विकासन्युज

एसियन लाइफको बोनस सेयर ५० प्रतिशत घट्यो, अब ६ प्रतिशत मात्रै

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर ५० प्रतिशतले घटेको छ । कम्पनीले यस अघि प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर घटाएर ६ प्रतिशतमा झारेको हो । कम्पनीले अब लगानी कर्तालाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैशाख १२ गते बसेको सञ्चालक समिति बैठकले बीमा समितिको निर्देशन अनुसार बोनस सेयरको दर घटाएर ६ प्रतिशत बनाएको हो ।

१८ बाणिज्य बैंकको नाफा २४ अर्ब नजिक, कुन बैंकको अवस्था कस्तो ?(सूचिसहित)

काठमाडौं । चालु आर्थिक बर्षको चैत मसान्त अवधीमा १८ वटा बाणिज्य बैंकहरुले २३ अर्ब ८८ करोड नाफा कमाएका छन् । २०७३ चैत मसान्तमा यीनै बैंकहरुले कमाएको भन्दा यो नाफा ३ अर्ब ८४ करोडले बढि हो । सो अवधीमा यीनै १८ वटा बाणिज्य बैंकहरुले जम्मा २० अर्ब ३ करोड नाफा कमाउन सफल भएका थिए । बैंकहरुले नाफा १९.१६ प्रतिशत वृद्धि गरेका हुन् । तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका १८ वटा बाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा धेरै २ अर्ब ८३ करोड नाफा आर्जन गरेको छ । दोश्रो नम्बरमा नेपाल बैंकले २ अर्ब ५६ करोड नाफा आर्जन गरेको छ भने एक अर्ब ८० करोड नाफा कमाएर एभरेष्ट बैंकले तेश्रो स्थान सुरक्षित गरेको देखिन्छ । हिमालयन बैंकले १ अर्ब ६१ करोड नाफा कमाउँदा स्ट्याण्डर्ड चाटर्ड बैंकले १ अर्ब ५० करोड नाफा कमाउन सफल भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको लोभलाग्दो प्रगति, २८३ करोड नाफा नेपाल इन्भेष्टमेन्ट बैंकले ३ महिनामा खुद नाफा १ अर्ब रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत पुसमा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो । गत आवको चैतमा बैैंकले २ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नेपाल बैंकको नाफा २५६ करोड चालु आर्थिक वर्षको ९ महिनामा नेपाल बैंकको नाफा सामान्य वृद्धि भएको छ । बैंकले चैत मसान्तसम्ममा २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ थियो । एभरेष्ट बैंकको नाफा १ अर्ब ८० करोड  एभरेष्ट बैंकको नाफा १ अर्ब ८० करोड पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर २९.७६ रुपैयाँ पुगेको छ जुन पुसमा २८.४१ रुपैंयाँ थियो । सिटिजन्स बैंकको नाफा १०० करोड सिटिजन्स बैंक इन्टरनेशनलको नाफा १०० करोड पुगेको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा १२ करोडले बढाएर १०० करोड पुर्याएको हो । बैंकको खराब कर्जा १.४६ प्रतिशत छ भने स्प्रेड दर ३.७४ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर भने ११.१५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १६.७६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२९.५६ रुपैंयाँ रहेको छ । सिद्धार्थ बैंकको नाफा एक अर्ब २२ करोड सिद्धार्थ बैंकले ९ महिनामा आफ्नो नाफा २८.४२ प्रतिशतले बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । २०७३ चैत मसान्तसम्ममा ९५ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा २७ करोड रुपैंयाँ बढाएको हो । १.७१ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर १.३१ प्रतिशतमा झारेको छ । सिद्धार्थ बैंकको प्रति सेयर आम्दानी २०.५२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १४४.९५ रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकको नाफा ३ महिनामै ५६ प्रतिशतले वृद्धि लक्ष्मी बैंकले ३ महिनामै आफ्नो नाफा ५६.८६ प्रतिशतले वृद्धि गरेको छ । २०७४ पुस मसान्तमा ५१ करोड नाफा कमाएको बैंकले चैतमा ८० करोड पुर्याएको हो । २०७३ चैतमा भने बैंकको नाफा ५६ करोड थियो । बैंकको प्रति सेयर आम्दानी १३.६४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२६.