२ लाख बिगो जरिवाना सहित इन्जिनियर छबिन्द्र विक्रम खाँण र प्रदिपकुमार वानियाँ विरुद्ध मुद्दा दायर
काठमाडौं । जिल्ला शिक्षा कार्यालय, काश्कीमा कार्यरत इन्जिनियर छविन्द्र विक्रम खाँण र सव(इन्जिनियर प्रदीपकुमार वानियाँ विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको छ । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख बिगो असुली दाबी सहित मद्दा दायर गरेको हो । काश्की जिल्ला, मादी गाउँपालिका वडा नं ८ स्थित श्री प्रभात आधारभूत विद्यालय र श्री नारायण आधारभूत विद्यालयको भवन निर्माणको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट योगको कार्यालय पोखराको गएको टोलीले १ लाख समेत बरामद गरेको छ । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को देहाय ग बमोजिम जरिवाना र कैद सजायको लागि अदालतमा दायर गरिएको छ।
महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रद्धारा निर्मित मेकर स्पेसलाई वृज सिमेन्टको साथ
काठमाडौं । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रद्धारा निर्मित मेकर स्पेसलाई वृज सिमेन्टले साथ दिने भएको छ । महाविर पुनद्धारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि सहकार्य गर्ने भएका छन् । पुष्पतारा केडिया सेवा संस्था एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लिद्धारा महावीर पुनद्धारा किर्तीपुरमा निर्माण भइरहेको मेकर स्पेसको निर्माण कार्यको लागि वृज सिमेन्टद्धारा उत्पादित ओपिसि/पिपिसि सिमेन्ट उपलब्ध गराउने सम्झौता भएको छ । यो सम्झौता केडिया अर्गनाइजेशन अन्तर्गतको पुष्पतारा केडिया फाउन्डेशन, वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि तथा राष्ट्रिय आविष्कार केन्द्रबीच सम्पन्न भएको हो । अनुसन्धानकै कामलाई सघाउन राष्ट्रिय आविष्कार केन्द्रले एउटा ल्याब खोल्ने उद्देश्य लिएको छ । यसैका लागि केही समयमै टेन्डर आहवान गरिदै छ, करिब एक करोडको लागतमा बत्रे ल्याबको संरचनाले काम गर्न चाहनेका लागि उपयुक्त वातावरण दिने कम्पनीले जनाउको छ । मेकर स्पेस राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरिरहेको एक प्रयोगशाला हो । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा त्रिवि परिसरमा ६ हजार वर्ग फिट क्षेत्रफलमा ल्याब बनाउने काम अधि बढीरहेको छ । जहाँ सृजनात्मक समान विचारधारा भएका व्यक्तित्वहरु भेला हुने र विभिन्न योजनाहरु पाइलट स्केलको रुपमा अध्ययन अनुसन्धान तथा प्रयोगहरु गर्न सकिने छ । त्यस्तै, कुनै योजना सफल भएमा यसलाई व्यापारिकरण गरिने तथा अध्ययन अनुसन्धानमा लाग्नेहरुलाई आर्थिक सहयोग गराई लगानी तथा बजारसम्म पुर्याउन मदत गरिने मेकर स्पेसको उद्देश्य हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन वृज सुपर प्रिमियम ओपिसी सिमेन्टका ब्राण्ड एम्बेसेडर समेत रहेका छन् । वृज सिमेन्ट पुन जस्ता देशका उर्जासँग हातेमालो गरि अगाडि बढिरहेको छ । वृज सिमेन्टको छनौटमा रहेका उर्जावान व्यक्तित्वहरु आगामी दिनमा समेत हातेमालोको यो शृङ्खला रही रहनेछ कम्पनीका प्रबन्ध र्निदेशक मनोज केडियाले बताए ।
राष्ट्र बैंकले दियो २० अर्ब, बैंकले लिए ७ अर्ब ९० करोड, बिहीबार १० अर्ब बजारमा पठाउदै
