सनराइज बैंकले शुरु गर्यो भाईबर सेवा, बैंकिङ्ग सेवाको सम्पूर्ण जानकारी लिन सकिने
काठमाडौं । सनराइज बैंक लिमिटेडले भाईबर बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त भाईबर बैंकिङ्ग सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्नेछन् । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकहरुको मोबाइल नम्बर यस बैंकको स्मार्ट बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । भाईबर बैंकिङ्ग सेवा मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धती खाताको जानकारी लगायत अन्य सेवाको साथै बैंकको सम्पुर्ण शाखा तथा एटिएमहरु सम्बन्धी जानकारी लिन सकिनेछ । बैंकले हाल ७६ वटा शाखा, २० वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा एटिम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
टिसीएलले ल्यायो ‘फेरी आयो, हातमा हात्ती अफर’, खरिदमा २७ हजारसम्म नगद फिर्ता
काठमाडौं । टिसीएलले यस नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै क्यास ब्याक तथा उपहारको वर्षा ल्याएको छ । अमेरिकामा सर्वाधिक रुचाएको ब्राण्ड टिसीएलले नेपाली बजारमा “फेरी आयो, हातमा हात्ती अफर” नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत यसपाली पनि ग्राहकवर्गहरुले एलईडी टिभीको खरिदमा २७ हजार रुपैयाँसम्मकोे क्यास ब्याक पाउने छन् । साथै, उक्त मेसिनको खरिदमा सिजीको स्प्रे आइरन तथा एयर कन्डिस्नरमा फ्री इन्स्टलेसनको सुविधा पाउने कम्पनीले जनाएको छ । नेपालका लागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी गु्रप अन्तर्गत इओएल प्रा. लिले गर्दै आएको छ ।
नबिल फाउण्डेसनद्धारा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग
काठमाडौं । नबिल बैंकद्धारा प्रवद्धित नबिल फाउण्डेसनले दृष्टिविहीन सहयोग केन्द्र नेपालको सहकार्यमा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुको शैक्षिक विकासका लागी ८ थान नयाँ कम्प्युटरहरु हस्तान्तरण गरेको छ । कम्प्युटरहरुमा दृष्टिविहीन छात्रछात्राहरुलाई अध्ययन गर्न सहजताको लागी जेएडब्लुएस नामक सफ्टवेयर स्थापना गरी हस्तान्तरण गरिएको छ । ती कम्प्युटरहरु शिवालय माध्यमिक विद्यालय- कुश्मा, पर्बत, बन्देवी माध्यमिक विद्यालय- चौतारा सिन्धुपलान्चोक, अमर ज्योति माध्यमिक विद्यालय- पालुङटार, गोर्खा तथा जन विकास माध्यविक विद्यालयका-बेशिसहर, लम्जुङ मा बाँडिएका थिए । नबिल बैंकका बागलुङ् शाखाका शाखा प्रमुख लुजाराज भण्डारीले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर गिरीलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । यसैगरी बन्देवी माध्यविक विद्यालय- चौतारा सिन्धुपाल्चोकमा नबिल बैंकका धुलिखेल शाखाका शाखा प्रमुख धर्मराज बंजाराले कम्प्युटरहरु हस्तान्तरण गरेका छन् । यसका साथै पालुङटार, गोर्खास्थित अमर ज्योति माध्यमिक विद्यालयमा बैकका गोर्खा शाखाका संचालन इन्चार्ज विश्वाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रकाश न्यौपानेलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा गोर्खा महिला अपाङ्ग संघका अध्यक्ष, श्रीमती गीता माया श्रेष्ठको समेत उपस्थीती रहेको थियो । अन्ततः लम्जुङ स्थित जन विकाश माध्यविक विद्यालयमा नबिल बैंकका बेसिसहर शाखाका संचालन इन्चार्ज नारायण आचार्यले सो कम्प्युटरहरु लम्जुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, युवराज मैनालीलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । नबिल फाउण्डेसनले विद्यालय तथा छात्रछात्राका शैक्षिक बिकासमा योगदान पुर्याएकोमा चारवटै विद्यालय परिवारले फाउण्डेसन परिवारलाई धन्यवाद प्रदान गरेका थिए ।
भरतपुर महानगरले बढायाे २००० प्रतिशत कर, ५ सयमा फलाम कुट्नेले अब १० हजार तिर्नुपर्ने
चितवन । भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो । महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई रू ५०० बाट बढाएर रू १० हजार कर पु¥याएको छ । रु एक हजार वार्षिक तिर्दै आएका मैदा उद्योगलाई रु २० हजार कर तोकिएको छ भने रू एक हजार तिर्ने प्राविधिक तथा व्यावसायिक शिक्षालयलाई रू २० हजार पु¥याइएको छ । पेट्रोलपम्पले अब रु २५ हजार कर तिर्नुपर्ने भएको छ । यसअघि पेट्रोलपम्पले रू चार हजार कर तिर्दै आएको थियो । पोल्ट्रीको राजधानी मानिने यहाँ रहेका ह्याचरी उद्योगले रू छ हजारबाट रू ३० हजार कर तिर्न बाध्य भएका छन् । पेन्टस् उद्योगले रू चार हजार ५०० बाट रू ५० हजार, सिमेनमा हलले रू दुई हजारबाट २५ हजार, सिसा पसलले रू एक हजार ५०० बाट रू २० हजार कर तिर्नुपर्ने भएको छ । उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधानले देशका चार महानगरपालिकामा सबैभन्दा बढी कर भरतपुर महानगरपालिकाले लगाएको बताए । उनको अनुसार भरतपुरमा तय गरेको जति कर अन्य कुनै पनि महानगरपालिकामा छैन । प्रधानले भने “कर बढाउनुहोस्, तर अस्वाभाविक नबढाउनुहोस् भनेका छौँ । अन्य महानगरपालिकाको हाराहारीमा कर तिर्नु ठीकै हो तर सबैको भन्दा उत्पातै बढी भयो ।” भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले विगतका वर्षमा कर न्यून मात्रै रहेकाले अहिले धेरै बढेको जस्तो देखिए पनि स्वभाविक रहेको दाबी गरे । महानगरपालिकाका पदाधिकारीले यो महानगरपालिका विशिष्ट महानगरपालिका भएकाले केही कर बढी हुने भन्दै आफ्नो अडान कायमै राख्दै आएका छन् । रासस
