विकासन्युज

प्युठान र अर्घाखाँचीमा जेसीबीको आउटलेट

काठमाडौं । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरु गरेको छ । उक्त नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय आफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट शुरु गरेको जनाएको छ । सन्धिखर्क ‘एआरओ’को उद्घाटन सन्धिखर्क नगरपालिका मेयर कमलप्रसाद भुषाल र अर्घाखाँची निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारले संयुक्त रुपमा गरेका थिए । दुवै नयाँ आउटलेटबाट जेसीबी ब्रान्डका मेसिनहरुको पार्टस् विक्री गरिनुका साथै सर्भिस पनि दिइने जनाइएको छ । कम्पनीले गल्छी, चरिकोट, लहान, डडेलधुरा र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र सञ्चालन ल्याइसकेको छ । जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर लगायत उत्पादन बजारमा उपलब्ध छन् ।

४ अर्बको लागतमा २५ मेगावाटको सोलार प्लाण्टको काम सुरु, १ वर्षमा बिजुली बल्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २५ मेगावाट क्षमताको सोलार प्लान्टको औपचारिक रुपमा निर्माण सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले शुक्रबार सो प्लाण्टको शिलान्यास गरेका छन् । नुवाकोटको देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्ट हो । सरकार तथा प्राधिकरणको संयुक्त लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्र सकेर विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ । सोलार प्यालन राखी त्यसमार्फत दिउसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्ने छ । काठमाडौंको खपत केन्द्र (लोड सेन्टर) बाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने छ । प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङदी,मस्र्याङदी, चिलिमे जस्ता अर्ध–जलाशययुक्तको जलाशयमा दिउसो पानी सञ्चित गरी ती विद्युत केन्द्र विद्युतको माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्ने छ । जसले पिक समयको विद्युत माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ । विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीस“ग ४ अर्ब रुपैयाँमा (३ करोड ८० लाख अमेरिकी डलर) ठेक्का सम्झौता गरिएको छ । जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरिरहेको छ । प्राधिकरणको स्वामित्वमा रहेका त्रिसुली र देवीघाट विद्युत केन्द्रको नाममा रहेको खाली जग्गामा राखिने सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्ने छ । कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ । कम्पनीले प्लान्टबाट वार्षिकरुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने छ । हाल राष्ट्रिय प्रणालीमा अधिकांश विद्युत जलविद्युत आयोजनाबाट प्रवाह भइरहेको अवस्थामा सोलार प्लान्ट स्थापनासँगै सरकारले अगाडि बढाएको ऊर्जा मिश्रण कार्यान्वयनतर्फ अघि बढेको छ । प्राधिकरणले आगामी पाँच वर्षभित्रमा पाँच सय मेगावाटसम्म सोलार प्लान्ट राख्ने लक्ष्य राखेको छ ।  

नेपाल चेम्बर र कतार चेम्बरबीच कतारमा सम्झौता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सबीच कतारमा बिहीबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्वरकोतर्फबाट उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कतार चेम्वरकोतर्फबाट खालिड जबार सुल्तान तवर अल कुवारीले हस्ताक्षर गरेका हुन् । दुईपक्षीय समझदारीपत्रमा भएको हस्ताक्षरपछि दुईदेशको आर्थिक अभिवृद्धि हुने विश्वास गरिएको छ । दुई देशबीचको व्यापार अभिवृद्धिमा पनि समझदारीले सहयोग गर्ने विश्वास चेम्बरले लिएको छ । समझदारीपत्रमा हस्ताक्षरपछि व्यापार व्यवसायको सूचना आदानप्रदान, प्रतिनिधिमण्डलको आदानप्रदानले दुवै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताइएको छ ।

कोकाकोलाद्वारा मेगा कलेजका विद्यार्थीहरुसँग अन्तरक्रिया

काठमाडौं । कोकाकोला नेपालले मेगा कलेजमा एमबीएम प्रथम वर्षमा अध्यनरत बिद्यार्थीहरुसँग बुधबार अन्ररक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोटर्लस नेपालका कन्ट्री कर्मशियल मेनेजर रजनिश शर्माले विश्वमा कोकाकोला कम्पनी र त्यसको अवस्थाको बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए। कम्पनीको अनुसार कोकाकोला अहिले १३१ औं बर्ष पुरा गरेर १३२ औं बर्षमा प्रवेश गरेको छ । उपभोक्तालाई ध्यानमा राखेर ‘कोक खाम्, रसिया जाम्’, कोकाकोला मोःमोत्सव र स्प्राइट क्लियर लगायतका क्याम्पेन सञ्चालन गर्दै आइरहेको छ । साथै कम्पनीले खेलकुदको दिगो विकासका लागि विद्यालय स्तरिय ‘कोका कोला कप’ फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो । वृहत्तर सामाजिक मनोबल बढाउन ‘फेरी उठ्ने छ नेपाल’ जस्ता कार्यक्रमहरुमार्फत कम्पनीले उत्तरदायित्व बहन गर्दै आएको छ । कोकाकोलाले पहिले पनि कुसुम ,एस इन्टिच्यूट अफ म्यानेजमेन्ट , किंग्स कलेज र एपेक्स कलेज लगायतसँगकाे सहकार्यमा विभिन्न कार्यक्रमहरु गरिसकेको छ । त्यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिदै अाएकाे कम्पनीको भनाइ छ ।

