विकासन्युज

अन्तराष्ट्रिय स्तरको वाटर पम्प स्वदेशमै उत्पादन

काठमाडौं । तुलसी मोटर पम्प ईण्डष्ट्रीजले अन्तराष्ट्रिय स्तरको वाटर पम्प स्वदशमै उत्पादन गर्दै आइरहेको छ । २०५२ सालमा बिराटनगरमा स्थापित तुलसी बहुमुखी सहकारी संस्थाको प्रत्यक्ष लगानीमा तथा शिखर अर्गनाईजेशनको प्रवद्र्धनमा नेपालमै पहिलो पटक नेपाली माटो सुहाउदो सस्तो एवंम गुणस्तरीय वाटर पम्प उत्पादन गर्ने उद्धेश्यले ईण्डष्ट्रीज सञ्चालनमा ल्याइएको जनाएको छ । स्थापनासँगै कम्पनीले अन्तराष्ट्रिय स्तरका वाटर पम्पहरु स्वदेशमा नै उत्पादन गरि आयतलाई निरुत्साहीत गर्ने लक्ष्य राखेको छ । सोही अनुसार कम्पनीले शिखर ब्राण्डका पानी तान्ने पम्पहरु उत्पादन गरिरहेको छ । कम्पनीको अनुसार नेपालमै पहिलो पटक स्थानीय जनशक्ती एवंम स्थानीय स्रोत र साधनको प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तरयुक्त वाटर पम्प उत्पादन गर्दै आइरहेको छ । कृषि, उद्योग र घरायसी प्रयोजनलाई विशेष प्रथमिकतामा राखेर पम्पहरु उत्पादन गरिरहेको कम्पनीको भनाइ छ । कम्पनीले शुरुवाती चरणमा घरायसी प्रयाजनका लागी १ र हाफ एचपी को शिखर सेल्फ प्राइमीङ सेन्ट्रीफ्युगल मोनोब्लक पम्पहरु बजारमा ल्याइसकेको छ । चाँडै कृषि क्षेत्र र ओद्योगीक प्रयोजनका निम्ति शिखर एग्रिकल्च मोनोब्लक पम्प र शिखर इन्डक्सन मोटरहरु समेत उत्पादन गर्ने जानकारी गराइएको छ । पम्पहरु कम भोल्टेजमा चल्ने, मेन्टेनेन्स खर्च कम लाग्ने साथै टिकाउ एवंम गुणस्तरीय भएको दावी गर्दै उपभोक्ताको रोजाइमा पर्ने कम्पनीको विश्वास छ । कम्पनीको अनुसार उक्त पम्पहरुमा एक वर्षको ग्यारेन्टी प्रदान गरिएको छ ।

बामपन्थी सरकारको उपहारः डेढ महिनामा तीन पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि

काठमाडौं । वामपन्थी सरकार आएसँगै पछिल्लो डेढ महिनामा तीन पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ । सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमले भारतबाटै मुल्य बढेर आएको भन्दै गएको महिना मात्रै दुई पटक  भने बिहीबारदेखि लागू हुने गरी फेरी मुल्य बढाएको हाे । निगमका प्रवक्ता वीरेन्द्र गोईतले इण्डीयत आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मुल्य बढाएर पठाएको भन्दै सोहीअनुसार स्वचालित मुल्य विधिको आधारमा निगमले पनि मुल्य समायोजन गरेकाे बताए । १५/१५ दिनमा निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्ने गरेको छ । सोेही समायोजनको क्रममा पछिल्लो समय निगमले निरन्तर तेलको मुल्य समायाेजन गर्ने क्रममा बढ्न गएकाे उनकाे भनाइ छ । गएको महिना मात्रै निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ बढाएको थियो । त्यसयता दुई हप्ताअघि पेट्रोलमा १, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ बढाएको थियो र केही दिन अघि मात्रै  पेट्रोल, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ प्रतिलिटर बढाएको छ । त्यसयता राजधानीमा  प्रतिलिटर पेट्रोल बढेर १०८, डिजेल र मट्टीते ९०/९० रुपैयाँ पुगेको छ । महिनादिनअघि चैतमा  प्रतिलिटर पेट्रोलको मुल्य १०३, डिजेल र मट्टीतेलको मुल्य ८३/८३ रुपैयाँ थियो । तीन पटक मुल्य वृद्धि हुदा प्रतिलिटर पेट्रोलमा ५, डिजेल र मट्टीतेलमा ७/७ रुपैयाँ मुल्य बढेको हाे । निगमले तीन पटक पेट्रोलिमय पदार्थको मुल्य बढाइरहँदा पहिलाे पटक २० करोड ३ लाख रुपैयाँ नाफा गरेकाे थियाे, दोस्रो पटक  २१ करोड २३ लाख भने  अहिलेको मुल्य वृद्धिबाट १० करोड ५५ लाख रुपैयाँ नाफा कमाउने भएकाे छ । मुख्य दलका विद्यार्थी संगठनहरुले बिहीबार नै संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मुल्यवृद्धि तुरुन्त खारेज गर्न माग गरेका छन् । नेविसंघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु लगायत विद्यार्थी संगठनहरुले अहिले निगमले विगत तीन वर्ष यताकै सबैभन्दा उच्च पेट्रोलियम पदार्थकोे मुल्य बढाएको बताएका छन् । अत्यावश्यक क्षेत्रमा सरकारले जनतालाई राहत र सहुलियत दिनुपर्नेमा उल्टै मुल्य वृद्धि गरेको भन्दै खारेज नगरे सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले पनि निगमले सरकारकाे निर्णयअनुसार नै इन्धनकाे भाउ स्वचालित मुल्य प्रणालीकाे अाधारमा समायाेजन गरेकाे जानकारी दिए । मुल्य समायाेजनबाट  निगमले प्राप्त गरेकाे नगन्य रहेकाे उनकाे भनाइ छ ।  ‘डिजेल र पेट्रोलमा प्रतिलिटिर १/१ रुपैयाँ मात्रै घडबढ भए पनि करिब २० करोड रुपैयाँ तलमाथि हुन्छ’, उनले भने । ‘भावि दिनमा सम्भावित पेट्रोलियम पदार्थको भैपरिआउने समस्या समाधान गर्न पनि कम्तिमा महिनामा ५० करोड रुपैयाँ नाफा हुन पर्ने उनको तर्क छ । त्यति नाफा पनि निगमकाे  वार्षिक कारोबारको अाधारमा नगन्य हाे,’उनले थपे । उनकाे अनुसार निगमले मासिक करिब १६ अर्ब रुपैयाँको कारोबार गर्ने गरेको छ । जसमा राजस्व लगायत विभिन्न शुल्कबापत सरकारले मासिक ४ अर्ब रुपैयाँ प्राप्त गर्दछ भने इण्डीयन आयल कर्पोरेशनले करिब १२ अर्ब रूपैयाँ लैजान्छ ।

गृह मन्त्रालयले देशभरको मदिरा नियन्त्रण गर्ने, अनुमति नलिएको पसल सिज गरिंदै

काठमाडौँ । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा विक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । आइतबार गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बिभिन्न राजनीतिक पार्टी आवद्ध महिला नेतृ र महिला सांसदहरुसँग गृहमन्त्रालयमा उक्त विषयमा छलफल भएको जनाएको छ । छलफलमा गृहमन्त्री बादलले समाज , परिवारमा विखण्डनको प्रमुख कारण मदिरा रहेको भन्दै यसको नियन्त्रण गर्ने तयारी गृह मन्त्रालयले थालेको भन्दै यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेतृहरुसँग आग्रह गरे । उनले पछिल्लो समय बढीरहेको महिला हिंसाको कारण समेत मदिरानै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको कर भन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको टिप्पणी गरे । देशभर रहेको करिब छ हजार ५०० स्थानिय तहका वडाहरुमा विभिन्न राजनीतिक पार्टी आवद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समुह, नागरिक समाज र सुरक्षाकर्मी रहने गरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको उनको भनाइ छ । यसको लागि मन्त्रालयले विस्तृत खाका बनाइरहेको भन्दै अभियान केन्द्रको प्रयासले मात्रै सम्भव नरहेको भन्दै वडास्तरबाटै सञ्चालन गरीने गृहमन्त्री थापाले जानकारी गराए । ‘यसका लागि तत्काल मन्त्रालयले ६ महिने अभियान सञ्चालनका लागि आवश्यक गृहकार्य गरीरहेको छ,’ गृहमन्त्रीले भने ‘अभियानसँगै मदिरा नियन्त्रणको भण्डाफोर कार्यक्रम समेत आयोजना गरीने छ ।’ अनुमति र मापदण्ड नपुगेको पसल सिज गृहमन्त्री थापाले अनुमति नलिएको र मापदण्ड नपुगी सञ्चालनमा ल्याइएको मदिरा पसललाई सिज गर्न सुरक्षाकर्मी तत्काल परिचालन गरीने बैठकमा जानकारी दिए । विकास र समृद्धिको बाधक तथा भ्रष्टचारको कारक समेत मदिरा रहेको भन्दै यसलाई व्यवस्थित गराएरै छाड्ने प्रतिवद्धता गृहमन्त्रीको छ । मदिरा नियन्त्रणसँगै लागुऔषध नियन्त्रणलाई पनि अभियानको रुपमा लैजाने तयारी सरकारले गरिरहेको उनको भनाइ छ । कार्यक्रममा पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका अध्यक्ष कृष्णहरी बास्कोटाले मदिरा नियन्त्रणका उपायहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । छलफलमा महिला नेतृहरुले मदिराबाट सबैभन्दा बढी पीडित महिलाहरु भएकोले आफुहरुले गृहमन्त्रीको अभियानमा साथ दिन तयार रहेको बताएका छन् । उनीहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध गर्ने गरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिए । महिला नेतृहरुले मदिरा नियन्त्रणका लागि आवश्यक नियम, निर्देशिका र संयन्त्रको समेत तत्काल विकास गर्नुपर्ने माग गरे । बिगतमा टोल, गाउँ र जिल्लागत रुपमा यस्तो अभियान सञ्चालन गरिए पनि यसपटक केन्द्रस्तरबाटै अभियान सुरु गर्न लागिएकोले सो अभियान सफल हुने छलफलमा सहभागी सबैको एकमत रहेको जनाइएको छ ।    

