कृषि अनुसन्धानद्वारा ६७ बालीका ३१६ जात विकास
काठमाडौं । कृषि अनुसन्धान परिषद (नार्क)ले कृषि अनुसन्धानको शुरुवात पछि हालसम्ममा मुलुकमा ६७ बालीका ३१६ जात विकास भएको बताएको छ । नार्कको स्थापनापछि मात्रै पनि २०४ बालिको जात उन्मोचन गरिएको नार्कका सञ्चर प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले बताए । नार्कको २७ औं वार्षिकोत्सव समारोहको अवसरमा उनले विगत २५ वर्षमा मकै र गहुँको क्षेत्रफल क्रमशः १७.७ र २५.८ क्षेत्रफल बढेको बताए । ‘त्यस्तै उत्पादनमा समेत ८१ र ६५ प्रतिशत वृद्धि भएको छ,’ उनले भने ‘यद्यपि धानको उत्पादनमा २२ प्रतिशत वृद्धि भएपनि धान उत्पादनको क्षेत्रफलमा ६.३ प्रतिशत घटेको छ ।’ वालीको वृद्धिमा नार्कले विकास गरि उन्मोचन वा सिफारिस गरेका जातहरुको उल्लेखनिय योगदान रहेको उनको भनाइ छ । उनकोअनुसार धानको उत्पादकत्व बृद्धिका लागि सुख्खा सहन सक्ने र रोग प्रतिरोधी जात विकास गरिएको छ । त्यस्तै मकैको उत्पादननको माग बृद्धिभइ पुर्ण गराउने उद्देश्य अनुसार बर्णासंकर मकैको विकासमा थप अनुसन्धान भइरहेको उनले कार्यक्रममा जानकारी गराए । धान, गहुँ,मकैको जात विकास तथा सिफारीस नार्कले खाद्यन्न बालीतर्फ धानमा चैते–५, हर्दिनाथ–३, बहुगुणी धान–१ सिफारीस गरेको छ । गहुँमा मुनाल, च्यखुरा लगायत विकास गरि खेतीको लागि सिफारीस गरिएको प्रमुख उप्रेतीको भनाइ छ । उनको अनुसार मकै, दलहन, बोडी, तेलहन बालीतर्फ मेरङ रायो(तोरी) लगायतका बालीहरु सिफारीस गरिएको छ । लुलु, आछामी गाई संरक्षण नार्कले स्थानीय बालीसँगै पशुपंक्षीहरुको संकलन, संरक्षण तथा प्रवद्र्धन कार्य गरीरहेको छ । पशुहरुमा लुलु, आछामी गाई, खरी बाख्राको जमेको विर्य जिन बैंकमा राखि संरक्षण कार्य शुरु गरेको नार्कको भनाइ छ ।नार्कका अनुसार बोयर बाख्रको पाठापठीको उत्पादन तथा वितरण संख्यामा निरन्तर बृद्धि भइरहेको छ । मनाङ र मुस्ताङमा मात्रै ११० ट्राउट फार्म ट्राउट माछाको प्रविधि विकास तथा विस्तारले गर्दा मध्य तथा उच्च पहाड (मनाङ र मुस्तङ) का जिलहरुमा निजी तथा सहकारी स्तरमा ११० वटा ट्राउट माछा फार्म स्थापना भएको छ । मोती उत्पादन सिपिको प्रजाती पहिचान गरिएको छ । त्यस्तै सानन बाख्राबाट उत्पादित दुधबाट सरल तरीकाले पनिर उत्पादन गर्न सकिने प्रविधि समेत विकास गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
मुक्तिनाथ विकास बैंक धनुषाको जनकपुरमा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ७७ औं शाखा धनुषा जिल्लाको जनकपुरमा विस्तार गरेको छ । सोमबार नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा शाक्यले यस बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पुर्याउँदै ग्राहक मैत्री सेवा सुविधा प्रदान गर्ने कुरामा विस्वस्त रहेको बताएका छन् । कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनले बताए ।
नक्कली शैक्षिक प्रमाण पत्रले जागीर खाने शिक्षक सन्तबहादुर बोटे विरुद्ध अदालतमा मुद्दा दायर
काठमाडौं । नक्कली प्रमाण पत्र देखाई जागिर खाने शिक्षक सन्तबहादुर बोटे विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । दुर्गा भवानी प्रथमिक विद्यालय, कावासोती नवलपरासीमा कार्यरत शिक्षक बोटेले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागीर खाएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । बोटेले उत्तर प्रदेश भारतवाट हाइस्कूल पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सेवामा बहाल रही लाभ समेत लिएको देखिन आउको अख्तियारले जनाएको छ । बोटे विरुद्ध भ्रष्टाचार निवारण ऐन,२०१७ अनुसार छ महिना देखि एक बर्षसम्म कैद र दश हजार रूपियाँ देखि बीस हजार रूपियाँ सम्म जरिवाना हुन मागदावी लिइ सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने ६ जना सरकारी कर्मचारीलाई अख्तियारले समात्यो
