामा लगाईएको पूँजीगतजोखीमको भार १०० प्रतिशतमा झार्ने । ८. शेयर धितोकर्जामा कर्जाको सिमा बजार मूल्यको ७० प्रतिशत पुर्याउने । ९. ब्रोकर मार्फत शेयरधितो कर्जा उपलब्ध गराउने कार्यलाई तत्काल कार्यान्वयनमा ल्याउने । १०. सेटलमेन्ट ग्यारेन्टी फन्डसँग सम्बन्धित ऐन नियमतत्काल निर्माण गरि कार्यान्वयन गर्ने । ११. मार्केट मेकर र धितोपत्र ब्यापारीलाई छिटोभन्दा छिटो हालको बजारमा प्रवेश गर्ने वातावरण बनाउने । १२. सर्ट सेलिङ्ग, अन्तर दिनकारोबारको व्यवस्था गरी चाँडो भन्दा चाँडो लागू गर्ने व्यवस्था मिलाउने । १३. हाल कायमरहेको ३ दिनको राफसाफलाई १ दिनवाकारोबार सकिएको २४ घण्टाभित्र हुने व्यवस्था मिलाउने । १४. सूचीकृत कम्पनीहरुले प्रदानगर्ने बोनस शेयर बार्षिक साधारण सभा सम्पन्नभएको ७दिन र हकप्रद शेयर बाँडफाँडको भएको ७दिनभित्र सूचिकृत गर्ने ब्यवस्था गर्ने । १५. हकप्रद र बोनस शेयरहरु प्रदानगर्ने कम्पनीहरुको धितोमा ऋण लिएका ऋणीहरुको हकमा सो शेयर सुचिकरण नगरिने समयसम्मको लागिबुकक्लोज हुने दिनको मुल्यलाई नै आधार मुल्य मान्ने ब्यबस्था गर्ने । १६. डेबेञ्चर तथाबोण्ड मार्केटलाई ब्यबस्थीततथा तरल बनाउने । १७. फाईनान्सीयल डेरिभेटिभको कारोबार संचालनमाल्याउने । १८. नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डले लगानीकर्ताबाट प्राप्त कमिशनको १५ प्रतिशत रकमलगानीकर्ता सचेतना कार्यक्रममा खर्च गर्नु पर्ने । १९. वास्तविक क्षेत्रकाकम्पनीहरुको नियमनको लागि छुट्टै नियमनकारी निकायको ब्यबस्था गर्ने । आर्थिक समृद्धिको अभियानलाई मुर्तरुप दिनआवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरु तथा निकायहरु अझ बढी गम्भिर हुन फोरमले बताएको छ । फोरमले राखेकाे मागहरु ७ दिन भित्रमा सम्बोधन नभएमा इन्भेष्टर्स फोरमले पूँजीबजारको विकास र लगानीकर्ताहरुको हकहितको सुरक्षाको लागि चरणवद्ध आन्दोलनको कार्यक्रम गर्न बाध्य हुने बताएको छ ।
कोरियन युएसबी रक ब्रोकर भित्रियो, सुरुवाति मुल्य १५ लाख
काठमाडौं । दक्षिण कोरियाको उत्कृष्ट हेभी इक्वेप्मेन्ट उपकरण युएसबी रक ब्रोकर नेपाली बजारमा भित्रिएको छ । हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिले नेपालमा सफलतापूर्वक जिपी र आइटीआर लुव्रिकेन्टको व्यवसायिक कारोबार सुरु गरेको दोस्रो वर्ष पूरा गरेको अवसरमा उक्त उपकराणको सर्वजनिक गरिएको हो । दक्षिण कोरियास्थित कम्पनीका प्रवन्ध निर्देशक केटिओले नेपालस्थित हजुरलाई नमस्ते टे«ड लिंकका प्रवन्ध निर्देशक ताराबहादुर कुँवरलाई आधिकारिक बिक्रेताको प्रमाणपत्र प्रदान गरिसकेको छ । कुँवरले अन्य रकको तुलनामा युसएसबी रक गुणस्तरीय र टिकाउ हुने दावी गरेका छन् । कम्पनीको अनुसार उच्च प्रतिफल दिने दाबी गरेका उक्त रक नेपालमा लामो परीक्षणपछि भित्र्याइएको उनको भनाइ छ । कम्पनीको अनुसनर १५ र १६ लाख रुपैयाँ गरी दुई प्रकारका उपकरण बजारमा उपलव्ध गरिएको छ । पहिलो चरणमा १० वटा रक भित्रयाएकोमा ५ वटा विक्री भइसकेको कम्पनीका प्रवन्ध निर्देशक कुवरले जानकारी दिए । ग्राहकलाई बिक्रीपछि सर्वसुलभ सेवा प्रदान गर्न कम्पनीले स्पेयरपार्टस उलव्ध गराउने भएको छ । जसका लागि ५० लाखभन्दा बढीको स्पेयर पार्टसमेत आयात भइसकेको उनले जनाए ।
सिद्धार्थ बैंकको थप दुई शाखा बेल्टार र विराटचोकमा
