विकासन्युज

लक्ष्मी बैंकको नाफा ३ महिनामै ५६ प्रतिशतले वृद्धि

काठमाडौं । लक्ष्मी बैंकले ३ महिनामै आफ्नो नाफा ५६.८६ प्रतिशतले वृद्धि गरेको छ । २०७४ पुस मसान्तमा ५१ करोड नाफा कमाएको बैंकले चैतमा ८० करोड पुर्याएको हो । तीन महिनामै २९ करोड नाफा वृद्धि हुनुमा ब्याज आम्दानीको ठुलो हिस्सा रहेको छ । बैंकले तीन महिनामै ५५ करोडले ब्याज आम्दानी गरेको छ । बैंकले राइट ब्याकबाट ४ करोड प्राप्त गरेको छ भने नन अपरेटिङ इनकम पनि १५ करोड गर्न सफल भएको छ । १.१६ प्रतिशत खराब कर्जा रहेको बैंकको आधार ब्याज दर ११.३५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १३.६४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२६.३८ रुपैंयाँ रहेको छ ।

सेञ्चुरी बैंकको नाफा ३ महिनामै बढ्यो १०३ प्रतिशत

काठमाडौं । सेञ्चुरी बैंकले ३ महिनामै १०३ प्रतिशतले नाफा बढाएको छ । २०७४ पुस मसान्तमा ३२ करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ६३ करोड पुर्याएको हो । बैंकले तीन महिनामै आफ्नो खुद ब्याज आम्दानी ७६ करोडबाट बढाएर एक अर्ब २२ करोड पुर्याएको देखिन्छ भने १३ करोड राइट ब्याकबाट प्राप्त गरेको छ । बैंकले २०७४ चैत मसान्तमा ४ अर्ब १९ करोेड ब्याज आम्दानी गरेर २ अर्ब ९७ करोड ब्याज खर्च गरेको छ । ५२ अर्ब निक्षेप संकलन गरेको बैंकले ५० अर्ब कर्जा लगानी गरेको देखिन्छ । ०.७६ प्रतिशत खराब कर्जा रहेको बैंकको आधार ब्याजदर १२.०६ प्रतिशत छछ भने सिसिडी रेसियो ७८.१८ प्रतिशत र स्प्रेड दर ४.१३ प्रतिशत छ । सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ ।

हिमालयन बैंकले तीन महिनामै बढायो ५१ करोड नाफा

काठमाडौं । हिमालयन बैंकले तीन महिनामै ५१ करोड नाफा बढाएको छ । २०७४ पुस मसान्तमा १ अर्ब १० करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ५१ करोडले बढाएर १ अर्ब ६१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा ४६.३६ प्रतिशत नाफा बढाएको हो । हिमालयन बैंकले २०७३ चैत मसान्तमा १ अर्ब ५३ करोड नाफा कमाएको थियो भने २०७४ चैत मसान्तमा एक अर्ब ६१ करोड पुर्याएको हो । हिमालयनले ९६ अर्ब निक्षेप संकलन गरेर ८५ अर्ब कर्जा लगानी गरेको छ । बैंकले तीन महिनामा खुद ब्याज आम्दानी ४ अर्ब ५० करोडबाट बढाएर ६ अर्ब ८७ करोड पुर्याएको छ । तीन महिनामा बैंकको खराब कर्जा पनि १.३२ प्रतिशतबाट घटेर १.१९ प्रतिशतमा आईपुगेको छ । बैंकको आधार ब्याज दर ९.४२ प्रतिशत छ भने स्प्रेड दर ४ प्रतिशत रहेको छ । हिमालयन बैंकको प्रति सेयर आम्दानी २५.८१ रुपैंयाँ रहेको छ भने प्रतिशत १६३.६१ रुपैंयाँ रहेको छ ।

नेपाल एसबीआई बैंकले ३ महिनामा नाफा ५१ प्रतिशत बढायो, खराब कर्जा ०.१३ प्रतिशत मात्र

