ब्याजदर निर्धारण पद्दतिमा हस्तक्षेप गर्ने तयारीमा राष्ट्र बैंक, तत्काल पुँजी वृद्धि हुन्नः गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले ब्याजदर निर्धारण पद्दतिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन बैंकहरुलाई निर्देशन दिने तयारी भईरहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६३ औं वार्षिकउत्ववको अवसरमा देशविकास साप्ताहिकसँगको अन्तरवार्तामा डा नेपालले भनेका छन्–‘ब्याजदर निर्धारण पद्दतिलाई थप पारदर्शी एवम् प्रतिस्पर्धी बनाउन बैंकहरुलाई निर्देशन दिने, सरकारले ब्याज अनुदानमा अघि सारेका कार्यक्रमहरुमा कर्जा प्रवाह विस्तार गर्न प्रोत्साहित गर्ने लगायतका कार्यहरुलाई हामी उच्च प्राथमिकता दिनेछौ ।’ बैंकहरुले अपारदर्शी तवरले उच्च व्याजदर निर्धारण गर्ने गरेको विषयलाई राष्ट्र बैंकले गम्भिर रुपमा लिएको उनले बताए । ‘अपारदर्शी तवरले निर्धारण हुने उच्च ब्याजदरका कारण उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह अबरुद्ध नहोस् भन्ने उद्देश्यले हामीले ब्याजदर स्प्रेड, आधार ब्याजदर लगायत ब्याजदरसँग सम्बन्धित थुप्रै नीतिगत व्यवस्थाहरु लागू गरेका छौ’ उनले भनेका छन् । वित्तीय साधनको उपलब्धतामा आएको घटबढ ब्याजदरमा सही रुपमा प्रतिविम्बित भएको छ कि छैन भन्ने प्रश्न उब्जिएको पनि उनले बताए । ब्याजदर उच्च हुँदा निक्षेपकर्तालाई फाइदा हुने भए पनि उत्पादन लागत बढ्न गई समग्र आर्थिक वृद्धिमा प्रतिकूल प्रभाव पर्ने भएकोले यसतर्पm राष्ट्र बैंक सजग रहेको गभर्नरले बताए । व्याजदर स्थीर बनाउने प्रयास उपयुक्त मौद्रिक व्यवस्थापनका माध्यमबाट कर्जा तथा निक्षेपको ब्याजदरमा आउने उतार चढाबलाई नियन्त्रण गर्न, उच्च ब्याजदरका कारण कर्जा प्रवाह अबरुद्ध नहुने वातावरण सृजना गर्न तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तारका लागि आवश्यक मौद्रिक तरलता उपलब्ध गराउन नेपाल राष्ट्र बैंक प्रयासरत रहेको उनले बताए । सरकारसँग समेत सहकार्य गरी पुनरकर्जा कोषमा थप रकम सुनिश्चित गर्ने, पूँजीगत खर्च बढाउन सरकारलाई अनुरोध गर्ने, ब्याजदर करिडोरमार्पmत् तरलता व्यवस्थापनको कार्यलाई अझ प्रभावकारी बनाउने, निर्देशित कर्जा कार्यक्रमलाई थप सक्रिय तुल्याउने कार्यलाई राष्ट्र बैंकले उच्च प्राथमिकता दिएको उनले बताएका छन् । पुँजी वृद्धि नहुने, मर्जरको नीतिमा अडान लिने बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी बढाउने निर्णय नेपालको वित्तीय क्षेत्र सुधारको इतिहासमा निकै ठूलो उपलब्धि भएको तर यो व्यवस्था लागू गर्दादेखि हालसम्म पनि निकै अवरोध र आलोचनाहरु खेप्नु परेको उल्लेख गर्दै फेरी पुँजी वृद्धि बारेमा अहिले नसोचेका गभर्नर नेपालले बताएका छन् । मर्जर/एक्वीजिशनलाई प्रबद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको विगतको नीतिगत अडान कायम रहने तर मर्जर/एक्वीजिशनका कारण वित्तीय क्षेत्रमा एकाधिकारी प्रवृति सृजना हुन नदिनेतर्फ सचेत रहनुपर्ने देखिएको उनले बताएका छन् । प्रविधि प्रयोगमा फड्को मार्ने आधुनिक प्रविधि प्रयोग तर्फ राष्ट्र बैंकले फड्को मार्न लागेको उनले बताएका छन् । ‘हामीले सिङ्गल विण्डोमार्पmत् अनलाइन डाटा प्राप्त गरी मौद्रिक तथा वित्तीय उपकरणको प्रयोग एवम् तथ्याङ्क संकलन कार्यलाई छिटो, छरितो एवम् गुणस्तरीय बनाउन आवश्यक सप्mटवेयर निर्माण गर्दैछौ’ गभर्नर नेपालले भने–हाम्रा तथ्याङ्क÷अभिलेखलाई सुरक्षित राख्न अत्याधुनिक डाटा रिकोभरी साइट निर्माणको कार्य सम्पन्न भएको छ भने रियल टायम ग्रस सेटलमेण्ट सिस्टमको कार्य हुँदैछ ।’ गभर्नर डा चिरञ्जीवि नेपालसँगको अन्तरवार्ता देशविकास पत्रिकामा आइतबार प्रकाशित हुनेछ ।
नेपाल बङ्गलादेश बैंक र रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सबिच बैंकासुरेन्स सम्झौता
काठमाडौं । नेपाल बङ्गलादेश बैक र रिलाएबल नेपाल लाईफ ईन्स्योरेन्सका बिच बैंकासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ५५ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
महालक्ष्मी विकास बैंकको थप दुई शाखा बझाङ्ग र बाजुरामा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा बझाङ्गको चैनपुर र बाजुरा जिल्लाको मार्तडीमा थप दुई शाखा खोलेको छ । बैंकको चैनपुर शाखाको उद्घाटन जयपृथ्वी नगरपालिकाका नगर प्रमुख विरेन्द्रबहादुर खड्काले तथा मार्तडी शाखाको उद्घाटन बडिमालीका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले गरेका हुन् । कार्यक्रममा बैँकले आगामी दिनमा बैंकले अझै उत्कृष्ठ सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता जनाएको छ । बैंकले गत चैतमसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