३८ रुपैंयाँ रहेको छ । सानिमा बैंकले कमायोे १२० करोड नाफा सानिमा बैंकले चालु आर्थिक वर्षको ९ महिनामा खुदनाफा २७ करोड रुपैयाँ बढाएको छ । २०७३ चैतमा ९४ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा एक अर्ब २० करोड पुर्याएको हो । बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ २२ पैसा रहेको छ ग्लोबल आईएमई बैंकको नाफा १४४ करोड ग्लोबल आईएमई बैंकले १४४ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक को चैत मसान्तसम्ममा १४८ करोड नाफा कमाएको थियो । बैंकले पछिल्लो ३ महिनामा भने खुदनाफा झण्डै ५० करोड रुपैयाँ बढाएको छ । गत पुस मसान्तसम्ममा बैंकले ९५ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।  बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६७ पैसा रहेको छ । नेपाल एसबीआई बैंक बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पुसमा बैंकले ९१ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको चैतमा बैंकले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ नाफा गरेको थियो । जनता बैंकको नाफा ५७ करोड ५७ लाख चैत मसान्त अवधीसम्ममा बैंकले ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा छ । एनएमबी बैंकको नाफा बढेर १४१ करोड एनएमबी बैंकले चालु आर्थिक वर्षको चैतसम्ममा १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसाँ छ । स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १५० करोड स्ट्याण्डर्ड चाटर्ड बैंकले ३ महिनामा नाफा ५० करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । पुस मसान्त अवधीमा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको थियो । २०७३ चैतमा भने बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको आधार ब्याजदर ७.२०, कर्जा र निक्षेप अनुपात ७६.४४, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.२३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १२ पैसा छ । सनराइज बैंकको नाफा ९ करोडले वृद्धि सनराइज बैंकको नाफा ९ करोडले वृद्धि भएको छ । २०७३ चैत मसान्तमा ८५ करोड नाफा कमाएको बैंकले २०७४ चैत मसान्तसम्ममा ९४ करोड नाफा आर्जन गरेको हो । सनराइज बैंकको खराब कर्जा १.४५ प्रतिशत छ भने आधार ब्याजदर ११.३४ प्रतिशत रहेको छ । बैंकको सीसीडी रेसियो ७७.९० प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १५.५१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३०.११ रुपैंयाँ रहेको छ । सेञ्चुरी बैंकको नाफा ३ महिनामै बढ्यो ९६ प्रतिशत सेञ्चुरी बैंकले ३ महिनामै ९६.८७ प्रतिशतले नाफा बढाएको छ । २०७४ पुस मसान्तमा ३२ करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ६३ करोड पुर्याएको हो । बैंकले २०७३ चैतमा ३१ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ । हिमालयन बैंकले तीन महिनामै बढायो ५१ करोड हिमालयन बैंकले तीन महिनामै ५१ करोड नाफा बढाएको छ । २०७४ पुस मसान्तमा १ अर्ब १० करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ५१ करोडले बढाएर १ अर्ब ६१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा ४६.३६ प्रतिशत नाफा बढाएको हो । हिमालयन बैंकले २०७३ चैत मसान्तमा १ अर्ब ५३ करोड नाफा कमाएको थियो । हिमालयन बैंकको प्रति सेयर आम्दानी २५.८१ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १६३.६१ रुपैंयाँ रहेको छ । प्राइम बैंकको नाफा ४२ प्रतिशतले वृद्धि प्राइम कमर्सियसल बैंकको नाफा ४२ प्रतिशतले बढेको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा १ अर्ब १५ करोड पुर्याएको हो । यो अवधीमा बैंकको नाफा ३७ करोडले बढेको छ । पछिल्लो तीन महिनामा प्राइमले ५४ करोड नाफा बढाएको देखिन्छ । २०७४ पुस मसान्तमा बैंकको नाफा ७१ करोड थियो । बैंकको प्रति सेयर आम्दानी २०.८९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३३.१२ रुपैंयाँ रहेको छ । बैंक अफ काठमाण्डूको नाफा अर्ब नजिक बैंक अफ काठमाण्डूले ९ महिनामा ९३ करोड नाफा कमाएको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाउन सफल भएको बैंकले २०७४ चैत मसान्तमा ९३ करोड पुर्याएको हो । बैंकको प्रति सेयर आम्दानी १७.५४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १६२.७५ रुपैंयाँ रहेको छ । एनआइसी एसिया बैंक एनआइसी एसिया बैंकले चालु आवको नौ महिनामा ९२ करोड नाफा कमाउन सफल भएको छ । बैंकले गत आवको चैत मसान्त अवधीमा एक अर्ब १३ करोड नाफा कमाउन सफल भएको थियो । २०७३ चैतको तुलनामा बैंकको नाफा २१ करोडले घटेको देखिन्छ ।  

