९ महिनामा कुमारी बैंकको नाफा १०० प्रतिशत बढ्याे ७० करोड पुग्यो
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा कुमारी बैंकले नाफा १०० प्रतिशत बढाएको छ ।बैंकले चालु आवको चैतसम्म ७० करोड ५ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा ३७ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ब्याज आम्दानी बढाएपछि यसको सकरात्मक असर नाफामा परेको हो । गत चैतमा बैंकले १ अर्ब ३४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८१ करोड ३७ लाख रुपैयाँ गरेको थियो । बैंकको निष्क्रिय कर्जा घटेर १.२४ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ८.६७, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.६९, आधार ब्याजदर ११.६२ र ब्याजदर अन्तर ३.२० प्रतिशत छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा छ । बैंकको संचित कोष बढेर २ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ७.२१ प्रतिशत बढेर ६१ अर्ब ८४ करोड र कर्जा लगानी ११.८३ प्रतितश बढेर ५६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
९ महिनामा नविल बैंकको नाफा बढेर २८० करोड, प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७० पैसा
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नविल बैंकको खुदनाफा बढेर ३ अर्ब रुपैयाँ नजिक पुगेको छ । चालु आवको चैतसम्म बैंकले २ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको थियो । ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा सुधार ल्याएको हो । समीक्षा अवधिमा बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी ४ अर्ब ८ करोड रुपैयाँ थियो । ब्याज आम्दानी ४१ करोड रुपैयाँ बढेको छ । बैंकको निष्क्रिय कर्जा १, निक्षेप लागत ४.६३, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.२०, आधार ब्याजदर ७.३३ र ब्याजदर अन्तर ४.८९ प्रतिशत छ । प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७० पैसा छ । समीक्षा अवधिमा बैंकको संचित कोष बढेर ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत चैतमा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप १ खर्ब १७ अर्ब रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भई १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९० अर्ब ५५ करोड रुपैयाँ थियो ।
माछापुच्छे बैंकको नाफा १९ करोड घट्यो, खराब कर्जा न्युन
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा माछापुच्छ्रे बैंकको नाफा १९ करोड रुपैयाँ घटेको छ । गत चैतसम्म बैंकले ८१ करोड ५० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको चैतमा बैंकले नाफा १ अर्ब रुपैयाँ कटाएको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको अपरिष्कृत वित्तीय विवरणमा गत आवको तुलनमा ब्याज आम्दानीमा बढाउन नसकेपछि नाफामा गिरावट आएको देखाएको छ । गत चैतसम्म बैंकले १ अर्ब ७८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवाको सोही अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब ७५ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको ०.३५ प्रतिशत छ । निक्षेप लागत ७.५३, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७८.६६, आधार ब्याजदर ११.१० र ब्याजदर अन्तर ४.२३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७५ पैसा छ । बैंकको संचित कोष बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर ६८ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ । यस्तै कर्जा लगानी पनि विस्तार भई ६२ अर्ब २१ करोड रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।
नेपाल बंगलादेश बैंकको नाफा २७ करोड बढेर ७१ करोड पुग्याे
काठमाडौं । नेपाल बंगलादेश बैंकले ३ महिनामा नाफा २७ करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म नाफा बढाएर ७१ करोड रुपैयाँ पुर्याएको छ । गत पुसमा बैंकको नाफा ४३ करोड ८० लाख रुपैयाँ थियो । यद्यपी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ११ करोड रुपैयाँ घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा बैंकले ब्याज आम्दानी बढाएपछि नाफामा बढेत्तरी भएको जनाएको छ । गत चैतसम्म बैंकले १ अर्ब २४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा ७४ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी थियो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा बढेर १.७७ प्रतिशत पुगेको छ । गत पुसमा यस्तो कर्जा १.४७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ७.९८, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.६०, आधार ब्याजदर ११.६०, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड० ३.५९ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ । यस्तै बैंकको संचित कोष बढेर ३ अर्ब रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा बैंकले ४२ अर्ब ३६ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