यातायातमा सिण्डिकेट हट्यो, तरकारीमा कहिले ? उपभोक्ता ठगिदै, बिचौलिया मोटाउदै

काठमाडौं । यातायात क्षेत्रमा जस्तै तरकारीमा पनि डरलाग्दो सिन्डिकेट रहेको उपभोक्तावादी संस्थाले गरेको अध्ययनले देखाएको छ । ।  उपभोक्ता हकहितको आवाज उठाउदै आएको उपभोक्ता संरक्षण मञ्चले तरकारीमा यातायात क्षेत्रको भन्दा डरलाग्दो सिन्डिकेट रहेको तथ्य सार्वजनिक गरेको छ । पछिल्लो समय मञ्चले गरेको स्थलगत अध्ययनमा किसानदेखि उपभोक्तासम्म तरकारी आइपुग्न विभिन्न बिचौलियाको तह पार गर्नु पर्ने देखिएको छ । अध्ययन अनुसार ५/७ तहको बिचौलिया पार गरेर मात्र उपभोक्तासम्म तरकरारी आइपुग्छ । विचौलियाले गर्दा तरकारीको मुल्य समेत चार गुणा बढी पर्ने गरेको छ । राष्ट्रिय हित उपभोक्ता संरक्षण मञ्चका महासचिव वावुराम हुमागाईले करिब दुई महिनाको अध्ययनमा तरकारीको उत्पादन बिन्दुदेखि ग्राहकसम्म आइपुग्दा विभिन्न तहका बिचौलियाको सिन्डिकेट पार गर्नु पर्ने बताए । ती बिचौलियाका कारण बजारमा चार गुणाभन्दा बढी तरकारीको मुल्य बढ्ने गरेको छ । ‘त्यसबाट एकातिर भाउ नपाएर किसानहरुले आफ्नो पेशा छोड्दै गएका छन् भने अर्कातिर उपभोक्ताले महङ्गो मुल्यमा तरकारी खरिद गर्नु पर्ने बाध्यता छ,’ उनले भने ‘अब गाडीमा जसरी नै तरकारीको सिन्डिकेट तोड्न आवश्यक छ ।’ उनको अनुसार किसानले तकारीको उत्पादन गर्छ । त्यसयता ढुवानीकर्ता, ठेकेदार, थोक व्यापारी, खुद्रा गरी ४÷५ तह बिचौलिया रहेका हुन्छन् । त्यहाँ रहेको सिन्डिकेटको कारण किसानहरुले तरकारीको मुल्य समेत तोक्न पाउदैनन् । मुल्य बिचौलियाको हातमा हुन्छ । ‘पाँचखालमा प्रतिकिलो १९ रुपैयाँ पर्ने काउली काठमाडौं आइपुग्दा ८० रुपैयाँ पर्छ,’ उनले भने ‘त्यस्तै लालबन्दीमा ६ रुपैयाँ पर्ने गरेको गोलभेडा काठमाडौंमा प्रतिकिलो ४० रुपैयाँ पर्छ ।’ अध्ययन अनुसार किसानदेखि उपभोक्तासम्म आइपुग्दा प्रतिकिलो ४० रुपैयाँ पर्ने तरकरी १६० र प्रतिकिलो ५० रुपैयाँ पर्ने बिचौलिया सिन्डिकेटको कारण २ सयमा रुपैयाँ मुल्य पर्न गएको भेटिएको छ । मञ्चका अध्यक्ष ज्योति बानियाले केही दिनअघि मात्रै मञ्चले गरेको तरकारीको पछिल्लो अध्ययन बारे कृषि, भूमि व्यवस्था तथा सहरकारी मन्त्रालयलाई जानकारी दिने क्रममा तरकारीको क्षेत्रमा यातायातकोभन्दा बढी सिन्डिकेट रहेको बताएका थिए । ‘सिन्डिकेटको कारण बिचौलिया मोटाउदै गएको छ भने वास्तविक किसान पलायन हुने क्रममा छन्,’ उनले भने ‘तरकारी क्षेत्रमा बिचौलियाको खेल डरलाग्दो छ ।’ महासचिव हुमागाईले थप्दै पाचखालको कुनै पनि किसानले सिधै कालिमाटी तरकारी बजारमा आफ्नो उत्पादन बिक्री गर्न नसक्ने बताए । ‘डरलाग्दो सिण्डिकेट छ, बिचौलियाको दादागिरीनै चल्छ,’ उनले भने । उनको अनुसार कालिमाटीमा रहेको तरकारी स्टलको भाडा ५ हजार ५ सय छ । सोही स्टलको लागि सिन्डिकेटको कारण २५/३० हजारदेखि डेढ लाखसम्म बुझाउन पर्ने परिस्थिति छ । ‘वास्तविक स्टल हुने व्यक्ति पाउन सकिन्न,’ उनले भने ‘एकले अर्कोलाई, अर्कोले अर्कोलाई गरी ४/५ जनाले एउटै स्टललाई दलाल गर्दै भाडामा लगाउने गरेको भेटियो ।’ जसमा सरकारी कमचारी तथा उच्च अधिकारीहरुकै मिलेमतो रहेको उनको भनाइ छ । मञ्चले फागुन लागेसँगै तरकारीको मुल्य सम्बन्धि स्थलगत अध्ययन शुरु गरेको थियो । काभ्रेको पाँचखाल, वीरगञ्ज, वनेपा, मकवानपुरको पालुङ, कालिमाटी लगायतका स्थानमा अध्ययन गरेको छ ।उक्त स्थलगत अध्ययनको प्रतिवेदन केहीदिन भित्र कृषि, भूमि व्यवस्था तथा सहरकारी मन्त्रालयलाई बुझाउने कार्यक्रम छ । केही महिनाअघि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको एक अध्ययनमा समेत तरकारीमा ५ तहसम्मको बिचौलिया रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।  