भूकम्प पुनःनिर्माण अनुदानः आवास निर्माण नगरे ५० हजार फिर्ता गर्नुपर्ने

काठमाडौं । भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता ५० हजार फिर्ता गर्न थालेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको सरकारी अनुदानको सदुपयोग गरेर भवन निर्माण नगरे अन्य खालको सुविधासमेत कटौती गर्ने भएपछि निजी आवास निर्माण नगर्नेले पहिलो किस्ता बापत लिएको रु ५० हजार फिर्ता गर्न थालेका हुन् । दोलखाको मेलुङ गाउँपालिका घ्याङ सुकाठोरका खड्गबहादुर तामाङले भूकम्पपश्चात निजी आवास निर्माण गर्न लिएको पहिलो किस्ता रु ५० हजार फिर्ता गरेका छन् । तामाङले आफूले भवन निर्माण गर्न नसकेपछि निजी आवास निर्माण गर्न दिइएको पहिलो किस्ताको रु ५० हजार जिल्ला समन्वय समितिको कार्यालय, दोलखाको खातामा हालिदिएर रकम फिर्ता गरेका हुन् । सरकारले अनुदान दिएको रकम सदुपयोग गर्नुपर्ने र त्यसको दुरुपयोग गर्न नहुने र घर नबनाइकन पैसा लिएर बसेमा छरछिमेकीबाटै उजुरी पर्ने र सरकारबाट पाउने अन्य खालको सुविधासमेत नपाउने भएपछि दोलखामा पुनःनिर्माणका लागि लिएको रकम आवास नबनाएकाले फिर्ता गर्न थालेका हुन् । दोलखा जिल्लामा निजी आवास निर्माण गर्न पहिलो किस्ता लिएर घर नबनाएपछि पैसा फिर्ता गर्ने खड्गबहादुर पहिलो व्यक्ति हुनुहुन्छ । खड्गबहादुरजस्तै अन्य धेरै व्यक्ति पैसा फिर्ता गर्ने तयारीमा छन् । जिल्ला समन्वय समिति, दोलखाका प्रमुख डबल पाण्डेका अनुसार दोलखामा हालसम्म १५ जना भूकम्प पीडित पैसा फिर्ता गर्ने तयारीमा छन् । कतिपयले पैसा फिर्ता नै गर्नुपर्ने हो त रु भनेर भेट्दा र टेलिफोनमार्फत सोधिरहेका छन् । “सदरमुकाम वा अन्य कुनै स्थानमा घर भएका, पहिलाको स्थानमा घर बनाएर बस्ने चाहना नभएका व्यक्तिहरुले पहिलो किस्ताको रकम फिर्ता गर्न लागेका छन्” उहाँले थप्नुभयो । उहाँका अनुसार राज्यद्वारा भूकम्प प्रतिरोधि निजी आवास निर्माण गर्न वितरण गरेको रकम त्यतिकै खर्च गर्न सम्भव छैन, त्यो फिर्ता गर्नैपर्छ । दोलखामा पहिला घर भएको स्थानमा मात्र घर बनाउन पाइने र अन्य स्थानमा बसाँइसराई गरेर जाने व्यक्तिले घर बनाउन नपाउने व्यवस्था भएका कारण पनि कतिपयले सो रकम फिर्ता गर्न बाध्य भएका हुन् । गाउँ छोडेर सदरमुकाम वा अन्य शहरमा जग्गा भएपनि त्यहाँ घर बनाउन अनुदान नपाउने भएपछि रकम फिर्ता गर्नुपरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यले भने, “कतिपय मानिसहरुले निजी निवास निर्माण गर्न सरकारले दिएको अनुदान पहिलो किस्ता लिएर पनि घर नबनाउने सोचमा भएपछि सरकारी सुविधा कटौती हुने डरले पैैसा फिर्ता गर्न लागेका छन्, जुन राम्रो कुरा हो ।” भूकम्प पीडितहरु निजी निवास निर्माणका लागि लिएको रकम फिर्ता गर्नुपर्ने देखिएपछि तत्काल घर बनाउने वा पैसा फिर्ता गर्ने भन्ने विषयमा सोच्न थालेका छन् । सरकारले निजी आवास निर्माणका लागि आगामी असार मसान्तसम्म दोस्रो किस्ता लिन पाउने व्यवस्था गरेको हुनाले पीडितलाई थप सहज भएको छ ।