काठमाडौं । नेपाल एसबीआई बैंकले ३ महिनामा नाफा ५१ प्रतिशत बढाएको छ ।चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेको छ । चालु आवको पुसमा बैंकले ९१ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको चैतमा बैंकले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा ०.१३ प्रतिशत मात्र छ । यस्तै निक्षेप लागत ५.२५, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२५, आधार ब्याजदर ९.९, कर्जा र निक्षेपबीच ब्याजदर अन्तर (स्प्रेडदर) ५.२४ छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा छ । बैंकले समीक्षा अवधिमा ६ अर्ब ४९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन घटेर ८३ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ । गत पुसमा बैंकको निक्षेप परिचालन ८५ अर्ब १६ करोड रुपैयाँ थियो । यस्तै बैंकले ७४ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत पुसमा ७१ अर्ब ३४ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर ४ अर्ब १५ करोड ९० लाख रुपैयाँ छ ।

प्राइम बैंकको छलाङः ४२ प्रतिशत नाफा बढ्यो, ब्याज आम्दानी धेरै

काठमाडौं । प्राइम कमर्सियसल बैंकको नाफा ४२ प्रतिशतले बढेको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा १ अर्ब १५ करोड पुर्याएको हो । यो अवधीमा बैंकको नाफा ३७ करोडले बढेको छ । २०७३ पुस मसान्तमा बैंकको नाफा ७१ करोड थियो । पछिल्लो तीन महिनामा प्राइमले ५४ करोड नाफा बढाएको देखिन्छ । प्राइमले ५ अर्ब ५८ करोड ब्याज आम्दानी गरेर ४ अर्ब २९ करोड ब्याज खर्च गरेको छ । .खुद ब्याज आम्दानी पुस मसान्तको तुलनामा १ अर्ब ४ करोडबाट बढेर १ अर्ब ७९ करोड पुगेको देखिन्छ । बैंकले ६ करोड ६७ लाख रुपैंयाँ नन अपरेटिङ इनकमबाट प्राप्त गरेको देखिन्छ । बैंकले ७६ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गरेको देखिन्छ । ८ अर्ब ३ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६६ करोड रुपैंयाँ रहेको छ । १.०६ प्रतिशत खराब कर्जा रहेको बैंकले राइट ब्याकबाट १५ करोड प्राप्त गरेको छ । बैंकको आधार ब्याजदर ११.१० प्रतिशत छ भने स्प्रेड दर ४.२८ प्रतिशत रहेको छ । प्राइमको सिसिडी रेसियो ७७.६४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २०.८९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३३.१२ रुपैंयाँ रहेको छ ।

१ वर्षभित्र ६६१ मेगावाट बिजुली थप हुदै, उत्पादन क्षमता बढेर १८०० मेगावाट पुग्ने

काठमाडौं । आउदो वर्ष ०७५/०७६ मा एक दर्जन आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा ६६१ मेगावाट बिजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले तयार पारेको आगामी वर्षको विद्युत उत्पादन प्रक्षेपणले आउदो वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी सो परिमाणमा बिजुली थप हुने भएको हो । यो बिजुली थप भएपछि जडित क्षमता १ हजार ७७५ मेगावाट पुग्ने छ । यो क्षमता यो तापीय ऊर्जा बाहेकको हो । नेपाल विद्युत प्राधिकरणको ५३ मेगावाटको तापीय प्लाण्ट पनि रहेका छन् । आउदो वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न हुने भएपछि धेरै बिजुली थप हुने देखिएको हो । तामाकोसी सार्वजनिक निजी साझेदारीमा निर्माण भइरहेको छ । तामाकोसी २०७६ को बैशाखसम्म सम्पन्न हुनेछ । तामाकोसी बाहेक अन्य आयोजना निजी क्षेत्रको हुने छ । जसअनुसार ४० मेगावाटको खानीखोला १, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपरदोर्दीखोला, २३.५ मेगावाटको सोलुखोला आयोजना सम्पन्न हुने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले जानकारी दिएका छन् । यस्तै २२.२ मेगावाटको अपरचाकु खोला ए, २२ मेगावाटको बाग्मती साना आयोजना, १८ मेगावाटको माथिल्लो सोलु, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ६.४ मेगावाटको माथिल्लो मैलुङ १, ३.३ मेगावाटको खप्तडगाड र ३.२ मेगावाटको गेलुनखोला आयोजना सम्पन्न हुने उनले बताए । आउदो असारसम्म २१ आयोजना सम्पन्न भई १९५ मेगावाट बिजुली थप हुने भएको छ । साउनयता १४ आयोजना सम्पन्न भई प्रणालीमा १०० मेगावाट बिजुली थप भइसकेको छ । आउदो असारसम्म थप ७ आयोजना सम्पन्न भई प्रणालीमा ९५ मेगावाट बिजुली थप हुने छ । आउदो वर्ष सम्पन्न हुने आयोजना आउदो असारसम्म सम्पन्न हुनेमा अरुण कावेली पावर लिमिटेडले निर्माण गरेको २५ मेगावाटको कावेली बी, माथिल्लो मोदी इनर्जीले निर्माण गरिरहेको २० मेगावाटको मोदी, अपी पावर कम्पनीको ८ मेगावाटको माथिल्लो नौगाड, माउन्टेन नेपाल हाइडोपावरको २१.६,तल्लो हेवाखोला, रैराग हाइडोपावरको ९.९ मेगावाटको इवाखोला, विन्धवासिनी हाइडोपावरको ८.८ मेगावाटको रुदीखोला र बराही हाइडोपावरको १.५ मेगावाटको थेउलेखोला आयोजना रहेका छन् । निजी क्षेत्रमार्फत हालसम्म विभिन्न ७३ आयोजनाबाट ५११ मेगावाट बिजुली उत्पादन भएको छ । सार्वजनिक र निजी क्षेत्रबाट गरी हालसम्म १ हजार १९ मेगावाट बिजुली उत्पादन भएको छ । असार अन्तिमसम्म जडित क्षमता १ हजार ११४ मेगावाट पुग्ने छ । हाल बिजुलीको माग १ हजार २५० मेगावाट छ । भारतबाट समेत गरी १ हजार ५० मेगावाट आपूर्ति भइरहेको छ । यसमध्ये भारतको हिस्सा ४५० मेगावाट छ  

