विकासन्युज

जाइका, यूएसएड, डिएफआईडीले कामको प्रतिवेदन बुझायो

काठमाडौं । जाइका, यूएसएड, डिएफआईडी लगायत संस्थाले कामको विवरण बुझाएका छन् । भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरिरहेका विकास साझेदार संस्थाका प्रतिनिधिहरुले आफ्ना राष्ट्र एवम् नियोग तथा साझेदार संस्थाहरुले गरेका पुनर्निर्माण कार्यहरुको प्रगति समीक्षा गरेका हन् । साेमबार राष्ट्रिय पुननिर्माण प्राधिकरणमा भएको कार्यक्रममा छिमेकी राष्ट्रहरु भारत, चीन र स्वीट्जरल्याण्डका नेपालस्थिति राजदूतावासका प्रतिनिधिहरुले नेपालको पुननिर्माणको क्षेत्रमा भइरहेका परियोजनाहरुको बारेमा विस्तृत जानकारी दिंदै तिनलाई बेलैमा सम्पन्न गर्न भइरहेका प्रयासबारे अवगत गराए । साथै, युरोपेली युनियन, विश्व बैंक, एसियाली विकास बैंक, राष्ट्रसंघीय निकायहरु यूएनडीपी र यूएनओपिएस तथा पुनर्निर्माणमा क्रियाशील विभिन्न गैरसरकारी संस्थाहरुको समन्वयकारी संस्था एचआरआरपीका प्रतिनिधिले पुनर्निर्माणको क्षेत्रमा आ–आफ्ना संस्थाहरुका तर्फबाट भइरहेका कार्य तथा आर्थिक परिचालनको स्थितिबारे जानकारी गराएका थिए ।

७ हजार घुस खाने ट्राफिक प्रहरी मोतिकुमार श्रेष्ठ पक्राउ

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठ घुस लिएको अभियोगमा पक्राउ परेका छन् । लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिदालिदैं मकवानपुरबाट खटिइ गएको अख्तियार टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठ सत्तरी हजार घुस सहित पक्राउ परेका हुन् । उनीमाथी थप अनुसन्धान गर्दै जादा मुस्तकिम मिया र सलामदिन मिया समेत नियन्त्रणमा लिई जरिवाना र कैद सजायकाे माग दावी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

कैलाश विकास बैंकको ४८औँ शाखा सञ्चालनमा

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले ४८औँ शाखा बारा जिल्लाको गंजभवानीपुरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट बैशाख ३ गते (आज) सोमवारदेखि कारोवार शुभारम्भ गरेको हो । उक्त शाखाको शुभारम्भ महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानुको बाहुलीबाट एक समारोहका बिच सुसम्पन्न भयो । उक्त कार्यक्रममा यसै संस्थाका सिनियर एक्ज्यूकेटिभ कृष्णगोपाल मानन्धरले यस संस्थाले वित्तिय क्षेत्रमा पुर्याएको योगदानको वारेमा प्रकाश पारेका थिए । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४८ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

जेठको दोस्रो सातादेखि होङसी शिवमले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने, सिमेन्टको मूल्य के होला ?

काठमाडौं । आउँदो जेठको दोस्रो सातादेखि नेपाली बजारमा ६ हजार टन सिमेन्ट उत्पादन थप हुने भएको छ । नेपाल र चिनियाँ संयुक्त लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन थाल्ने भएपछि बजारमा ६ हजार टन सिमेन्ट आपूर्ति बढ्ने भएको हो । यसअघि फागुनदेखि नै सिमेन्ट उत्पादन थाल्ने लक्ष्य लिएको होङसीले कारखाना परीक्षणलगायत अन्य प्राविधिक काम बाँकी भएपछि सिमेन्ट उत्पादन २ महिना ढिलाइ हुन पुगेको हो । होङसीले सिमेन्ट उत्पादन थालेपछि आपूर्ति बढ्न गई बजारमा मूल्य घट्ने अनुमान गरिएको छ । आउँदो चैतसम्म सिमेन्ट कारखानाको सबै काम पुरा र परीक्षण उत्पादन पुरा गरेपछि वैशाखसम्म उद्योग सञ्चालनमा आउने तयारी थियो । यसअघि गत फागुनदेखि नै उद्योगले सिमेन्ट उत्पादन थाल्ने तयारी गरेपनि २ महिना ढिलाइ गरी सिमेन्ट उत्पादन थाल्ने भएको हो । उद्योगले सिमेन्ट उत्पादन मे महिनाको अन्त्यदेखि शुरु गर्ने पुष्टि गरेको छ । उद्योगले हेटौडादेखि नवलपरासीसम्म १५२ किलोमिटर टाढाबाट सिमेन्ट उत्पादन गर्न आवश्यक दैनिक ३ हजार टन चुनढुङा आपूर्ति अप्रिल १४ तारिखदेखि गर्ने भनेको छ । उसले चुनढुङा आपूर्तिका लागि काम शुरु गरिसकेको जानकारी दिएको छ । होङसीले उत्पादन थालेपछि नेपालमा दैनिक ६ हजार टन सिमेन्ट थप हुनेछ । होङसी नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । उद्योगले गत वर्षको मार्चदेखि कारखाना निर्माण शुरु गरेको हो । कारखाना बनाउने काम शुरु गरेको १ वर्षमा होङसीले सिमेन्ट उत्पादन थाल्ने भएको छ । पहिलो चरणमा दैनिक ६ हजार टन र केही वर्षभित्र उत्पादन दोब्बर बढाएर १२ हजार टन पुर्याउने योजना उद्योगको छ । गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ । बजारमा उच्चगुणस्तरको सिमेन्ट उपलव्ध गराउनुका साथै नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सृजना गर्न सहयोग पुर्याउने उनको भनाई छ । कम्पनीको उत्पादन बजारमा आएपछि सिमेन्टको मूल्य घट्ने र सिमेन्ट उत्पादक कम्पनीहरूबीच गुणस्तरमा प्रतिस्पर्धा हुने सरकारी अधिकारीहरूको विश्लेषण रहेको छ । चिनियाँ लगानीमा थप ३ हजार टन सिमेन्ट उत्पादन हुने भएको छ ।