काठमाडौं–रक्सौल रेलमार्गको एमओयू हुदै, जलमार्गको संयुक्त अध्ययन

काठमाडौं । काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको केही महिनाभित्रै सम्झौता भारतसँग (एमओयू) हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही महिनभित्र नेपाल र भारतबीच हुने उच्च स्तरीय वैठक उक्त सम्झौता गरिने बताए । त्यसको लागि सरकारले तयारी गरिरहेको उनको भनाइ छ । ‘त्यसपछि फीजीकली अध्ययन, निर्माण लागत लगायतको लागि अध्ययन अघि बड्नेछ,’ उनले भने ‘सोही उच्चस्तरीय वैठकबाट जलमार्गको लागि संयुक्त अध्ययन हुन्छ र अघि बढ्छ ।’ परराष्ट्रमन्त्रालयका एक उच्च अधिकारीको भनाइ अनुसार उक्त उच्च वैठक आगामी जुनमा गर्ने गृहकार्य गरिरहेको छ । मन्त्री ज्ञवालीले वैठककै अवसर पारेर सरकारले भारसँग कृषि अर्गानिक फार्मीङ र रिसर्च सम्बन्धमा समेत एमओयु गर्ने तयारी भइरहेको जानकारी गराए । उनको अनुसार आगामी भारतसँगको सम्झौता व्यापारलाई सहजिकरण र नेपालको पक्षमा अनुकुल हुने गरि गरिनेछ । सुदुरपश्चिमबाट पोर्ट लिने विषयमा समेत छलफल हुने छ । यद्यपी प्रतिकुल रहेको व्यपार घाटा अनुकुलतर्फ अघि बढाइरहँदा मुलुकमा पनि खपत तथा निर्यातको लागि उत्पादन बढाउन मुख्य चुनौती रहेको उनको बुझाइ छ । त्यसको लागि निजी क्षेत्रलाई विभिन्न क्षेत्रमा उत्पादन बढानउन पर्ने अवहान गरे । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल भारत ब्यापार प्रबद्र्धन सम्बन्धमा आइतबार राजधानीमा भएको छलफल कार्यक्रममा उनले भारतका प्रधानमन्त्री मोदीको यो पटकको भ्रमणमा समेत रेलमार्ग र जलमार्गको विषयमा छलफल गरिने बताए । ‘भ्रमणमा क्रममा विगतका सहमतिहरुलाई कार्यान्यनका लागि छलफल हुनेछ,’ उनले थपै ‘साथै नेपाल र भारत दुई देशवीच सन् १९९६ मा भएको वाणिज्य सन्धिको परिमार्जनको पहल गरिनेछ ।’ कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले वढ्दो व्यापार घाटाप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालबाट निर्यात योग्य वस्तुलाई सरकारले सहुलित दिनुपर्ने बताए । उनको अनुसार गएको साउनदेखि फागुनसम्म ८ महिनाको नेपालको सरकारको समृद्धिको सपनामा प्रमुख बाधक रहेको छ । त्यसको अन्त्यका उपायहरु खोज्न हामीले ढिला गर्नु हुदैन । ‘यसको लागि नेपालले मुख्यगरी वौद्ध पर्यटन सर्किटलाइ प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने ‘सीमावर्ती क्षेत्रको सडक स्तरोन्नति गर्नुपर्छ, बिद्यमान नेपालभारत वाणिज्य सधिलाई नेपालको हित अनकुल हुनेगरी पुनरावलोकन गरिनुपर्छ ।’ नेपालमा भारतीय लगानी भएका कम्पनीबाट उत्पादित जलबिद्युत मात्र खरिद गर्ने भारतीय दृष्टिकोण नेपालको ब्यापार र आर्थिक बिकास प्रतिकुल रहेको उनको भनाइ छ ।