भन्सार ऐन संसोधन उच्च प्राथमिकतामा, ब्राण्डमा नझुक्याउन व्यवसायीलाई चेतावनी

काठमाडौं । आगामी आर्थिक बर्षभित्रै भन्सार ऐन संसोधन हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रको मुहान सफा गर्ने योजना अनुसार भन्सार ऐनमा सापेक्ष संसोधनको प्रक्रिया अघि बढेको छ । भन्सार विभागका महानिर्देशक तोयम रायले भन्सार विन्दुमा देखिएका विकृतिहरुको समाधानका लागि ऐन संसोधनको प्रक्रिया अघि बढाईसकेका जानकारी दिएका हुन् । नेपाल चेम्बर उनले हरेक वर्ष उठ्दै आएको वस्तुको सन्दर्भ मुल्यको कुरालाई छोड्नु पर्ने बताए । ‘उद्योगी व्यवसयीहरुले सहि बिल ल्याउनु पर्छ,’ उनले भने ‘पेश गरेको उक्त बिल अनुसार बिजकिकरण होस् ।’ त्यस्तै उनले कुनै पनि ब्रान्डेड वस्तुमा नझुक्याउन व्यवसायीहरुलाई अनुरोध गरे । ‘भन्सारमा नाइक भनेर सामान भित्र्याउदै पछि त्यो डुप्लीकेट भएको भन्दै उम्कन पाइन्दैन’, उनले भने ‘डुब्लीकेट भएपनि ब्रान्डेडकै महसुल लाग्नेछं ।’ ग्राहकहरुलाई पनि नठग्न व्यापारीहरुलाई उनको आग्रह छ । व्यवसायीहरुले खरिद गरेको बिल मात्रै समस्याको समाधान नभएको भन्दै बिक्री गरेको बिल पनि सही हुनु पर्ने अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बताए । ‘व्यवसायीहरुले आयात र बिक्री गरेको सहि बिल भन्सारमा बुझाउन पर्ने र त्यसअनुसारको कारोबार गरे सरकार र व्यापारी दुवैलाई सहज हुन्छ,’ उनले भने ‘हामी छामेरै सहि र गलत बिल पत्ता लगाउछौं ।’ उनले गलत बिल बुझाउने व्यवसायी मात्रै हैन सिफारिस गर्ने सरकारी कर्मचारी पनि जवाफदेही बन्नु पर्ने बताए । उनले मुलुक नन्ब्रान्डेड सामान ल्याउने डम्पीङसाइड नभएको भन्दै एन्डिडम्पीङ कानून ल्याएर त्यसलाई व्यवस्थित गर्ने जानकारी गराए । ‘अहिले हामी एउटै कन्टेनरमा १७ थरि सामान ल्याउने गरेका छौं’, उनले थपे ‘त्यसैले ट्रेड कस्ट बढिरहेको छ ।’ उनका अनुसार व्यापारमा अब व्यवसायीकरणको खाँचो छ । आयात गर्ने व्यवसायी, थोक बिक्री गर्ने, खुद्रा बिक्री गर्ने व्यवसायीहरु प्रष्ट रुपमा आउनुपर्छ । अहिले मुलुकमा व्यवापारीहरुले चार/चार पोका सामान मुसा ट्रान्स्पोर्ट गरेर ल्याउने गर्छन् । ‘त्यस्तो व्यवसाय सरकारले खोजेको होइन,’ उनले भने ‘स्पेसिफीक, व्यवसायीक बिजिनेश खोजेको हो ।’ त्यस किसिमको बिजिनेशले व्यापारीको वार्ता, छलफल गर्ने क्षमता, प्रतिस्पर्धी क्षमता लगायत क्षमत बढ्ने उनको बुझाइ छ । भन्सार विभागले पनि ग्रिन च्यानेल अर्थात सहज बाटो बनाइदिने उनले जानकारी दिए । सोमबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सले ‘आगामी वर्षको बजेट र राजश्व नीति तर्जुमा गर्ने सन्दर्भमा व्यवसाय सञ्चालनका चुनौती’ अन्तरक्रिया कार्यक्रममा अर्थ सचिव ढुङ्गानाले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा उद्योगी व्यवसायीहरुले भने आयातित वस्तुहरुको भन्सार दर महङ्गो भएको भन्दै घटाउन जोड दिएका थिए । उनीहरुले भन्सार क्रमैसँग एक तह कम गर्न सरकारलाई सुझाए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक वर्ष २०७५/७६ को वजेटमा निजी क्षेत्रको सुझाबहरुलाई सम्वोधन गरी बजेट तयार पार्न आग्रह गरे । ‘भन्सारतह घटाउदै आन्तरिकबाट बढाउन आवश्यक छ,’ उनले भने । उद्योगी व्यवसायीहरुका पिरमर्कालाई ख्याल गरी नयाँं बजेट ल्याएमा ‘समृद्ध नेपाल खुशी नेपाल’ को सरकारी नारा पूरा हुने उनको भनाइ छ । सवैले सहज तवरले व्यापार व्यवसाय चलाउन पाउने गरी बजेट आउनु पर्नेमा उनको जोड छ ।  