काठमाडौं । बैंकहरुले नेपाल राष्ट्र बैंकबाट ७ अर्ब ९० करोड रुपैयाँ मात्र उठाएका छन् । बैंकिङ प्रणालीमा तरलताको अवस्था कम भएर अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि राष्ट्र बैंकले बुधबार रिपो वित्तीय उपकरणमार्फत बजारमा २० अर्ब रुपैयाँ पठाउदा ९ बैंकले मात्र सो रकम मात्र उठाएका हुन् । जसमा २ विकास बैंक र ७ वाणिज्य बैंक रहेका छन् । रिपोमार्फत केन्द्रीय बैंकले बिहीबार पुनः बजारमा १० अर्ब रुपैयाँ पठाउदै छ । केन्द्रीय बैंकले अल्पकालिन तरलताको समस्या समधान गर्न रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता कम भई अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजार हस्तक्षेप गर्न सो रकम पठाउन लागेको हो । राष्ट्र बैंकले लागु गरेको ब्याजदर करिडोर नीतिअनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि थप रकम बजारमा पठाएर हस्तक्षेप गर्दै आएको छ । रिपोको अवधि २ साताको हो । चालु आर्थिक वर्षको आठ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पत् ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ ।
आइएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी हस्पिटलबीच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटल बिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) युगेशभक्तबादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा इन्स्योरेन्सका सिईओ श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमा लेखमा तोकिएको सिमासम्म क्यासलेस हस्पिटलाईजेसन सुविधा प्रदान गर्ने बताएका छन् । साथै श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गरेका छन् । अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा यस इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।
नेपालीको बार्षिक आम्दानी १६ हजारले बढ्यो, दैनिक कमाई २८७ रुपैंयाँ
काठमाडौं । नेपालीको बार्षिक आम्दानी १६ हजार रुपैंयाँले बढेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली नागरिकहरुको बार्षिक आम्दानी १६ हजार ६ रुपैंयाँ अर्थात १५१ डलरले बढेको हो । गत आर्थिक बर्षमा नेपालीहरुको बार्षिक कमाई ८५३ डलर मात्रै थियो । नेपालीहरुको आम्दानी एक बर्षमा १७.७० प्रतिशतले बढेको देखिन्छ । जस अनुसार चालु आर्थिक बर्षमा नेपालीहरु १६ हजार बढि कमाउने हैसियतमा पुगेका छन् । नेपाली नागरिकहरुको औषत बार्षिक आम्दानी १००४ डलर अर्थात १ लाख ३ हजार ३ सय ३५ रुपैंयाँ पुगेको छ । नेपालीहरुले दैनिक जम्मा २ सय ८७ रुपैंयाँ मात्रै कमाउँछन् । नेपालीहरुले कुल आम्दानीको ८५ रुपैंयाँ खर्च गरिरहेका छन भने १५ रुपैंयाँ मात्रै बचत गरेको देखिन्छ । ३० खर्ब ७ अर्ब २४ करोड ६० लाखको कुल गार्हस्थ उत्पादनमध्ये २५ खर्ब ५५ अर्ब ९० करोड ४० लाख रुपैंयाँ उपभोगमा खर्च भएको छ । जम्मा ४ खर्ब ५१ ऋर्ब ३० करोड मात्रै बचत भएको देखिन्छ । बामपन्थी घोषणा पत्रमा आगामी १० बर्षमा नेपालीहरुको बार्षिक आम्दानी ५ हजार डलर पुर्याउने भनिएको छ । सो लक्ष्य पुरा गराउन नेपालीहरुको बार्षिक आम्दानी औषतमा ३९९ डलरले वृद्धि गर्नुपर्ने देखिन्छ ।