काठमाडौं । सिद्धार्थ बैंकले थप दुई शाखा बेल्टार र विराटचोकमा विस्तार गरेको छ । सोमबार एक कार्यक्रमका बीच बेल्टार शाखाको उद्घाटन उदयपुर जिल्लाका सांसद बिमल कार्की तथा उदयपुर जिल्लाको चौदन्दिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले संयुक्त रुपमा गरेका थिए । त्यस्तै, विराटचोक शाखाको उद्घाटन सुन्दर हरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका संचालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रुपमा गरेका छन् । उक्त शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै ग्राहकहरुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । साथै, यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशीलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने र यी स्थानका व्यवसायी तथा सर्वसाधारणले बैंकले प्रदान गर्दै आएको उच्चस्तरीय सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हालै देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, , १०८ एटीएम र ६८७ पीओएस् मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
टाटा मोटर्सद्धारा फेसबुक अभियानको ५ जना विजेता घोषित, पाए १/१ तोला सुन
काठमाडौं । टाटा मोटर्स् नेपालले आफ्नो फेसबुक अभियान “टाटा नेक्सन नाम कन्टेस्ट” को विजेताहरु घोषित गरेको छ । यस फेसबुक अभियानमार्फत ५ जना भाग्यशाली विजेताहरुले १ तोला सुन जित्न सफल भएका थिए । फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को पेज लाईक गरी सहभागी भएका प्रतियोगीहरु मध्ये ५ जना भाग्यशाली विजेताहरुः सुरज नेक्सन निरौला, महेश नेक्सन भट्टराई, हरि नेक्सन खड्का, राधा कृष्ण नेक्सन पाठक र सापकोटा नेक्सन सुबोध विजयी भएका थिए । कार्यक्रममा टाटा मोटर्सका जेनेरल म्यानेजर प्रविन खतिवडाले भने, “यस क्याम्पेनको आइडिया सिप्रदी मार्केटिङ्ग टीमले सिर्जना गरेको हो र यस प्रकारको क्याम्पेन नेपालमै पहिलो पटक आयोजना भएको हो जहाँ प्रोडक्टको नामलाई नै आफ्नो बीचको नाम बनाउनु पर्ने थियो । विशेष गरी प्रयोगकर्ताहरुलाई कसरी योजनामा समावेश गर्न सकिन्छ भन्ने अवधारणामा यो क्याम्पेन लन्च गरिएको हो । प्रभावकारी यस क्याम्पेनका सहभागीहरुले अन्य ब्राण्डहरुद्धारा आयोजित यस्तै अन्य प्रतियागिताहरुमा आफ्नो नामको बीचमा नेक्सन राखी सहभागी र विजयी समेत भएका थिए । पछिल्लो २ महिनामा, ६१८ जना सहभागीहरुले आफ्नो बीचको नाम परिवर्तन गर्नुभएको थियो । हामीले ५ जना भाग्यशाली विजेता घोषित गरेतापनि ६१८ जना सहभागीहरु नै हाम्रो लागि विजेताहरु हुनुहुन्छ र निकट भविष्यमापनि टाटा मोटर्स्ले यस्ता प्रतियोगिताहरु निरन्तर रुपमा ल्याउनेछ ।” टाटा नेक्सनको यस फेसबुक अभियान जनवरी २०१८ देखि शुरु भई फेब्रुअरी २०१८ मा सम्पन्न भएको थियो ।
कतार एयरलाइन्सले काठमाडौंदेखि ग्रीसको थेसालोनिकीसम्म उडान भर्ने
काठमाडौं । कतार एयरलाइन्सले नेपाल देखि ग्रीसको थेसालोनिकीसम्म उडान भर्ने भएको छ । प्रत्येक महिना विभिन्न देशको नयाँ शहरहरुमा उडान भर्दै आएको एयरलाइन्सले यो महिना ग्रीसको थेसालोनिकीमा उडान भर्न लागेको हो । अब नेपालीहरुले ग्रीसको पर्यटकिय स्थल थेसालोनिकी जान कतारको दोहा ट्रान्जिट भएर सजिलै जान सक्नेछन् । नेपालीहरुको घुम्ने आनी बानीमा वृद्धि भएसँगै अन्य पर्यटकिय मुलुक जस्तै ग्रीस नेपालीका लागि रोजाइको गन्तव्य बन्ने एयरलाइन्सले विस्वास लिएको छ । एयरलाइन्सकाे अनुसार नेपालदेखि थेसालोनिकीसम्म १ जनाको ७ सय अमेरिकी डलर करिब ७२१०० नेपाली रुपैंया पर्नेछ । एयरलाइन्सले यसै साताबाट काठमाडौंदेखि थेसालोनिकीसम्मको उडान सुरु गर्ने तयारी गरेको छ ।