गोर्खाज फाइनान्सको संचालकमा गुरुङ्ग र लिम्बु नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको संचालक पदमा खड्गबहादुर गुरुङ्ग र देवीप्रसाद लिम्बु नियुक्त भएका छन् । कम्पनीको ३६२औँ संचालक समितिको बैठकले संस्थाको सर्वसाधारण समूहको तर्फबाट गुरुङ्ग र स्वतन्त्र संचालक पदमा लिम्बुलाई नियुक्त गरेको हो । बैठकले सोमबारदेखि नै लागू हुने गरी दुई जनालाई सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले बताएको छ ।
२ बर्षपछि लिफ्ट चढेर २२ तल्ले धरहराबाट उपत्यकाको अवलोकन
काठमाडौं । ‘२ बर्षपछि लिफ्ट चढेर २२ तल्ले धरहराबाट उपत्यकाको अवलोकन गर्न पाइन्छ,’ यो भनाई हो राष्ट्रिय पुननिर्माण प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान महर्जनको । प्राधिकरणले आगामी २ बर्षभित्रै निर्माण सम्पन्न हुने धरहरा निर्माणका लागि एक हप्ताभित्रै ग्लोबल टेण्डर निकाल्न लागेको छ । करिब ४ अर्ब लागतमा निर्माण हुने धरहराको डिजाइन तयार भैसकेको छ । चार अर्ब भित्रै भ्याट र मूल्य वृद्धि समेत समेटिनेछ । ‘पुरानो ढाँचा, नयाँ निर्माण सामग्री र आधुनिक भवनसहितको धरहरा निर्माणका लागि एक साता भित्रै ग्लोबल टेण्डर निकाल्दैछौं, धरहरा सम्बन्धी सबै विवाद सकिएको छ’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख महर्जनले भने । ग्लोबल टेण्डर निकालेको २ महिना भित्र निर्माणकर्ता कम्पनी परिचालित हुनेछन् । जमिनमाथी ८१.२ मिटर अग्लो हुने धराहराको २२ औं तल्लासम्म लिफट् हुनेछ र सोही तल्लाबाट उपत्यकाको अवलोकन गर्न सकिनेछ । एकै पटक ५४ जनाले धरहराबाट अवलोकन गर्न सक्नेछन् । धरहरा निर्माणका लागि एक अर्ब रुपैंयाँ नेपाल टेलिकमले उपलब्ध गराउने र मै बनाउँछु धरहरा अभियानबाट २४ करोड रुपैंयाँ संकलन भैसकेको पनि मानन्धरले बताए । नयाँ धरहरामा पुरानो धहराको ६ रोपनी, सुन्धाराको १० रोपनी र गोश्वारा हुलाकको १२ रोपनी गरि २८ रोपनी समेटिनेछ । टक्सार विभागको १२ रोपनी जमिन भने धरहरामा समेटिने छैन् । अण्डर ग्राउण्ड २ तलासहित धरहरा ६९.२ मिटर उचाईको हुनेछ । त्यसमाथी ३६ फिटको गुम्बज निर्माण गरिनेछ । २२ तल्ले धरहराको बिच भागमा लिफ्ट रहनेछ । धरहराको वरिपरि कुनै पनि प्रकार ठुला व्यवसायीक संरचना निर्माण गरिने छैन् । सुुन्धारा क्षेत्रलाई पुननिर्माण गरेर संरक्षण गरिनेछ । धरहरा आपसापसमा सामान्य कफि सप, लाईब्रेरी जस्ता व्यवसाय भने सञ्चालन हुनेछन् । ढलेको धरहरा काँचको पर्दामा प्राधिकरणले भूकम्पका कारण ढलेको धरहरालाई काँचको पर्दाले छोपेर राख्ने योजना बनाएको छ । त्यसमा सर्वसाधारणले भित्रै प्रवेश गरेर हेर्न भने सक्नेछन् ।
नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट, ७३ करोडको सेयर किनबेच
काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ । सो दिनको परिसूचक १५.९९ अंकले ओरालो लागेर १३९४ अंकमा झरेको हो । सोमबारको तुलनामा परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । मंगलबार जम्मा ७३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा ७७ करोड रुपैयाँ कम हो । सोमबारको बजारमा कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बजारमा सेयर किन्ने भन्दा बेच्ने बढी भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् । दोहोरो अंकले ओरालो लागेको बजारमा ट्रेडिङ समूह बाहेक सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी विकास बैंक समूहको सूचक २७ अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३७ प्रतिशत गुमाएका छन् । त्यस्तै, प्रोगेसिभ फाइनान्स र कन्काई विकास बैंकका लगानीकर्ताले ५/५ प्रतिशत गुमाएका छन् । दोहोरो अंकले घटेको बजारमा पनि नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६.५३ प्रतिशत कमाएका छन् ।