माछापुच्छ्रे बैंकद्धारा खाद्यान्न वितरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा कञ्चनपुर स्थित महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त आश्रमले प्रदेश नं ७ का ९ वटै जिल्लाका जेष्ठ नागरिक ४७ जना, हिंसा पिडित महिला ८ जना र हिंसा पिडित बालबालिका ८ जना गरि जम्मा ६३ जनालाई संरक्षण गरिरहेको जनाएको छ । बैंकले एक कार्यक्रमका बिच आश्रमलाई छ महिना सम्म पुग्ने बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । आगामी दिनहरुमा यस्ता सामाजिकउत्तरदायित्व वहन गर्न कार्यक्रमहरुमा निरन्तरता दिइरहने समेत बैंकले जनाएको छ । बैंकले ८४ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

सनराइज बैंकद्धारा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ वर्ष २०७५ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले सोमबार एक कार्यक्रमका बीच बैंकको केन्द्रिय कार्यालय, गैरिधारामा उक्त क्यालेन्डर सार्वजनिक गरेको हो । बैंकले क्यालेन्डरमा विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ । स-साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारीताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको छ । उक्त विमोचन समारोहमा बैंकका अध्यक्ष मोतीलाल दुगड, संचालकहरू ई.बच्छराज तातेड, दीपक नेपाल, ज्योतीकुमार बेगानी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्धारा बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरेका छन् । साथै बैंकको भरतपुर र झुम्का शाखा कार्यालयहरुको शाखा प्रमुखहरुद्धारा उपत्यका बाहिरका चित्रकार बालबालिकाहरुलाई यस बैंकको क्यालेन्डरमा उनीहरुको प्रकाशित रचनाको लागि प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरिएको कम्पनीले जनाएको छ ।

केरुङ-काठमाडौं रेल र तातोपानी नाका खोल्न परराष्ट्रमन्त्री चीन प्रस्थान

काठमाडौं । केरुङ काठमाडौं रेल, तातोपानी नाका र दुई देशबिच हुन सक्ने नयाँ परियोजनाबारे छलफल गर्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली चीन प्रस्थान गरेका छन् । चीनीयाँ विदेशमन्त्री वागं यीको निमन्त्रणामा ज्ञवाली चीन प्रस्थान गरेका हुन् । भ्रमणमा रेल तातोपानी नाका र दुई देशले सम्पन्न गर्न सक्ने नयाँ परियोजनाकोबारे ज्ञवालीले चीनीया समकक्षीसग  छलफल गर्नेछन् ।   भ्रमणमा निस्कनु अघि ज्ञावालीले पत्रकारहरुसँग कुरा गर्दै दुई देश बिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको यसै वर्ष हुने तर मिती तय भैनसकेको उनले बताए । विगतको दिनमा भएका सम्झौताको कार्यन्वयन, उर्जा पुर्वाधार विकासमा नयाँ परियोजना ल्याउन चीनीया पक्षसँग छलफल हुने ज्ञवालीले जानकारी दिए । तातोपानी नाका खोल्न चीनीयाँ पक्ष सकारात्मक रहेका छन् । भूकम्पपछि चीनीयाँ पक्षले अनुसन्धान गरिरहेको र नाका खोल्न उनीहरु सकारात्मक रहेको बताए । साथै बुढीगण्डगी जलविदद्युत आयोजनाकोबारे कुनैपनि कुराकानी नहने बताए । भ्रमणमा  ज्ञवालीले चाइनिज थिङक ट्याकं कार्यक्रममा सहभागी हुने र चीनीयाँ विदेशमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  

टिसीएलको आईपीएललार्इ ‘प्रिडीक्ट टु वीन कन्टेस्ट’ सार्वजनिक

काठमाडौं । विश्वकै उत्कृष्ट ब्राण्डद्धारा सम्मानित टिसीएलले आईपीएलका लागि आईपीएल, “प्रिडीक्ट टु वीन कन्टेस्ट” सार्वजनिक गरेको छ । उक्त कन्टेस्टमा सहभागिताको लागि टिसीएलका फेसबुक पेज लाइक (www.facebook.com/TCLNepal) गरि आफुले चाहेको टिमलाई छान्न सक्नेछन् । टिम छानिसकेपछि उक्त फेसबुक पेज, सेयर गर्नुपर्ने छ । सहभागीहरु मध्ये सबैभन्दा बढि प्वाईन्ट ल्याउनेलाई टुर्नामेन्टको अन्त्यमा विजेता घोषणा गरिनेछ र विजेतालाई ३२ इन्चको टिसीएल एलइडी टिभी प्रदान गरिने छ । उक्त कन्टेस्ट, पोइन्टका आधारमा खैलाईने छ । नेपालकालागि टिसीएल ब्राण्डको आधिकारीक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले गर्दै आएकाे छ ।