योजना आयोगका उपाध्यक्ष डा.कँडेलद्वारा सपथ ग्रहण
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।बिहिबार प्रधानमन्त्री कार्यालयमा आयोजित स्वागत तथा सपथ ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली समक्ष सपथ ग्रहण गरेका हुन् । सपथलगत्तै प्रधानमन्त्रीको उपस्थितिमा आयोगका नवनियुक्त पाँच जना सदस्यलाई पद तथा गोेपनियताको सपथ ग्रहण गराएका हुन । सदस्यहरु कृष्णप्रसाद ओली, मीनबहादुर शाही, दिलबहादुर गुरुङ, रामकुमार फुयाँल र सुशील भट्टलाई उपाध्यक्ष कडेलले सपथ ग्रहण गराएका हुन । अर्का सदस्य उषा झा मुलुक बाहिर रहेकाले सपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्नु भएको आयोगका अधिकारीले जानकारी दिए । लामो समयदेखि खाली रहेको आयोगमा मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पदाधिकारी नियुक्त गरेको थियो । सपथ ग्रहण पश्चात उपाध्यक्ष कडेल सहित सदस्यहरुलाई आयोगमा स्वागत गरिएको थियो । पदभार ग्रहण पश्चात पत्रकारलाई संक्षिप्त प्रतिकृया दिँदै उपाध्यक्ष कडेलले सरकारको निर्देशन, संविधानले निर्दिष्ट गरेका प्रावधान र अन्तर्राष्ट्रिय प्रतिवद्धताको कार्यान्वय गर्दै अगाडी बढ्ने बताए ।
प्राइम कमर्सियल बैंककाे एकै दिन ४ शाखा विस्तार
काठमाडौं । प्राइम कमर्सियल बैंकले एकै दिन ४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएका छ । बैंकले स्याङ्जाको फेदीखोला गाँउपालिका, नवलपरासीको सरावल गाँउपालिका, रुपन्देहीको मायादेवी गाँउपालिका र कपिलवस्तुको शुद्धोधन गाँउपालिकामा नयांँ शाखाबाट बैंकिङ कारोबार सुरु गरेको छ । बैंकको शाखा कार्यालय संख्या ६० पुगेको छ ।स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा बिहीबार एक समारोहकाबीच बैंकका महाप्रबन्धक संजीव मानन्धरले फेदीखोला तथा बैंकका नायब महाप्रबन्धक भाइराजा तुलाधरले सरावल, मायादेवी र शुद्धोधनको शाखाको उद्घाटन गरेका थिए ।
सिभिल बैंकले गर्यो लोभलाग्दो प्रगति : नाफा १२७ प्रतिशत बढेर ३५ करोड पुग्यो
काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा नाफा १२७ प्रतिशत बढाएको छ । बैंकले गत चैतसम्म नाफा बढाएर ३५ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १५ करोड ४४ लाख रुपैयाँ थियो । ४६ करोड ९१ लाख रुपैयाँ निष्क्रिय कर्जा असुली (राइट ब्याक) गरेपछि बैंकले नाफा बढाएको हो । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेर ८९ करोड २८ लाख रुपैयाँ पुगेको छ । ९ महिनामा बैंकले निष्क्रिय कर्जा घटाएर ३.७४ प्रतिशतमा झारेको छ । यसअघि बैंकको यस्तो कर्जा ४.६६ प्रतिशत थियो । यस्तै निक्षेप लागत ८.८१, कर्जा र निक्षेप अनुपात ७७.७८ र आधार ब्याजदर १२.३६, ब्याजदर अन्तर २.४१ प्रतिशत रहेको छ । बैंकको संचित कोषमा १ अर्ब ९१ करोड रुपैयाँ छ । बैंकको निक्षेप परिचालन ९.१५ प्रतिशत बढेर ३६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी १७.१७ प्रतिशत बढेर ३४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
हवाई सुरक्षा बलियो बनाउन रविन्द्र अधिकारीले निर्माण गरे विज्ञ टोली
काठमाडौं । नागरिक उड्डयन क्षेत्र विकासको लागि विज्ञ टोली गठन भएको छ । नागरीक उड्यान मन्त्रालयको मन्त्रिस्तरीय बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका २५ जनाको सुझाव टोली गठन गरेको हो । यस टोलीले संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रि रविन्द्र अधिकारीलाई परामर्श दिने नागरीक उड्डयान प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । रविन्द्र अधिकारी अध्यक्ष रहेको टोलीमा राज्यमन्त्री, मन्त्रालयका सचिवहरु रहनेछन् । टोलीको सदस्यहरुमा ललित विक्रम शाह, विरेन्द्र बहादुर देउजा, नगेन्द्र प्रसाद घिमिरे, यज्ञ प्रसाद गौतम, हरिभक्त श्रेष्ठ, कमल कुमार केसी, त्रिरत्न मानन्धर, रतिशचन्द्रलाल समुन कमल रिमाल, क्याप्टेन पिजे शाह, महेन्द्र सिंह रावल, उदय विश्वम्भर श्रेष्ठ, क्याटेन युवराज कुमार भट्टराई, नारायण बहादुर सिंह, लिविन्द्रमान शाक्य, सुमन कुमार श्रेष्ठ, महेन्द्र राजभण्डारी, प्रभाकर अधिकारी, सुश्री प्रभा वैद्य र हेमन्त अर्याल रहेका छन् । टोलीले हवाई सुरक्षामा गर्नुपर्ने सुधार र समस्या न्युनिकरण गर्न सहयोग गर्नेछ ।