सेञ्चुरी कमर्शियल बैंकको १०३ प्रतिशत नाफाले लगानीकर्तालाई लोभ्यायो, सबैभन्दा बढी कारोबार
काठमाडौं । सेञ्चुरी बैंकले ३ महिनामा १०३ प्रतिशत नाफा बढाएपछि मंगलबार लगानीकर्ता लोभिदा बढी कारोबार भएको छ । बैंकले चैतसम्म नाफा बढाएर ६३ करोड रुपैयाँ पुर्याएपछि लगानीकर्ता आर्कषक नाफामा लोभिएका हुन् । बैंकले गत पुस मसान्तमा ३२ करोड नाफा कमाएको थियो । कारोबार बढेसंगै सेञ्चुरीको सेयर मूल्य ५ रुपैयाँ बढेर प्रतिकित्ता १९८ रुपैयाँमा भएको छ । सोमबार १९३ रुपैयाँमा कारोबार भएको थियो । बजार घटिरहेका बेला सेञ्चुरीको मंगलबार २ करोड ७६ लाख रुपैयाँ बराबरको १ लाख ३९ हजार ३९९ रुपैयाँमा सेयर किनबेच भएको छ । सस्तो सेयर भएको र नाफा राम्रो गरेपछि लगानीकर्ताले सेञ्चुरीको सेयर किनेको एक ब्रोकरले बताए । नेपाल बैंकको नाफा राम्रो देखिएपछि सोमबार लगानीकर्ताले बढी सेयर किनेका थिए । बैंकले तीन महिनामै आफ्नो खुद ब्याज आम्दानी ७६ करोडबाट बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । १३ करोड राइट ब्याकबाट प्राप्त गरेको छ । बैंकले २०७४ चैत मसान्तमा ४ अर्ब १९ करोेड ब्याज आम्दानी गरेर २ अर्ब ९७ करोड ब्याज खर्च गरेको छ । ५२ अर्ब निक्षेप संकलन गरेको बैंकले ५० अर्ब कर्जा लगानी गरेकोे छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ । सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ ।
२८ करोड ६० लाख ठगेर ८७ जना सहकारी संचालक फरार
काठमाडौं । २८ करोड ६० लाख ठगि गरेर ८७ जना सहकारी सञ्चालक फरार भएका छन् । १२ जिल्लाका सहकारी सञ्चालकहरु आर्थिक अधिकारको दुरुपयोग गरी सम्पर्क बिहिन भएका हुन् । सहकारी विभागका कानून अधिकृत बालकृष्ण निरौंलाका अनुसार रकम हिनामिना गरी फरार रहेका व्यक्तिमाथी प्रहरीले निगरानी गरिहेकाे बताए । डिभिजन सहकारी कार्यालय काठमाडौंका सुचना अधिकृत आनन्द सारुले काठमाडौंमा १९ जना सहकारी संचालक विरुद्ध प्रहरीमा उजुरी गरिसकेको जानकारी दिए । रकम ठगी गरी फरार हुनेहरुमा काठमाडौंमा १९ भक्तपुर र नुवाकोटमा १/१, कैलालीमा ६ बाँकेमा ५ धनुषामा ४, कञ्चनपरमा ४, रुपन्देहीमा ६, ललितपुरमा ६, कास्कीमा ४ र सर्लाहीमा ३ जना गरी ८७ जना सञ्चालक फरार रहेका छन् । रकम हिनामिना गर्नेहरुमध्ये सबैभन्दा धेरै काठमाडौंका सहकारी सञ्चालकहरुले ७ करोड ५६ लाख हिनामिना गरेका छन् । धादिङका सञ्चालकले २ करोड ५४ लाख, बाँकेकाले ७ करोड, धनुषाकाले ४ करोड ५० लाख, कञ्चनपुरले ९ लाख हिनामिना गरेका छन् । त्यसैगरी रुपन्देहीका ६ सञ्चालकले ४ करोड ६७ लाख, सर्लाहीका २ करोड ४ लाख हिनामिना गरेका छन् । यी व्यक्तिहरुलाई सहकारी विभागले कारबाहि गर्न सकेको छैन । यसले वित्तिय सुरक्षामाथी असर परेको महालेखा परिक्षकको कार्यलयले जनाएको छ ।
सनराइज बैंकले स्वास्थ्य बीमा अन्तर्गत बज्रचार्यलाई दियाे २१ हजार रुपैयाँ
काठमाडौं । सनराइज बैंक लिमिटेडले स्वास्थ्य बीमा अन्तर्गत गाःबहाल शाखाका ग्राहक राजेन्द्र बज्रचार्यलाई २१ हजार १९९ रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले बिरामी बज्रचार्यलाई शल्यक्रिया गर्दाको क्रममा लागेको सो मात्राको उपचार खर्च प्रदान गरेको हो । उक्त रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशाराणा अधिकारी र नायब महाप्रबन्धक अपछकुमार यादबले निजका पत्नी श्रीमती मैया बज्रचार्यलाई प्रदान गरेका हुन् । आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नवढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ । सन्राइज बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।
