कैलाश विकास बैंकको ४८औँ शाखा सञ्चालनमा
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले ४८औँ शाखा बारा जिल्लाको गंजभवानीपुरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट बैशाख ३ गते (आज) सोमवारदेखि कारोवार शुभारम्भ गरेको हो । उक्त शाखाको शुभारम्भ महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानुको बाहुलीबाट एक समारोहका बिच सुसम्पन्न भयो । उक्त कार्यक्रममा यसै संस्थाका सिनियर एक्ज्यूकेटिभ कृष्णगोपाल मानन्धरले यस संस्थाले वित्तिय क्षेत्रमा पुर्याएको योगदानको वारेमा प्रकाश पारेका थिए । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४८ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।
जेठको दोस्रो सातादेखि होङसी शिवमले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने, सिमेन्टको मूल्य के होला ?
काठमाडौं । आउँदो जेठको दोस्रो सातादेखि नेपाली बजारमा ६ हजार टन सिमेन्ट उत्पादन थप हुने भएको छ । नेपाल र चिनियाँ संयुक्त लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन थाल्ने भएपछि बजारमा ६ हजार टन सिमेन्ट आपूर्ति बढ्ने भएको हो । यसअघि फागुनदेखि नै सिमेन्ट उत्पादन थाल्ने लक्ष्य लिएको होङसीले कारखाना परीक्षणलगायत अन्य प्राविधिक काम बाँकी भएपछि सिमेन्ट उत्पादन २ महिना ढिलाइ हुन पुगेको हो । होङसीले सिमेन्ट उत्पादन थालेपछि आपूर्ति बढ्न गई बजारमा मूल्य घट्ने अनुमान गरिएको छ । आउँदो चैतसम्म सिमेन्ट कारखानाको सबै काम पुरा र परीक्षण उत्पादन पुरा गरेपछि वैशाखसम्म उद्योग सञ्चालनमा आउने तयारी थियो । यसअघि गत फागुनदेखि नै उद्योगले सिमेन्ट उत्पादन थाल्ने तयारी गरेपनि २ महिना ढिलाइ गरी सिमेन्ट उत्पादन थाल्ने भएको हो । उद्योगले सिमेन्ट उत्पादन मे महिनाको अन्त्यदेखि शुरु गर्ने पुष्टि गरेको छ । उद्योगले हेटौडादेखि नवलपरासीसम्म १५२ किलोमिटर टाढाबाट सिमेन्ट उत्पादन गर्न आवश्यक दैनिक ३ हजार टन चुनढुङा आपूर्ति अप्रिल १४ तारिखदेखि गर्ने भनेको छ । उसले चुनढुङा आपूर्तिका लागि काम शुरु गरिसकेको जानकारी दिएको छ । होङसीले उत्पादन थालेपछि नेपालमा दैनिक ६ हजार टन सिमेन्ट थप हुनेछ । होङसी नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । उद्योगले गत वर्षको मार्चदेखि कारखाना निर्माण शुरु गरेको हो । कारखाना बनाउने काम शुरु गरेको १ वर्षमा होङसीले सिमेन्ट उत्पादन थाल्ने भएको छ । पहिलो चरणमा दैनिक ६ हजार टन र केही वर्षभित्र उत्पादन दोब्बर बढाएर १२ हजार टन पुर्याउने योजना उद्योगको छ । गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ । बजारमा उच्चगुणस्तरको सिमेन्ट उपलव्ध गराउनुका साथै नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सृजना गर्न सहयोग पुर्याउने उनको भनाई छ । कम्पनीको उत्पादन बजारमा आएपछि सिमेन्टको मूल्य घट्ने र सिमेन्ट उत्पादक कम्पनीहरूबीच गुणस्तरमा प्रतिस्पर्धा हुने सरकारी अधिकारीहरूको विश्लेषण रहेको छ । चिनियाँ लगानीमा थप ३ हजार टन सिमेन्ट उत्पादन हुने भएको छ ।
माछापुच्छ्रे बैंकद्धारा खाद्यान्न वितरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा कञ्चनपुर स्थित महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त आश्रमले प्रदेश नं ७ का ९ वटै जिल्लाका जेष्ठ नागरिक ४७ जना, हिंसा पिडित महिला ८ जना र हिंसा पिडित बालबालिका ८ जना गरि जम्मा ६३ जनालाई संरक्षण गरिरहेको जनाएको छ । बैंकले एक कार्यक्रमका बिच आश्रमलाई छ महिना सम्म पुग्ने बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । आगामी दिनहरुमा यस्ता सामाजिकउत्तरदायित्व वहन गर्न कार्यक्रमहरुमा निरन्तरता दिइरहने समेत बैंकले जनाएको छ । बैंकले ८४ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
