मेगा बैंकले एक महिनामै थप ११ वटा शाखा खोल्दै, हेरौँ कहाँ कहाँ ?
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो । यसैक्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबार नयाँ शाखा खुलिसकेको छ । शाखा विस्तार हुन लागेकोमा बर्दियाको गेरुवा गाउँपालिका, इलामको रोङ, उयदपुरको रौतमाई गाउँपालिका, धनुषाको लक्ष्मीनिया गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र गोरखाको भीमसेन गाउँपालिका रहेका छन् । यस्तै, तनहुँको भानु नगरपालिका र स्याङ्जाको भीरकोट नगरपालिकामा पनि मेगा बैंकको शाखा विस्तार हुँदैछ । ‘हामीले पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबारमा शाखा खोल्यौं, यही साता अन्य ९ ठाउँमा पनि शाखा खोल्न लागेका छौँ,’ मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले भनिन्– ‘मेगाले शाखा विस्तार गर्न लागेको ठाउँमा अहिलेसम्म ‘क’ बर्गको बाणिज्य बैंक पुगेका छैनन् । घरदैलोमै राष्ट्रियस्तरको बैंकको सुविधा पाउने आशमा सर्वसाधारणहरु उत्साहित देखिएका छन् ।’ यो सँगै मेगा बैंकका ३ वटा एक्टेनशन काउन्टरसहित ४९ वटा शाखा पुगेको छ । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।
आन्दोलन फिर्ता लिदैं व्यवसायी गरे सिन्डिकेट अन्त्यको स्वागत
काडमाडौं । नेपााल यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलन फिर्ता लिदैं यातायात व्यवस्था विभागको संशोधित निर्देशिका कार्यविधिको स्वागत गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायीले सिन्डिकेट अन्त्यको स्वागत गरेका हुन् । व्यवसायीहरुले मन्त्रालयसँग वार्ता गर्दै एउटा मात्र सवारीले पनि यातायत सञ्चालनको अधिकार पाउने, यातायात क्षेत्र सुधारको लागि सरकारलाई राय सुझाव दिने लगायतका सहमति गरेका छन् । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रक यातायात व्यवसायी महासंघ लगायतले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
८८२ मेगावाटका दुई आयोजनाको स्वामित्व किनेपछि बीपीसीको सेयर मूल्य र कारोबार दुबै बढ्यो
काठमाडौं । सोमबार बुटवल पावर कम्पनी(बीपीसी) को सेयर कारोबार लगायत सेयर मूल्य दुबै बढेकाे छ ।कम्पनीले ८८२ मेगावाट क्षमताका २ जलविद्युत आयोजनाको सम्पूर्ण स्वामित्व खरिद गरेपछि लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका हुन् । बजारमा बीपीसीकाे सबैभन्दा बढी सेयर कारोबार भएको छ । सोमबार मात्रै यस कम्पनीको ६ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा २.४४ प्रतिशतले बढेर प्रतिकित्ता ५०४ रुपैयाँ पुगेको छ । बीपीसी र चिनियाँ कम्पनीको बहुमत स्वामित्व रहेको एसीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले आइतबार उक्त आयोजना किन्ने सम्झौता गरेका हुन् । सम्झौता अनुसार कम्पनीले ६०० मेगावाटको माथिल्लो मस्र्याङदी २ र २८२ मेगावाटको मनाङ-मस्र्याङदी जलविद्युत आयोजनाको सबै स्वामित्व गरि सो मात्राको विद्युत खरिद गर्ने भएको छ । बीपीसीले चिनीया कम्पनीको साझेदारीमा १००० मेगावाट आयोजना बनाउन लागेको हो । जसको लागि कम्पनीले चीनबाट २ खर्ब लगानी भित्र्याउँदै छ । समग्रमा सोमबारको सेयर बजारमा ८.२७ अंकले घटेर १३४५ अंकमा झरेको छ । सो दिन कुल १५९ कम्पनीको ४३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । त्यस्तै, अन्य बाहेक कारोबारमा आएका बाँकी समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ३९ अंकले ओरालो लागेको छ । अन्य समूह भने सामान्य ०.३४ अंकले बढेको छ ।
कमोडिटीज मार्केट्समा मारवाडीदेखि एनआरएनको मोह, ५ कम्पनीले दिए निवेदन