चौतारी लघुवित्तको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लि. ले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ५ लाख ४० हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यस लघुवित्त वित्तीय संस्था तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । हाल यस लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी १८ करोड रुपैयाँ र चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । सो मात्राको सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी १८ करोड रुपैयाँ हुनेछ ।
उद्योगीले भने : ब्याजदर अस्थिर हुदा ठुलो लगानी आएन
काठमाडौं । बैंकको ब्याजदर स्थिर नहुदा औद्योगिक क्षेत्रमा ठुलो लगानी आउन नसकेको उद्योगीले बताएका छन् । नेपालको बैंकिङ प्रणालीमा ब्याजदरमा धेरै उतारचढाव हुदा वास्तविक क्षेत्रमा ठुलो लगानी आउन नसकेको उद्योगीको भनाई छ । नेपाल राष्ट्र बैंकले सोमबार आयोजना गरेको पुर्व बजेट छलफलमा निजी क्षेत्रको तर्फबाट सुझाव दिदै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्थिर ब्याजदर आवश्यक भएको बताए । ब्याजदरमा भएको उतारचढावले लगानीको प्रक्षेपण गर्न नसकेको बताए । नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले आर्थिक वृद्धिका लागि ब्याजदरमा स्थिायित्व हुनुपर्नेमा जोड दिए । उनले बैंकिङ प्रणालीमा तरलता सहज गराउन विकास खर्च छिटो बढाउने, राष्ट्र बैंकमा रहेको सरकारको वचत रकम चललचल्तीमा ल्याउदा बजारमा तरलताको अवस्था सहज हुने तर्क गरे । उनले वास्तविक क्षेत्रमा पुनरकर्जा सीमा बढाएर १ खर्ब रुपैयाँ पुर्याउदा कर्जाको ब्याजदर घटेर ९ प्रतिशत भन्दा तल आउने बताए । उनले राष्ट्र बैंकमा रहेको १ खर्ब रुपैयाँ बढी धरौटी रकम पनि बजारमा ल्याउन सुझाव दिए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले साना तथा लघु उद्यमलाई केन्द्ीत गरेर योजना ल्याउन सुझाव दिए । साना तथा घरेलु उद्योग पारिवारिक पुँजीले सञ्चालन भइरहेको बताउदै उनले पुँजीको पंहच साना उद्यममा पनि हुनुपर्नेमा जोड दिए । उनले प्राथमिकता प्राप्त बाँस्केटमा राखेर उत्पादनमुलक उद्योगमा लगानी गर्न र विपन्न कर्जालाई लघुउद्यममा जोड दिन उनले माग गरे । सो अवसरमा नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाबहादुर थापाले निकासी बढ्ने गरी बजेटमा कार्यक्रम आउनुपर्ने बताए । उनले सरकारले दिएको निकासी सहुलियत प्रभावकारी नभएको भन्दै यसलाई सहजीकरण गर्न उनले सरकारको ध्यानकर्षण गरेका छन् । उनले २ प्रतिशत सहुलियत मागे ।
एनआईसी एशिया बैंक र रेमिटवेर पेमेन्टस् इन्कबीच रेमिटेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेर पेमेन्टस् इन्कसँगको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा क्यानडाको रेमिटवेर पेमेन्टस् इन्कसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स शुरु गरेको हो । उक्त सम्झौता अनुसार रेमिटवेर पेमेन्ट इन्क मार्फत क्यानडा र यूएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका सम्पूर्ण शाखाबाट सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् । हाल बैंकले २०० वटा शाखाहरु तथा ५,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सेवा दिँदै आइरहेको छ ।
