विकासन्युज

नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट, ७३ करोडको सेयर किनबेच

काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ । सो दिनको परिसूचक १५.९९ अंकले ओरालो लागेर १३९४ अंकमा झरेको हो । सोमबारको तुलनामा परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । मंगलबार जम्मा ७३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा ७७ करोड रुपैयाँ कम हो । सोमबारको बजारमा कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बजारमा सेयर किन्ने भन्दा बेच्ने बढी भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् । दोहोरो अंकले ओरालो लागेको बजारमा ट्रेडिङ समूह बाहेक सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी विकास बैंक समूहको सूचक २७ अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३७ प्रतिशत गुमाएका छन् । त्यस्तै, प्रोगेसिभ फाइनान्स र कन्काई विकास बैंकका लगानीकर्ताले ५/५ प्रतिशत गुमाएका छन् । दोहोरो अंकले घटेको बजारमा पनि नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६.५३ प्रतिशत कमाएका छन् ।

सेञ्चुरी कमर्शियल बैंकको १०३ प्रतिशत नाफाले लगानीकर्तालाई लोभ्यायो, सबैभन्दा बढी कारोबार

काठमाडौं । सेञ्चुरी बैंकले ३ महिनामा १०३ प्रतिशत नाफा बढाएपछि मंगलबार लगानीकर्ता लोभिदा बढी कारोबार भएको छ । बैंकले चैतसम्म नाफा बढाएर ६३ करोड रुपैयाँ पुर्याएपछि लगानीकर्ता आर्कषक नाफामा लोभिएका हुन् । बैंकले गत पुस मसान्तमा ३२ करोड नाफा कमाएको थियो । कारोबार बढेसंगै सेञ्चुरीको सेयर मूल्य ५ रुपैयाँ बढेर प्रतिकित्ता १९८ रुपैयाँमा भएको छ । सोमबार १९३ रुपैयाँमा कारोबार भएको थियो । बजार घटिरहेका बेला सेञ्चुरीको मंगलबार २ करोड ७६ लाख रुपैयाँ बराबरको १ लाख ३९ हजार ३९९ रुपैयाँमा सेयर किनबेच भएको छ । सस्तो सेयर भएको र नाफा राम्रो गरेपछि लगानीकर्ताले सेञ्चुरीको सेयर किनेको एक ब्रोकरले बताए । नेपाल बैंकको नाफा राम्रो देखिएपछि सोमबार लगानीकर्ताले बढी सेयर किनेका थिए । बैंकले तीन महिनामै आफ्नो खुद ब्याज आम्दानी ७६ करोडबाट बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । १३ करोड राइट ब्याकबाट प्राप्त गरेको छ । बैंकले २०७४ चैत मसान्तमा ४ अर्ब १९ करोेड ब्याज आम्दानी गरेर २ अर्ब ९७ करोड ब्याज खर्च गरेको छ । ५२ अर्ब निक्षेप संकलन गरेको बैंकले ५० अर्ब कर्जा लगानी गरेकोे छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ । सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ ।  

२८ करोड ६० लाख ठगेर ८७ जना सहकारी संचालक फरार

काठमाडौं । २८ करोड ६० लाख ठगि गरेर ८७ जना सहकारी सञ्चालक फरार भएका छन् । १२ जिल्लाका सहकारी सञ्चालकहरु आर्थिक अधिकारको दुरुपयोग गरी सम्पर्क बिहिन भएका हुन् । सहकारी विभागका कानून अधिकृत बालकृष्ण निरौंलाका अनुसार रकम हिनामिना गरी फरार रहेका व्यक्तिमाथी प्रहरीले निगरानी गरिहेकाे बताए । डिभिजन सहकारी कार्यालय काठमाडौंका सुचना अधिकृत आनन्द सारुले काठमाडौंमा १९ जना सहकारी संचालक विरुद्ध प्रहरीमा उजुरी गरिसकेको जानकारी दिए । रकम ठगी गरी फरार हुनेहरुमा काठमाडौंमा १९ भक्तपुर र नुवाकोटमा १/१, कैलालीमा ६ बाँकेमा ५ धनुषामा ४, कञ्चनपरमा ४, रुपन्देहीमा ६, ललितपुरमा ६, कास्कीमा ४ र सर्लाहीमा ३ जना गरी ८७ जना सञ्चालक फरार रहेका छन् । रकम हिनामिना गर्नेहरुमध्ये सबैभन्दा धेरै काठमाडौंका सहकारी सञ्चालकहरुले ७ करोड ५६ लाख हिनामिना गरेका छन् । धादिङका सञ्चालकले २ करोड ५४ लाख, बाँकेकाले ७ करोड, धनुषाकाले ४ करोड ५० लाख, कञ्चनपुरले ९ लाख हिनामिना गरेका छन् । त्यसैगरी रुपन्देहीका ६ सञ्चालकले ४ करोड ६७ लाख, सर्लाहीका २ करोड ४ लाख हिनामिना गरेका छन् । यी व्यक्तिहरुलाई सहकारी विभागले कारबाहि गर्न सकेको छैन । यसले वित्तिय सुरक्षामाथी असर परेको महालेखा परिक्षकको कार्यलयले जनाएको छ ।    