काठमाडौं । पाँच वटा कमोडिटिज एक्सचेञ्ज कम्पनीहरुले सैद्धान्तिक स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कमोडिटिज एक्सचेञ्ज कम्पनी सञ्चालनका लागि आवेदन दिन बोर्डले उपलब्ध गराएको समय अवधीभित्र ५ वटा कम्पनीले निवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार नेपाल कमोडिटिज एक्सचेञ्ज लिमिटेड, मर्कन्टाइल एक्सचेञ्ज लिमिटेड, कमोडिटिज फ्युचर्स एक्सचेञ्ज लिमिटेड, मल्टी डेरिभेटिभ एक्सचेञ्ज नेपाल लिमिटेड र राइजल कमोडिटी एण्ड एक्सचेञ्ज लिमिटेडले आवेदन दिएका हुन् । ती कम्पनीहरुले न्युनतम ५० करोडको पुँजी संरचना तयार पारेर सैद्धान्तिक सहमतिका लागि धितोपत्र बोर्डमा बुझाएका हुन् । बोर्डले सैद्धान्तिक सहमति दिएपछि मात्रै ती कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ताको प्रक्रिया आरम्भ गर्नेछन् । ‘पाँच वटा कम्पनीहरुले आवेदन दिएका छन्, हामी अध्ययन गरिरहेका छौं, त्यसपछि कम्पनी स्थापनाका लागि सैद्धान्तिक सहमति दिन्छौं’, बोर्डका सहायक प्रवक्ता घिमिरेले भने । कमोडिटिज एक्सचेञ्ज कम्पनीमा मारवाडी समुदायदेखि एनआरएनहरुले सम्म रुचि देखाएका छन् । नेपालको ठुला व्यवसायीक घराना दुगड, अग्रवाल, जैन, हुलासचन्द र मुरारका अर्गनाइजेशनले मर्कन्टाइल एक्सचेञ्जमा लगानी गरेका छन् । नेपाल कमोडिटिज एक्सचेञ्जमा एनआरएनहरुको लगानी रहनेछ । त्यस्तै, कमोडिटिज कम्पनीमा बिभिन्न बाणिज्य बैंक तथा इन्स्योरेन्स कम्पनीहरुले समेत लगानी गरेका छन् । धितोपत्र बोर्डले २०७४ मंसिर ९ गतेदेखि कमोडिटिज् मार्केट्स सम्बन्धी नियमावली कार्यान्वयनमा ल्याएको थियो । सो नियमावली अनुसार कमोडिटिज सम्बन्धी कारोबार गर्ने कम्पनीले ५० करोड पुँजी पुर्याएर २५ हजार दस्तुरसहित कम्पनी दर्ताका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने थियो । त्यस्ता कम्पनीले प्रबन्ध पत्र, सम्भाव्यता अध्ययन रिपोर्ट, तीन बर्षको व्यवसाय सञ्चालन योजना, लगानीको श्रोतसहितको विवरण खोलेर निवेदन दिनुपर्ने व्यवस्था थियो । बोर्डले पुर्व स्वीकृति दिएपछि मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न पाइन्छ । बोर्डले वस्तु विनिमयबजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापुँजी ५० करोड रुपैयाँ, वेयर हाउसको १५ करोड, राफसाफ तथा फस्र्यौट व्यवसायको सात करोड, लगानी व्यवस्थापकको पाँच करोड, लगानी परामर्शदाताको एक करोड तथा वस्तु कारोबार दलालको ५० लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यी सामानको कारोबार गर्न पाइन्छ वस्तु विनिमय बजारमा कृषिजन्य उत्पादनमा कपास, अलैँची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ती, जुट, बेसार, फलफूल, तथा सोबाट निर्मत जुस, धातुजन्य वस्तुमा आल्मुनियम, तामा, शिशा, निकल, पित्तल, फलाम, स्टिल, जिंक रहेको छ । त्यस्तै सुन, चाँदी, प्लाटिनम र खनिज तेलमा कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल, तेलतर्फ नरिवल, पाम, तोरी, भटमास, सूर्यमुखी, आलस तथा चिनी, सख्खर, चिया, अण्डा र जडीबुटीजस्ता वस्तुसमेत कारोबार गर्न सकिनेछ । यस्तै बजारको कुल सेयर पूँजीको ५ प्रतशितभन्दा बढी स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्थासमेत गरिएको छ । वस्तु विनिमय बजारको अनुमति लिएको ३ वर्षसम्म शेयर बिक्री गर्न नपाइने र त्यसपछि स्वामित्व लिएको व्यक्तिले हस्तान्तरण गर्न चाहेमा बोर्डको स्वीकृति लिनुपर्ने तथा विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म मात्रै स्वामित्व ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
उपसचिव लीला अधिकारी र ईन्जिनियर बीजेन्द्र श्रेष्ठ जेल जाने पक्का, १० लाख बिगो सहित मुद्दा दायर
काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका उपसचिव लीला अधिकारी र ईन्जिनियर बीजेन्द्र श्रेष्ठ दुबै विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । खानेपानीको ट्याङ्कीको अन्तिम विल भुक्तानी र कार्य अनुभवपत्र दिलाइदिने भन्दै ५ लाख घुस रकम लिदालिदैं पक्राउ उनीहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अनुसन्धानको क्रममा उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले उनीहरुलाई जनही ५ लाख बिगो कायम गरिएको छ । अख्तियारका सहप्रवक्ता दीर्घराज मैनालकिा अनुसार अब उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को देहाय घ बमोजिम ६ महिना देखी १ वर्ष महिना सम्म कैद सजाय हुन सक्नेछ । “हामीले अहिलेसम्म यो २७० जना भन्दा बढी भ्रष्ट्रचारको आरोपमा पक्राउ गरिसकेका छौं, उनीहरुबाट १० अर्ब भन्दा बढी बिगो दाबी समेत गरेका छौं यसरी मुद्दा दायार भएका कुनैपनि व्यक्तिले यन्मुक्ति पाउदैनन्,” सहप्रवक्ता मैनालीले विकासन्युसँग भने । यसअघि उपसचिव अधिकारी बुढानिलकण्ठ नगरपालिकाका प्रशासकिय अधिकृत रहेका थिए भने इन्जिनियर श्रेष्ठ सोहि नगरपालिकाका इन्जिनियर रहेका थिए । उनीहरुलाई अख्तियारले चैत २६ गते पक्राउ गरेको थियो । यो पनि हेर्नुहोस् ५ लाख घुससहित उप-सचिव लिला अधिकारी र इन्जिनियर वीरेन्द्र श्रेष्ठ पक्राउ, दुई वटा कार पनि बरामद आक्रामक बन्दै अख्तियार, भ्रष्ट्राचार गरेको आरोपमा २६० जना पक्राउ, १० अर्ब ४६ करोड भ्रष्ट्राचार गरेको ठहर
लक्ष्मी बैंकको सहयोगमा सर्पदंशका विरामीलाई निःशुल्क उपचार
काठमाडौं । उपमहानगरपालिका क्षेत्रका वासिन्दालाई सर्पले टोकेमा अब इटहरी उपमहानगरपालीकाले निः शुल्क उपचार गर्ने भएको छ । इटहरी उपमहानगर क्षेत्रका स्थायी वासिन्दा भएकाहरुलाई सर्पले टोकेमा इटहरी उपमहानगरपालिकाले उपचार गरिदिने उपमेयर लक्ष्मी गौतमले बताएकी हुन् । सुनसरीको इटहरीमा रहेको सामुदायीक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकले करिव दुई लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गर्ने काकर्यक्रममा गौतमले सो कुरा बताएकी हुन् । सर्पदंशका बिरामीहरुलाई सेवा दिदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकको सामाजिक कोष अन्तर्गत एक थान इलेक्ट्रिक अक्सिजन, साईडबेड मनिटर र बेड हस्तान्तरण गरको छ । विभिन्न सहयोगी हात तथा नेपाली सेनाको प्रमुख सक्रियतामा सामुदायिक सर्पदंश केन्द्रको सञ्चालन भईरहेको छ । नेपाली सेनाको हाताभित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैकको तर्फबाट सहयोग गर्दै सिईओ सुदेश खालिंगले आगामी दिनहरुमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने बाताए । त्यसै गरि उपचार केन्द्रका अध्यक्ष दिवश पोखरेलले बिभिन्न सामाजिक संघसस्थाबाट सहयोग भएको भए पनि बैंक क्षेत्रबाट भने यो पहिलो भएकाले अरु बैंकबाट पनि यस्ता सामाजिक संस्थामा सहयोग गर्नु पर्ने बताए । पुर्वकै केन्द्र इटहरी भएकाले यस उपचार केन्द्रमा भेन्टिलेटरको पनि आवश्यत्ता रहेको अध्यक्ष पोखरेलले बताए । जटिल प्रकृतिको बिरामी आउदा अन्यत्र पठाउनु पर्ने बाध्यता भएकाले यस्को आवश्यकता रहेको बताए । पोखरेलका अनुसार अहिले सम्म करिब सात हजार भन्दा बढि सर्पदंशका बिरमीहरुले सेवा लिई सकेको पनी जानकारी दिए ।
सर्लाहि र मोरङ्गमा लक्ष्मी बैंकको दुई नयाँ शाखा
काठमाडौं । लक्ष्मी बैंकले सर्लाहिको लालबन्धि र मोरङ्गको बेलबारी गाउपालीकामा दुई नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोमबार(आज)देखि उक्त शाखाबाट कारोबार शुरु गरेको छ । यी दुई शाखासहित यस बैंकको शाखा संजाल ८०, ३ हस्पिटल सेवा काउन्टर, १०१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । बैंकले यी शाखाहरुका साथ आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । त्यस्तै, आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।
मिर्मिरे माइक्रोफाइनान्सको जेठ २ देखि २५ गतेसम्म बुक क्लोज
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको आगामी जेठ २ गतेदेखि २५ गतेसम्म बुक क्लोज हुने भएको छ । यस संस्था वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त २४ दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी जेठ २५ गते सातौँ वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले सेयरधनीलाई ३०.८० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.६२ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ । आगामी जेठ १ गतेसम्म नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार गरेकाले मात्र सो मात्राको लाभांश पाउने कम्पनीले जनाएको छ ।