मार्जिन ट्रेडिङ कार्यविधी अन्तिम चरणमा, जेठदेखि कारोबार हुने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यबिधी अन्तिम चरणमा पुगेको छ । नेपाल धितोपत्र बोर्डले यसै साता भित्र कार्यबिधि पास गर्ने तयारी गरेको हो । बोर्डको व्यवस्थापनले कार्यबिधीलाई अन्तिम रुप दिएर बोर्ड सञ्चालक समितिमा पेश गरिसकेको छ । बोर्डको सोमबार बस्ने सञ्चालक समिति बैठकले संभवत मार्जिन ट्रेडिङ कार्यविधीलाई पारित गर्ने छ । ‘आजकै बैठकमा कार्यबिधी हाम्रो एजेण्डामा छ, सहमति भयो भने पारित हुन सक्छ’, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले भने । कार्यबिधी तत्कालै पास भएमा आगामी जेठ महिनािभत्रै योग्यता पुगेका ब्रोकरहरुले मार्जिन कारोबार गर्न सक्नेछन् । सोमबारको बोर्डको सञ्चालक समितिले कार्यविधिका बारेमा छलफल गरेको थियो । बैठकले यस विषयमा निर्णय गरेन । कार्यविधिमा केही संशोधनसहित अर्को बैठकले पारित गर्ने बोर्डका प्रवत्ता निरज गिरीले बताए । बोर्डले गत कात्तिक २० गते मार्जिन कारोबार सुबिधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो । सोही निर्देशन अनुसार मार्जिन कारोबार सम्बन्धी कार्यबिधी बनाउन बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको थियो । नेप्सेले कार्यबिधीको मस्यौदा तयार पारेर बोर्डमा बुझाएको र त्यसमा आवश्यक संसोधन गरेर पारित गर्ने छ । मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकास र स्थायीत्वमा सहयोग पुग्ने अनुमान गरिएको छ । ‘मार्जिन कारोबार सम्बन्धी निर्देशन अनुसार थोरै ब्रोकर कम्पनीले मात्रै यो सुबिधा दिन सक्छन । कार्यविधी केहि सहजता दिएको खण्डमा भने त्यसले सेयर बजारमा सकारात्मक सन्देश दिने ब्रोकरहरुको भनाई छ ।
हुण्डाईले ल्यायो वर्ल्ड कपको योजना ‘रोड टु रसिया’
काठमाडौं । लक्ष्मी इन्टरनेशनल प्रा.लि, नेपालको लागि हुण्डार्ईको आधिकारिक डिलरले आफ्नो नयाँ योजना ‘रोड टु रसिया’ को घोषणा गरेको छ । विश्वकै सबैभन्दा प्रख्यात र लोकप्रिय फुटबल प्रतियोगिता फिफा वर्ल्ड कपलाई लक्षित गरेर हुण्डार्ईले आफ्ना हुण्डाई ओनरहरुको लागि यो योजना शुरु गरकोे हो । हुण्डाई कार भएकाहरुले हुण्डार्ई नेपालको आधिकारिक वेभसाइडमा उपलब्ध अनलाइन दर्ता फारम भरेर यो योजनामा सहभागी हुन सक्नेछन् । यस योजना अन्तगर्त दुई जना भाग्यशाली हुण्डार्र्ई ओनरले रसिया जाने सम्पूर्ण भ्रमण प्याकेजको साथ फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट जित्ने मौका हात पार्नेछन् । यस योजनामा अनलाइन दर्ता समावेश छ र दर्ता यही वैशाख २४ गतेदेखि शुरु भएर असार १ गते समाप्त हुनेछ । अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई हुण्डार्ईको यस योजनाले विश्वकै सबैभन्दा रोमाञ्चक र प्रख्यात म्याच, २०१८ फिफा वल्र्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गर्नेछ । विजेतालाई सम्पूर्ण खर्च व्यहोरिएको विशेष भ्रमण प्याकेजको साथ जीवनमै एक पटक अनुभव गर्नसकिने विशिष्ट अनुभूति हासिल गर्नेछन् । २०१८ को यो फिफा वल्र्ड कप २१औं फिफा वल्र्ड कप हो, जुन प्रत्येक ४ वर्षमा एक पटक मात्र हुन्छ । महिनौंसम्म चल्ने यो प्रतियोगिता विश्वकै सबैभन्दा ठूलो खेलकुद इभेन्ट हो । फुटबलका फ्यानहरुलाई अद्भुत र रोमाञ्चक अनुभव प्रदान गर्दै हुण्डाई विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिबद्ध छ । हुण्डाईले फिफासँगको आफ्नो आवद्धता सन् १९९९ देखि शुरु गरेको थियो र सन् २०२२ सम्म पनि हुण्डाई फिफाको आधिकारिक अटोमोटिभ पार्टनरको मुख्य प्रायोजक हुनेछ ।