सनराइज बैंकद्धारा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ वर्ष २०७५ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले सोमबार एक कार्यक्रमका बीच बैंकको केन्द्रिय कार्यालय, गैरिधारामा उक्त क्यालेन्डर सार्वजनिक गरेको हो । बैंकले क्यालेन्डरमा विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ । स-साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारीताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको छ । उक्त विमोचन समारोहमा बैंकका अध्यक्ष मोतीलाल दुगड, संचालकहरू ई.बच्छराज तातेड, दीपक नेपाल, ज्योतीकुमार बेगानी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्धारा बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरेका छन् । साथै बैंकको भरतपुर र झुम्का शाखा कार्यालयहरुको शाखा प्रमुखहरुद्धारा उपत्यका बाहिरका चित्रकार बालबालिकाहरुलाई यस बैंकको क्यालेन्डरमा उनीहरुको प्रकाशित रचनाको लागि प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरिएको कम्पनीले जनाएको छ ।
केरुङ-काठमाडौं रेल र तातोपानी नाका खोल्न परराष्ट्रमन्त्री चीन प्रस्थान
काठमाडौं । केरुङ काठमाडौं रेल, तातोपानी नाका र दुई देशबिच हुन सक्ने नयाँ परियोजनाबारे छलफल गर्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली चीन प्रस्थान गरेका छन् । चीनीयाँ विदेशमन्त्री वागं यीको निमन्त्रणामा ज्ञवाली चीन प्रस्थान गरेका हुन् । भ्रमणमा रेल तातोपानी नाका र दुई देशले सम्पन्न गर्न सक्ने नयाँ परियोजनाकोबारे ज्ञवालीले चीनीया समकक्षीसग छलफल गर्नेछन् । भ्रमणमा निस्कनु अघि ज्ञावालीले पत्रकारहरुसँग कुरा गर्दै दुई देश बिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको यसै वर्ष हुने तर मिती तय भैनसकेको उनले बताए । विगतको दिनमा भएका सम्झौताको कार्यन्वयन, उर्जा पुर्वाधार विकासमा नयाँ परियोजना ल्याउन चीनीया पक्षसँग छलफल हुने ज्ञवालीले जानकारी दिए । तातोपानी नाका खोल्न चीनीयाँ पक्ष सकारात्मक रहेका छन् । भूकम्पपछि चीनीयाँ पक्षले अनुसन्धान गरिरहेको र नाका खोल्न उनीहरु सकारात्मक रहेको बताए । साथै बुढीगण्डगी जलविदद्युत आयोजनाकोबारे कुनैपनि कुराकानी नहने बताए । भ्रमणमा ज्ञवालीले चाइनिज थिङक ट्याकं कार्यक्रममा सहभागी हुने र चीनीयाँ विदेशमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
टिसीएलको आईपीएललार्इ ‘प्रिडीक्ट टु वीन कन्टेस्ट’ सार्वजनिक
काठमाडौं । विश्वकै उत्कृष्ट ब्राण्डद्धारा सम्मानित टिसीएलले आईपीएलका लागि आईपीएल, “प्रिडीक्ट टु वीन कन्टेस्ट” सार्वजनिक गरेको छ । उक्त कन्टेस्टमा सहभागिताको लागि टिसीएलका फेसबुक पेज लाइक (www.facebook.com/TCLNepal) गरि आफुले चाहेको टिमलाई छान्न सक्नेछन् । टिम छानिसकेपछि उक्त फेसबुक पेज, सेयर गर्नुपर्ने छ । सहभागीहरु मध्ये सबैभन्दा बढि प्वाईन्ट ल्याउनेलाई टुर्नामेन्टको अन्त्यमा विजेता घोषणा गरिनेछ र विजेतालाई ३२ इन्चको टिसीएल एलइडी टिभी प्रदान गरिने छ । उक्त कन्टेस्ट, पोइन्टका आधारमा खैलाईने छ । नेपालकालागि टिसीएल ब्राण्डको आधिकारीक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले गर्दै आएकाे छ ।
आइएमई जनरल इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युगेशभक्तबादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नर्भिक इन्टरनेश्नल हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । कार्यक्रममा आइएमई जनरलका सीईओ श्रेष्ठले नर्भिक इन्टरनेश्नल हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म नगद रहित हस्पिटलाईजेसन सुविधा प्रदान गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । साथै, सोही अवसरमा नर्भिक हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको छ । उनले अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरेका छन् ।
सेयर बजार दोहोरो अंकले उकालो, ६ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै बढ्ने क्रममा रहेको सो दिनको परिसूचक बजार बन्द हुँदा १७.४२ अंकले उकालो लागेर १२९७ अंकमा पुगेको छ । बजारमा परिसूचकका साथै सेयर कारोबारमा पनि वृद्धि भएको छ । बजारमा दिनभर १६७ कम्पनीको ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोहोरो अंकले बढेको बजारमा विभिन्न ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी प्रुडेन्सियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, यूनाईटेड इन्स्योरेन्स कम्पनी एसियन लाइफ इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ । त्यसैगरी, बीमा समूह २९३ अंकले बढेको छ । त्यस्तै, अन्य र बैंकिङ समूह बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले उकालो लागेका छन् । बैंकिङ समूह ४.२८ अंकले बढेको छ भने अन्य समूह १.२१ अंकले घटेको छ ।