नगरपालिकाको रकम आफ्नै खातामा जम्मा गर्ने अधिकृत रविनचन्द्र ढकाल पक्राउ
काठमाडौं । कटारी नगरपालिका, उदयपुरमा कार्यरत लेखा अधिकृत रविनचन्द्र ढकाल भ्रष्ट्राचार अभियोगमा पक्राउ परेका छन् । आर्थिक वर्ष २०७४ ०७५ मा सामाजिक सुरक्षा लगायतका शीर्षकमा विनियोजित बजेट व्यक्तिगत खातामा राखी उपयोग गरेको भेटेपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो । ढकालले नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक, कटारीमा रहेको खातामा निकासा भएकोमा रकम आफूलाई गैरकानूनी लाभ पुर्याउने हिसाबले आफ्नो व्यक्तिगत खाताहरुमा स्थानतरण गरेको अख्तियारले दाबी गरेको छ । ढकाल विरुद्ध विगतमा कार्यरत रहेको माई नगरपालिका, ईलाममा समेत आर्थिक हिनामिना गरी नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याउने बदनियतले कार्य गरेको आरोप लागेको छ । अधिकृत ढकालमाथी थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।
प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा गोंगबुमा, ३ बर्ष भित्र सबै जिल्लामा विस्तार गर्ने
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहिवारदेखि गोंगबु शाखा कार्यालयको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईले एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन् । यस अघि कम्पनीले देशभित्र विभिन्न स्थानहरुमा स्थापित आफ्ना १८ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । शुभारम्भ कार्यक्रममा बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईँले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताए । उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुर्याउने बताएका छन् । कम्पनीका संचालक मनीराम पोखरेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरेका छन् । “हामी शहर देखि गाउँसम्मै जीवन बीमा सेवाको विस्तार गर्नेछौं” उनले भने । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले आगामी ३ बर्ष भित्र कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने लक्ष्य रहेको जानकारी गराएका छन् । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गरिनेछ ।
समताको १०० रुपैयाँले खुला विश्वविद्यालयमा हलचल
काठमाडौ । समताले १०० रुपैयाँमा नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढउने विषयलाई लिएर खुला विश्वविद्यालयमा हलचल भएको छ । विकासन्युजले समतामा एक सय रुपैयाँ तिरेरै नर्स, अहेव, ल्याव टेक्निसिएन र एचए पढ्न पाइने समाचार प्रकाशित भएपछि खुल्ला विश्वविद्यालयमा खैलाबैला मच्चिएको हो । विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले नेपालमा शिक्षामा अब्बल भएर पनि अवासर नपाउनेहरु रहेको बताए । ‘त्यस्ता व्यक्तिहरुका लागि यो शिक्षा एकदमै राम्रो हो । तर यस संस्थाका फाउण्डरहरु हुँदासम्म मात्रै चल्छ की यो संस्था निरन्तर रहन्छ भन्ने विषय मुख्य कुरा हो’, उनले भने । दाताहरुले बीचमै सहयोग गर्न छाडे भने संस्था र त्यहाँ अध्ययनरत विद्यार्थीहरुको भविष्य के हुन्छ भन्ने प्रश्न पनि पेचिलो हुने उनले बताए । उनले संस्थाको दीर्घजीवन कायम भएमा भने नेपाली नागरिकहरुले सर्वसुलभ मूल्यमै शिक्षा प्राप्त गर्ने र खुला तथा अन्य विश्वविद्यालयहरुलाई चुनौती थपिने स्वीकार गरे ।
माछापुच्छ्रे बैंकले अमेरिकाबाट रेमिट्यान्स भित्र्याउने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अमेरिकाको न्यूयोर्क स्थित वाल स्ट्रिट फाइनान्स एलएलसिबिच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र वाल स्ट्रिट फाइनान्स एलएलसिका तर्फबाट डाइरेक्टर अफकम्प्लाइन्स कालिआना लक्ष्मानानले हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै अमेरिका स्थित नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र अमेरिकाबाट वाल स्ट्रिट फाइनान्स मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सजिलै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
सेञ्चुरी बैंक र आईएमइ लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र आईएमई लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका छन् । बैंकले हाल १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।