राष्ट्र बैंकमा जागिर खान फारम भर्नुभएको छ ? हेर्नुहोस यो मितिमा हुँदैछ परीक्षा

काठमाडौं । राष्ट्र बैंकले १५१ जनाको लागि खुलाएको विज्ञापनको परिक्षा मिती तोकेको छ । ३ तहको पदपुर्ति गर्नका लागि बैंकले असार ९ गतेदेखि परिक्षा सञ्चालन गर्ने भएको छ । ४५ जना माग रहेको सहायक निर्देशक अधिकृत तृतियको प्रथम पत्रको परिक्षा असार ९ गते ११ बजेदेखि सुरु हुनेछ भने भने द्धितिय पत्र साउन १७, तृतिय पत्र साउन १८ र चतुर्थ पत्रको लागि साउन १९ गते तोकेको छ । द्धितिय र तृतिया पत्रको परिक्षा ४ घण्टासम्म हुने बैंकले जनाएको छ । त्यस्तै ९६ जना माग रहेको सहायक प्रशासन तर्फको परिक्षा असार २३ गतेबाट सुरु हुनेछ । द्धितिय पत्र भदौ ८ गते हुनेछ भने तृतिय पत्र भदौ ९ गते हुनेछ । यसैगरी १० जना माग गरिएको सहायक प्रविधिक तर्फको परिक्षा असार २२ गते हुने भएको छ । याे पनि हेर्नुहाेस राष्ट्र बैंकमा जागिर मोहः १५१ जनाको कोटामा ५६ हजार आवेदन, ४ करोड राजश्व, कहिले हुन्छ परीक्षा ?

प्रभु बैंकको नाफा घट्यो, ९ महिनामा ८६ करोड ७१ लाख मात्र

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंकको नाफामा गिरावट आएको छ । चालु आवको चैतमा बैंकले ८६ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेको थियो । कर्जा नोक्सानीमा १ अर्ब ३१ करोड रुपैयाँ व्यवस्थापन गर्दा नाफा घटेको बैंकले जनाएको छ । यस्तै समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी पनि घटेर १ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा ब्याज आम्दानी १ अर्ब ९५ करोड रुपैयाँ थियो । बैंकले पुरानो कर्जा ७५ करोड ७४ लाख रुपैयाँ असुली गरेको जानकारी दिएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा छ । गत चैतसम्म बैंकको निक्षेप परिचालन बढेर ८७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी पनि बढेर ७३ अर्ब रुपैयाँ छ । बैंकको संचित कोषको आकार बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ७८ करोड

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा कृषि विकास बैंकको नाफा बढेको छ । बैंकले चालु आवमो ९ महिनामा नाफा बढाएर १ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा निष्क्रिय कर्जा घटेर ३.४९, निक्षेप लागत ७.१५, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.१३, आधार ब्याजदर १२.७२, ब्याजदर अन्तर ५.६१ प्रतिशत रहेको बैंकले जनाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ २० पैसा छ । जगेडा कोषको आकार बढेर ९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ९७ अर्ब १० करोड रुपैयाँ निक्षेप परिचालन गरी ९४ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।