आगामी वर्षमा पुरातात्विक सम्पदा पुनः निर्माण गरिसक्ने- मन्त्री अधिकारी
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गरेका छन् । हनुमानढोका दरबार संग्रहालय विकास समितिले बनाएको उक्त कक्ष शुभारम्भ गर्दै उनले आगामी वर्षमा भूकम्पबाट क्षति भएको पुरातात्विक सम्पदाको पुनः निर्माण गरिसक्ने बताएका छन् । भूकम्पपछि सम्पदाको पुनः निर्माणले गति लिन नसकेकमा अबदेखि कार्ययोजना बनाई अघिबढ्नेमा जोड दिंदै मन्त्री अधिकारीले दुई वर्ष बित्न लाग्दा पनि धरहरा र काष्ठमण्डप बन्न नसक्नु दुःखद भएको बताए । पुनः निर्माणमा बिगतको सरकारले काम गर्न सकेको थिएन तर अब स्थायी सरकार भएकाले पुनः निर्माणलाई तीव्रता दिइने र यस्ता काममा प्रतिपक्षलाई पनि सँगै लिएर जाने उल्लेख गरेका छन् । कार्यक्रममा काठमाडौंमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनः निर्माणको कामले सोचजस्तो प्रगति हासिल गर्न नसकेको बताए । शताब्दी पुरुष सत्यमोहन जोशी पुर्खाले बनाएको सम्पदा संरक्षण गर्नुपर्ने भएकाले भूकम्पबाट क्षति भएका सम्पदा पनि चाँडो बनाउनुपर्नेमा जोड दिएका छन् । करीब २८ लाख रुपैयाँको लागतमा निर्मित कक्षमा भूकम्प र भूकम्पपछिको उद्धारसम्बन्धी फोटा, भूकम्पपछि काठमाडौंमा उत्खनन गरिएका पुरातात्विक फोटा राखिएका छन् । सोही अवसरमा मन्त्री अधिकारीले हनुमानढोकास्थित प्रताप मल्लको पुनः स्थापित शालिकसमेत अनावरण गरेका छन् । भूकम्पबाट ढलेको सालिकको पुनः निर्माण ललितपुर मंगलबजारका कलाकार बुबा श्याम डंगोल र छोरा कपिल डंगोलले गरेका छन् । रासस
जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्यो
काठमाडौं । चालु आर्थिक २०७४/७५ को कुल गार्हस्थ्य उत्पान(जीडीपीम)मा कृषि क्षेत्रको हिस्सा घटेको छ । गएको अर्थिक वर्षको तुलनामा यस वर्ष ४ प्रतिशत जीडीपीमा हिस्सा घटेको केन्द्रीय तथ्याँक विभागले बुधबार सार्वजनिक गरको देशको आर्थिक परिदृष्यमा कृषि क्षेत्रको जीडीपीमा योगदान घटेको देखिएको हो । विभागको अनुसार गएको अर्थिक वर्ष २०७३/७४ मा कृषि जीडीपीमा कृषि क्षेत्रको हिस्सा २८.२५ थियो । यो वर्ष घटेको छ । यद्यपि जीडीपीमा सबैभन्दा बढी कृषि क्षेत्रको हिस्सा रहेको छ । त्यस्तै चालु अर्थिक वर्ष धान र दलहनको उत्पादन क्रमशः १.५ र २.५ ले कमि आउने देखिएको छ भने तरकारी, गहुँ, मकै र आलुको उत्पादन भने क्रमशः ५,५,९ र २५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
बुधबारको बजारमा उतारचढाव, नेप्से ८ अंकले घट्दा ५६ करोडको कारोबार
काठमाडौं । बुधबारको सेयर बजारमा तीब्र उतारचढाव देखिएको छ । बजार खुलेको केही समयमै ओरालो लागेको थियो । करिब एक घण्टाको अवधिमा बढेर १३९९ अंकमा पुगेको परिसूचक त्यसपछिको कारोबारमा फेरि ओरालो लागेको छ । समग्रमा बुधबारको नेप्से परिसूचक ८.३९ अंकले घटेर १३८६ अंकमा झरेको छ । घटेर राताम्मे भएको बजारमा अन्य समूह बाहेक बाँकी समूहको सूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूह ५७ अंकले घटेको छ । त्यस्तै, अन्य समूहको सूचक सामान्य ०.७२ अंकले बढेका छन् । बजारमा कुल १६० कम्पनीको ५६ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ४ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६७ रुपैयाँ रहेको छ ।