शुक्रबारदेखि नेपाल टेलिकमका प्रीपेड ग्राहकलाई निर्ब्याजी ऋण, ब्यालेन्स नभएर फोन काटिने दिन सकिए
काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि प्रीपेड ग्राहकहरुलाई निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबार बिशेष कार्यक्रम मार्फत प्रीपेड ग्राहकहरुलाई बिना ब्याज ऋण उपलब्ध गराउन लागेको हो । तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई सापटी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार टेलिकमले माघ २२ गते नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको थियो । अब टेलिकमको प्रीपेड मोबाइल उपयोग गर्नेहरुले पैसा सकिएर फोन काटिने हैरानीबाट मुक्ती पाउनेछन् । टेलिकमले फोन गर्दा गर्दै काटिएमा ग्राहको खातामा स्वत पैसा राखिदिनेछ । उपभोक्ताले रिचार्ज गरेपछि सो रकम काटिने छ तर सेवा शुल्क भने असुल्ने छैन् । शुक्रबार बिहान सञ्चार तथा सूचना प्रबिधि राज्यमन्त्री गोँकुल बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको आरम्भ गर्ने कार्यक्रम तय भएको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।
पूँजी सृजना र उद्योग विकास नै समाजवाद–उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा स्थायीत्वसँगै स्थायी सरकारको निर्माण भएको बताए । उनले कानून र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानीमैत्री वातावरण सरकारले यथासक्य छिटो तयार गर्ने जानकारी दिए । नेपाल उद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसँगको बिहीबार भएको भेटवार्ताको अवसरमा उनले मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढेको जनाए । विकास नभएको दोष र जिम्मा कसैले लिने र दिनेभन्दा पनि भएका कमीकमजोरी हटाई सरकार र निजी क्षेत्र एक अर्कोलाई विश्वास गर्दै अघि बढ्नु पर्ने धारणा उनको थियो । उनले पूँजीको सृजना र उद्योग व्यवसायको विकासबाट नै समाजवादको विकास हुने भन्दै सरकार त्यसै त्यो बाटोमा अघि बढेको जानकारी दिए । परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकको लक्ष्य आर्थिक समृद्धि भएकोले यसालई कार्यान्वयन गर्न पर्नेमा जोड दिए । उनले परिसंघ–प्रवुद्ध परिषद समेतको सहकार्यमा तयार गरिएको समृद्धिको मार्ग चित्रबारे उपराष्ट्रपतिलाई विस्तृत जानकारी गराउदै हस्तान्त्रण गरेका थिए ।
प्रभु बैंकको नयाँ शाखा कार्यालय बागलुङको वडिगाडमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले गरेका हुन् । आजदेखि सञ्चालनमा आएको बैंकको कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास रहेको छ । त्यस्तै, गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको अपेक्षा छ ।
सिताराम दुधको बिक्री केन्द्र कुलेश्वरमा
काठमाडौं । सिताराम गोकुल मिल्कस् काठमाण्डौ प्रा.लिले आफनो आधिकारिक बिक्री केन्द्र ‘सिताराम डेरी बिक्री केन्द्र’ कुलेश्वरमा बिहीबारबाट खोलेको छ । उक्त बिक्री केन्द्रबाट बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म सिताराम गोकुल मिल्कसद्धारा उत्पादित सिताराम दुध, घ्यु, पनीर, बटर, दही तथा पेडाहरु बिक्री गरिनेछ । ग्राहक एवं उपभोक्ताहरुको मागलाई मध्यनजर गर्दै प्रालिले सर्बसुलभ तरीकाले आफ्ना उत्पादनहरु उपलब्ध गराउने यस बिक्री केन्द्रको उदेश्य रहेको छ । यस आधिकारिक बिक्री केन्द्रको उद्घाटन नेपाली चलचित्र क्षेत्रकी सफल निर्देशक एवं नायिका तथा हास्यकलाकार दिपा निरौला तथा जितु नेपालद्धारा संयुक्त रुपमा उद्घाटन गरेका हुन् । दिनानुदिन मानिसहरुको दुध सेवन बृद्धि भएको तथा दुध एउटा कम्पिल्ट फुड भएको कारण यसको यस्ता बिक्री केन्द्रहरु खोलिदै जानु राम्रो भएको अभिनेत्री निरौलाले बताइन् । साथै, उनले स्वास्थ्यको लागिअति नै महत्वपुर्ण एवं मानिसको शरीरलाई चाहिने आवश्यक पोषण दुधबाट मात्र सम्भव भएको बताइन् । आज उद्घाटित यो बिक्री केन्द्र पहिलो भएको कम्पनीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए । साथै, उनले आगामी ६ महिनाभित्रमा काठमाडौंका विभिन्न स्थानहरुमा आफनो बिक्री केन्द्र खोल्दै जाने बताएका छन् ।