शान्ती मिसनमा गएका नेपाल आर्मीमाथी बालिका बलात्कारमा सहभागी भएको आरोप
काठमाडौं । शान्ती मिसनमा गएको नेपाली आर्मीमाथी बालिका बलात्कारमा सहभागी भएको आरोप लागेको छ । बेलायती अनलाइन पत्रिका डेलि मेलले यू एनका प्रवक्ता स्टेफन डुजेरिसलाई आधार मान्दै समाचार उल्लेख गरेको छ । प्रवक्ता डुजेरिसले बलात्कारकार घटनालाई जघन्या अपराध भएको बताएका छन् । उनले भनेका छन् “बलात्कार घटनामा जो संलग्न रहेको छ उसले जघन्य अपराध गरेको छ ।” नेपालमा आर्मीले भने घटना अनुसन्धानको लागि सहमति जनाइसकेको छ । आर्मीका प्रवक्ता गोकुल भण्डारीका अनुसार दक्षिणी सुडानमा अहिले १७३६ जना नेपाल आर्मी सेवारत रहेका छन् । दुई जना बालिकाले युएन मिसन आर्मी कहाँ आएर आफुहरु बलात्कृत भएको उजुरी दिएपछि सो घटना बाहिर आएको हो । युएन आर्मीका अधिकारीहरुले गत अप्रिल १३ तारिखमा दुई बालिकामाथी भएको बलात्कार घटनामा नेपाली टुर्पको संलग्नता रहेको दाबी गरेको छ । तर कति जना नेपाली आर्मी सहभागी रहेको भन्ने स्पष्ट गर्न सकेको छैन । यसअघि गत फेब्रवरी महिनामा घानाका महिलाहरुमाथी दुव्र्यावहार गरेको आरोपमा ४६ जना आर्मीहरुलाई फिर्ता बोलाइएको थियो । अहिले युएनका करिब १४८०० टुर्प र प्रहरी दक्षिणी सुडानमा सेवारत रहेका छन् ।
नेपाल र भारतको वाणिज्य सम्बन्धि उच्च स्तरिय वैठक शुरु, समाधान होला कृषि वस्तु निर्यातदेखि ग्याँस बुलेटसम्मको समस्या ?
काठमाडौं । नेपाल र भारतको वाणिज्य सम्बन्धि उच्च स्तरिय वैठक मंगलबारदेखि राजधानीमा शुरु भएको छ । वैठकले नेपाल र भारतको व्यापारमा देखिएका समस्यालाई संवोधन गर्दै दुई देशबीचको व्यापारीक सम्बन्धलाई सहज र सुद्रिढ बनाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले जनाएअनुसार बैठकमा दुई देशबीच विभिन्न चरणमा प्रधानमन्त्री तथा वाणिज्य मन्त्रीबीच भएका सहमतिलाई कार्यान्वयनमा आएको छैन भने ल्याउने विषयमा छलफल हुनेछ । साथै वाणिज्य सम्बन्धि नीतिगत तथा प्राविधिक विषयमा विशेष छलफल हुनेछ । मन्त्रालयका अनुसार वैठक दुई चरणमा हुनेछ । जसमा पहिलो मंगलबार र बुधबार दुई देशबीचको वाणिज्य मन्त्रालयका सह–सचिव स्तरिय इन्टर गभरमेन्टल सब कमिटी (आईजीएससी) वैठक बस्नेछ । निर्णायक रुपमा दोस्रो सचिवस्तरिय इन्टर गभरमेन्टल कमिटी (आईजीसी) वैठक बस्नेछ । त्यस्तै पहिलो आईजीएससी वैठकको नेपालको नेतृत्व मन्त्रलयका सहसचिव सैंजूले भने दोस्रो आईजीसी वैठकको नेतृत्व वाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेले गर्ने छ । विगतदेखि नै दुई देशबीचको उक्त अन्तर सरकारी वैठक भारत र नेपालमा पालैपालो हुदै आएको हो । मुलुकमा स्थायी सरकार बनेको, मुलुक संघिय संरचनामा अघि बढेको र सरकरको मुख्य एजेन्डा अर्थिक समृद्धि रहेकोले पनि नेपालको व्यापार क्षेत्रमा सञ्चालित वैठकको बढी महत्व रहने मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले बताए । भारतसँगको व्यापारमा पछिल्लो समय देखिएको अदुवा जस्ता कृषिजन्य वस्तु को अबरोध, क्लिङ्कर आयातमा समस्या, एलपी ग्याँस बोक्ने नेपाली नम्बर प्लेटको बुलेटले हालसम्म पनि पाउन नसकेको एक्सप्लोसिभ सर्टिफीकेट, विभिन्न नाकामा स्थापना गरिने जाँच चौकी लगायतको विषयमा वैठकले टुङ्गो लाउने मन्त्रालयले जनाएको छ । त्यस्तै व्यवसायीहरुले पनि वैठकले नेपाल र भारतबीचमा देखिएको विभिन्न व्यपारीक समस्या हल हुने आश र भरोसा गरेका छन् ।