सनराइज बैंकले स्वास्थ्य बीमा अन्तर्गत बज्रचार्यलाई दियाे २१ हजार रुपैयाँ

काठमाडौं । सनराइज बैंक लिमिटेडले स्वास्थ्य बीमा अन्तर्गत गाःबहाल शाखाका ग्राहक राजेन्द्र बज्रचार्यलाई २१ हजार १९९ रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले बिरामी बज्रचार्यलाई शल्यक्रिया गर्दाको क्रममा लागेको सो मात्राको उपचार खर्च प्रदान गरेको हो । उक्त रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशाराणा अधिकारी र नायब महाप्रबन्धक अपछकुमार यादबले निजका पत्नी श्रीमती मैया बज्रचार्यलाई प्रदान गरेका हुन् । आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नवढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ । सन्राइज बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।

शान्ती मिसनमा गएका नेपाल आर्मीमाथी बालिका बलात्कारमा सहभागी भएको आरोप

काठमाडौं । शान्ती मिसनमा गएको नेपाली आर्मीमाथी बालिका बलात्कारमा सहभागी भएको आरोप लागेको छ । बेलायती अनलाइन पत्रिका डेलि मेलले यू एनका प्रवक्ता स्टेफन डुजेरिसलाई आधार मान्दै समाचार उल्लेख गरेको छ । प्रवक्ता डुजेरिसले बलात्कारकार घटनालाई जघन्या अपराध भएको बताएका छन् । उनले भनेका छन् “बलात्कार घटनामा जो संलग्न रहेको छ उसले जघन्य अपराध गरेको छ ।” नेपालमा आर्मीले भने घटना अनुसन्धानको लागि सहमति जनाइसकेको छ । आर्मीका प्रवक्ता गोकुल भण्डारीका अनुसार दक्षिणी सुडानमा अहिले १७३६ जना नेपाल आर्मी सेवारत रहेका छन् । दुई जना बालिकाले युएन मिसन आर्मी कहाँ आएर आफुहरु बलात्कृत भएको उजुरी दिएपछि सो घटना बाहिर आएको हो । युएन आर्मीका अधिकारीहरुले गत अप्रिल १३ तारिखमा दुई बालिकामाथी भएको बलात्कार घटनामा नेपाली टुर्पको संलग्नता रहेको दाबी गरेको छ । तर कति जना नेपाली आर्मी सहभागी रहेको भन्ने स्पष्ट गर्न सकेको छैन । यसअघि गत फेब्रवरी महिनामा घानाका महिलाहरुमाथी दुव्र्यावहार गरेको आरोपमा ४६ जना आर्मीहरुलाई फिर्ता बोलाइएको थियो । अहिले युएनका करिब १४८०० टुर्प र प्रहरी दक्षिणी सुडानमा सेवारत रहेका छन् ।

नेपाल र भारतको वाणिज्य सम्बन्धि उच्च स्तरिय वैठक शुरु, समाधान होला कृषि वस्तु निर्यातदेखि ग्याँस बुलेटसम्मको समस्या ?