स्वच्छ र पारदर्शी व्यवसाय गर्न निजी क्षेत्रलाई राष्ट्रपति भण्डारीको सुझाब

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र पारदर्शी व्यवसायको निम्ति निजी क्षेत्रलाई आह्वान गरिन् । नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा आइतबार राष्ट्रपति भवन शितालनिवासमा पुगेका चेम्वरको प्रतिनिधिमण्डलसँंग उनले निजी क्षेत्रसँग आ–आफनो क्षेत्रबाट इमान्दारिता र पारदर्शिता निर्वाह गर्नुपर्ने बताइन् । हरेक क्षेत्रमा सञ्चालन गरिएका व्यापार व्यवसायीहरुमा पारदर्शिता र स्वच्छताको आवश्यकता रहेको उनको भनाइ थियो । अब पनि चुल्होमा पाक्ने सामान्य वस्तुहरुको पनि आयात गरिरहने हो भने मुलुकको समृद्धीको सपना अधुरै रहनेप्रति उनले सचेत गराइन् । जबसम्म विदेश पलायनकाे समस्या मुलुकबाट हल हुदैन तबसम्म  व्यवसाय अघि नबढ्ने उनको धाराणा छ । भेटमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले देशको समृद्धिको सपना पुरा गर्ने आधार निर्यात प्रवद्धन र विदेशी लगानी रहेको जानकारी दिए । त्यसको लागि आर्थिक कुटनीति, निजी क्षेत्र, सरकार र अन्य साझेदारहरु नजिकको सहकार्य जरुरी रहेको उनको भनाइ छ । विशेष गरि भारतसँंगको ब्यापार घाटा कम गर्न र चीनसँगको ब्यापार प्रबर्दन गर्न देशले आर्थिक कुटनीतिको नमुना तयार गरेर अघि बढ्न सके फलदायी हुने उनले बताए ।

२४५ यातायात समितिको बैंक खाता रोक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४५ यातायात व्यवसायी समितिको बैंक खाता रोक्का गरेको छ । सरकारको शिफारिशमा राष्ट्र बैंकले समितिको बैंक खाता रोक्का गरेको हो । सरकारको स्वीकृति बेगर समितिले अब खाताबाट रकम झिक्न पाउदैनन् ।

आउटरिच नेपालका शाक्यले जिते लिडरसिप अवार्ड

काठमाडौं । आउटरिच नेपालका प्रबन्ध निर्देशक उजय शाक्यले लिडरसिप अवार्ड जितेका छन् । मुम्बईमा यही शुक्रबार आयोजित ‘फ्लेम अवार्डस् २०१८’ मा लोकप्रिय फ्लेम लिडरसिप अवार्डद्वारा शाक्य पुरस्कृत भएका हुन् । शाक्यसँगै अन्य केही कम्पनीका प्रतिष्ठित व्यक्तिहरु पनि उक्त अवार्डका विजेता बनेका छन् । सोही समुहका अन्य विजेताहरु भारत र बङ्गलादेशका अग्रणी व्यापारिक घरानाका प्रतिष्ठित व्यक्तिहरु रहेका छन् । रुरल मार्केटिङ एशोसियसन अफ इन्डियाले सन् २००६ मा यो फ्लेम अवार्डको स्थापना गरेको हो । यसको उद्देश्य भारतको ग्रामीण भेगका बजारहरुमा बजारीकरण, प्रवद्र्धन र पहलकदमी गर्नेहरुमध्येबाट उत्कृष्टलाई प्रोत्साहित गर्न पुरस्कृत गर्नु हो । फ्लेम लिडरसिप अवार्डले बजारीकरणका लागि योगदान दिने व्यक्ति वा प्रोफेसनलहरुलाई सम्मान एवं प्रोत्साहन गर्नका लागी यो अवार्ड प्रदान गर्दै आएको छ ।

सिराहामा यामाहाको नयाँ शोरुम, एक्सचेन्ज र फाइनान्सको पनि सुविधा

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबारबाट सिराहा नगरपालिकामा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले रमन अटोमोबाइल सेन्टरमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा शुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको हो । नयाँ शोरुमको उद्घाटन सिराहा नगरपालिकाका मेयर अशेश्वर यादवले गरेका थिए । रमन अटोमोबाइल सेन्टरबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउनेछन् । शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् । यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।