विवेक अटोमोवाइलसद्धारा ‘इ सर्भिस राईड’ र्याली सम्पन्न

काठमाडौं । एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलस् प्रा.लि.ले रोयल इन्फिल्ड “इ सर्भिस राईड” र्याली आयोजना गरि सम्पन्न गरेको छ । कम्पनीको शोरुम बालाजुबाट शुरु भएको राईडमा रोयल इन्फिल्डका सर्भिस मेनेजर बिबेक मिश्राले शुभारम्भ गरेका थिए । जुन माछापोखरी, सामखुसी, पानीपोखरी, महाराजगन्ज, बासँबारी, गोल्हृुटार, हात्तिगौडा, बुढानिल्कण्ठ, शिवपुरी हुदैँ काठमाडौंको शिवपुरीमा स्थित ग्रिनभ्याली रिसोर्टमा पुगेर सम्पन्न भएको थियो । राइडर रमेश अवालेले रोड क्याप्टेनको भुमिका निभाएका थिए । यस राइडमा ३३ वटा रोयल इन्फिल्ड सहित ४० जना राइडरहरुले सहभागीता जनाएका थिए । यस र्यालीको मुख्य उद्देश्य भनेको राइडर्सहरुलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना, पर्यावरण एंव वातावरण मैत्री सडक अनुशासनको सन्देश प्रवाह गरेका थिए । साथै राइडर्सहरु बिच भातृत्व कायम गरि भाइचाराको भावना र सद्भाव बढाउनु पनि यस र्यालीको उद्देश्य थियो । राइडमा सहभागि राइडहरुले वन लेन राइड र सेफ्टी राइडको नियमहरु पालना गर्दै राइड गरेका थिए । रोयल इन्फिल्ड मोटरसाइकल एउटा ऐतिहासिक प्रतिष्ठित अन्तराष्ट्रिय आइकनिक ब्रान्ड हो । नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक बिक्रेता विवेक अटोमोवाइलसले १९ वटा शाखा तथा डिलर बाट बिक्री बितरण तथा बिक्री पछिका सेवाहरु प्रदान गरी रहेको छ ।