काठमाडौं । नेपाल र भारतको वाणिज्य सम्बन्धि उच्च स्तरिय वैठक मंगलबारदेखि राजधानीमा शुरु भएको छ । वैठकले नेपाल र भारतको व्यापारमा देखिएका समस्यालाई संवोधन गर्दै दुई देशबीचको व्यापारीक सम्बन्धलाई सहज र सुद्रिढ बनाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।   मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले जनाएअनुसार बैठकमा दुई देशबीच विभिन्न चरणमा प्रधानमन्त्री तथा वाणिज्य मन्त्रीबीच भएका सहमतिलाई कार्यान्वयनमा आएको छैन भने ल्याउने विषयमा छलफल हुनेछ । साथै वाणिज्य सम्बन्धि नीतिगत तथा प्राविधिक विषयमा विशेष छलफल हुनेछ । मन्त्रालयका अनुसार वैठक दुई चरणमा हुनेछ । जसमा पहिलो मंगलबार र बुधबार दुई देशबीचको वाणिज्य मन्त्रालयका सह–सचिव स्तरिय इन्टर गभरमेन्टल सब कमिटी (आईजीएससी) वैठक बस्नेछ । निर्णायक रुपमा दोस्रो सचिवस्तरिय इन्टर गभरमेन्टल कमिटी (आईजीसी) वैठक बस्नेछ । त्यस्तै पहिलो आईजीएससी वैठकको नेपालको नेतृत्व मन्त्रलयका सहसचिव सैंजूले भने दोस्रो आईजीसी वैठकको नेतृत्व वाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेले गर्ने छ । विगतदेखि नै दुई देशबीचको उक्त अन्तर सरकारी वैठक भारत र नेपालमा पालैपालो हुदै आएको हो । मुलुकमा स्थायी सरकार बनेको, मुलुक संघिय संरचनामा अघि बढेको र सरकरको मुख्य एजेन्डा अर्थिक समृद्धि रहेकोले पनि नेपालको व्यापार क्षेत्रमा सञ्चालित वैठकको बढी महत्व रहने मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले बताए । भारतसँगको व्यापारमा पछिल्लो समय देखिएको अदुवा जस्ता कृषिजन्य वस्तु को अबरोध, क्लिङ्कर आयातमा समस्या, एलपी ग्याँस बोक्ने नेपाली नम्बर प्लेटको बुलेटले हालसम्म पनि पाउन नसकेको एक्सप्लोसिभ सर्टिफीकेट, विभिन्न नाकामा स्थापना गरिने जाँच चौकी लगायतको विषयमा वैठकले टुङ्गो लाउने मन्त्रालयले जनाएको छ । त्यस्तै व्यवसायीहरुले पनि वैठकले नेपाल र भारतबीचमा देखिएको विभिन्न व्यपारीक समस्या हल हुने आश र भरोसा गरेका छन् ।  

एनएमबि माइक्रोफाइनान्सको सिईओमा फनीलाल चौधरी नियुक्त

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा फनीलाल चौधरी नियुक्त भएका छन् । हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले चौधरीलाई १० गते(हिजो)देखि लागू हुने गरी उक्त पदमा नियुक्त गराएको हो । नवनियुक्त सिईओ चौधरीको बैंकिङ यात्रा नेपाल राष्ट्र बैंकबाट प्रारम्भ गरि पूर्वाञ्चल ग्रामीण बिकास बैंक लिमिटेड (हालको नेपाल ग्रामीण बिकास बैंक), नेरुडे लघुवित्त बिकास बैंक हुँदै मेरो माइक्रोफाइनान्स वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको झण्डै २६ वर्षको अनुभव रहेको छ । यसका साथै, प्लान नेपाल, यूएनडीपी, केयर नेपाल लगायतका विभिन्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुमा कार्य गरेका चौधरी पछिल्लो समयमा उन्नति वित्तीय पहुँच परियोजनामा कार्यरत थिए । निजले वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारी, सरोकारवालाहरुका साथै वित्तीय संस्थाका सदस्यहरुलाई विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको र राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा तालिम, गोष्ठी तथा सेमिनारहरुमा पनि भागलिई अनुभव प्राप्त गरेका छन् । यस अघि कम्पनीको सिईओको कार्यभार तिर्थरत्न कोनाजोले सम्हालेका थिए । कोनाजोले उक्त पदबाट राजिनामा दिएपछि मात्र संस्थाले कम्पनीको नयाँ सिईओको रुपमा चौधरीलाई नियुक्त गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत लाभांश दिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.८० प्रतिशत लाभांश दिने भएको छ । बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट र ८० प्रतिशत हकप्रद सेयर पश्चात कायम भएको पुँजीबाट सो मात्राको लाभांश दिन लागेको हो । ८० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड रुपैयाँ पुगेको थियो । कम्पनीले उक्त पुँजीको २.५० प्रतिशत अर्थात ६ करोड ११ लाख रुपैयाँ बोनस सेयर वितरण गर्न लागेको हो । साथै, ९.३० प्रतिशत(अर्थात २२ करोड ७४ लाख रुपैयाँ बराबरको) नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।