सेन्ट्रल फाइनान्सको १०० रुपैयाँको हकप्रद सेयर संस्थापकले किनेनन्, १० लाख ८५ हजार कित्ता लिलामी हुदै

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडका संस्थापक सेयरधनीले नै हकप्रद सेयर किन्न चासो देखाएनन् । संस्थापक लगानीकर्ताबाटै हकप्रद सेयरका लागि पर्याप्त आवेदन नपरेपछि फाइनान्सले १० लाख ८५ हाजर ९३९ कित्ता लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकको ९ लाख ८१ हजार ७०८ र सर्वसाधारणको १ लाख ४ हजार २३० कित्ता हकप्रद सेयर लिलामी हुने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । बैशाख २० गतेदेखि खरिदका लागि शिलवन्दी बोलपत्र पेश खुला भई २७ गतेसम्म तोकिएको छ । प्रतिसेयर न्युनतम मूल्य १०० रुपैयाँ बढी प्रस्ताव गर्नुपर्ने बिक्री प्रवन्धकले जनाएको छ । न्युनतम १०० कित्ता र बढीमा जति पनि आवेदन दिन सकिने छ । फाइनान्सले चुक्तापुँजी बढाउन गत पुस २३ देखि फागुन १३ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो ।

बीपीसीले सहायक कम्पनीबाट पायो ५५ करोड १० लाख नगद लाभांश

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले गत वर्ष सहायक कम्पनीबाट मात्रै ५५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । बीपीसीले हिमाल पावर लिमिटेड, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी लिमिटेडबाट सो रकम बराबरको लाभांश प्राप्त गरेको हो । ३ कम्पनीको लाभांशले गर्दा गत वर्ष बीपीसीले ६६ करोड ८० लाख रुपैयाँ खुदनाफा गरेको हो । यस मध्ये ४५ करोड रुपैयाँ सेयरधनीलाई २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछ । बीपीसीले सबैभन्दा बढी लाभांश हिमाल पावरबाट पाएको छ । बीपीसीले हिमालबाट ५४ करोड ८७ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । यो लाभांश अघिल्लो वर्षको तुलनामा २ करोड रुपैयाँले बढी हो । ६० मेगावाटको खिम्ती आयोजनाको प्रवद्र्धक हिमाल पावरले सो वर्ष बिजुली बिक्रबाट ३ अर्ब १६ करोड रुपैयाँ खुदनाफा गरेको थियो । सोको १७ प्रतिशत लाभांश बीपीसीले पाएको हो । चालु आवमा हिमालबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । हिमालबाट ठुला रकम लाभांश वापत पाएपछि ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेर ५९ करोड ९२ लाख रुपैयाँ पुगेको छ । यस्तै हाइड्रो कन्सल्टबाट २३ लाख रुपैयाँ नगद र सोही बराबर बोनस सेयर प्राप्त गरेको छ । परामर्शदाता हाइड्रो कन्सल्टले १ करोड १४ लाख खुदनाफा गरेकोमा बोनस र नगद लाभांश गरी ४६ लाख रुपैयाँ पाएको छ । यस्तै जलविद्युत टर्वाइन निर्माता नेपाल हाइड्रोले ९ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ । लाभांश दिने अर्को कम्पनीमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक रहेको छ । उ बाट बीपीसीले ३५ लाख नगद लाभांश र ३५ लाख रुपैयाँको बोनस सेयर प्राप्त गरेको छ । यस्तै आगामी वर्षदेखि खुदी हाइड्रोपावर लिमिटेडबाट पनि लाभांश पाउने बीपीसीका अर्थ विभागका भाइस प्रसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । बीपीसीले सहायक कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ए, ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिरहेको छ । यस्तै चिनियाँ कम्पनीसंगको सहकार्यमा एससीआईजी इन्टरनेसन हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीमार्फत १०० मेगावाटको तल्लो मनाङ मस्र्याङदी र २ सय मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको सर्वैक्षण अनुमति पाएको छ ।  

इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकको लाेगो बनाउनेलाई ५० हजार पुरस्कार, भाडामा घर खोज्दै

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकले उत्कृष्ठ लोगो बनाउने डिजाइनरलाई ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । बैंकले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरेर बैंकको लोगो निर्माणका लागि आव्हान गरेको हो । बैंकले छनौट गरेको उत्कृष्ठा लोगोका डिजाइनरलाई ५० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने जनाएको छ । बैंकले लोगोमा लगानी, पुर्वाधार तथा आर्थिक विकास र यसको अन्तरसम्बन्ध उजागर हुनुपर्ने जनाएको छ । त्यस्तै, बैंकले कार्यालय प्रयोजनका लागि घर भाडामा समेत आव्हान गरेको छ । बानेश्वर, पुतलीसडक, थापाथली, नक्साल, बबरमहल, लैनचौर, कमलादी वा सो क्षेत्र वरपर रहेका भवनहरुलाई प्राथमिकतामा राख्ने जनाएको छ । आरसीसी ढलान गरिएको ५००० वर्गफिटमा फैलिएको भवन हुनुपर्ने पनि बैंकले जनाएको छ । इन्फास्ट्रक्चर बैंक स्थापनाका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिईसकेको छ । २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंकमा सरकारले २ अर्ब रुपैयाँ लगानी गर्नेछ । बाँकी बैंक तथा वित्तिय संस्था, व्यवसायीक घरना र कम्पनीहरुको लगानी रहनेछ । बैंकले देशको पूर्वाधार विकास सम्बन्धी आयोजनामा कर्जा प्रवाह, कम्पनीहरुको धितोपत्रमा लगानी, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने बैंक स्थापनाको नेतृत्व गरिरहेका बिनोद आत्रेयले जानकारी दिए ।

९ महिनामा जनता बैंकको नाफा ५७ करोड ५७ लाख, खराब कर्जा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा जनता बैंकले नाफा बढाएको छ ।  गत चैतसम्म बैंकले ५७ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेपछि समग्र नाफामा बढेत्तरी आएको हो । गत चैतसम्म बैंकले १ अर्ब ५७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ७४ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको थियो । बैंकको खराब कर्जा घटेर १.९५ प्रतिशतमा झरेको छ । गत पुसमा यस्तो कर्जा २.६५ प्रतिशत थियो । यस्तै निक्षेप लागत ७.८७, निक्षेप र कर्जा अनुपात ७९, आधार ब्याजदर ११.६६, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.२५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा छ । समीक्षा अवधिमा बैंकले ५४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५१ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोष बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

९ महिनामा बैंक अफ काठमाण्डूको नाफा अर्ब नजिक

काठमाडौं । बैंक अफ काठमाण्डूले ९ महिनामा ९३ करोड नाफा कमाएको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाउन सफल भएको बैंकले २०७४ चैत मसान्तमा ९३ करोड पुर्याएको हो । चालु आर्थिक बर्षको नौ महिनामा बैंकको ७३ अर्ब निक्षेप संकलन गरेर ६७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६ करोड पुुगेको छ जुन तीन महिना अघि एक अर्ब ३० करोड मात्रै थियो । १.८२ प्रतिशत खराब कर्जा रहेको बैंकले १० करोड राइट ब्याकबाट प्राप्त गरेको छ भने २८ करोेड प्रोभिजन गरेको छ । बैंकले १०.७८ प्रतिशत आधार ब्याजदर कायम गरेको छ भने स्प्रेड दर ४.०४ प्रतितश रहेको छ । बिओकेको सिसिडी रेसियो ७७.२४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १७.५४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १६२.७५ रुपैंयाँ रहेको छ ।