सिजीको फ्रिजहरुमा ५ वर्षको वारेण्टी, खरिदमा आकर्षक उपहार
काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा नेपालकै नं. १ ब्राण्ड सिजीले नयाँ मोडलका आकर्षक एवं गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ । ग्राहकहरुलाई मध्यनजर गरि कम्पनीले बजारमा ल्याएका उक्त फ्रिजहरुमा ५ वर्षको वारेण्टी सहित विभिन्न आकर्षक उपहार योजनाहरु ल्याएको छ । उक्त फ्रिजहरुमा अब बत्ती गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाई राख्ने कम्पनीले जनाएको छ ।
गण्डकी विकास बैंक अब नयाँ बानेश्वरमा, थप १८ वटा सञ्चालनमा ल्याउने
काठमाडौं । गण्डकी विकास बैंकको थप शाखा नयाँ बानेश्वरमा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरेका छन् । कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम बढ्दै गएकोले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, तरलता तथा कर्मचारी तालिममा विशेष ध्यान दिनुपर्ने बताए । बैंकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । बैंकको हाल ५९ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ् सुविधा दिँदै आएको छ । साथै बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणाधिन अवस्थामा रहेका छन् । बंैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट बैकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।
डलरको भाउ बढेर १०८ रुपैंयाँ नजिक, मूल्य वृद्धिको त्राश
काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ झनै कमजोर भएको छ । डलर महंगिएपछि नेपाल राष्ट्र बैंकले बिहीबारका लागि बिक्री दर १ डलर बराबर १०७ रुपैयाँ ९२ पैसा तोकेको छ । दुई साताअघि १०७ रुपैयाँ ३५ पैसा थियो । वैशाख शुरु भएयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि डलर मजवुत भई यसको असर नेपाली रुपैयाँमा परेको हो । रिजर्व बैंक अफ इण्डिया (आरबीआई) ले बिहीबार १ डलर बराबर ६७.३७ भारु तोकेको छ । दुई साताअघि १ डलर बराबर ६६.६९ भारु बिक्री मूल्य तोकेको थियो । भारतीय अर्थतन्त्र कमजोर भई भारुको अवमूल्यन हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको असर बजार मूल्यमा पर्ने गर्छ । डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । गत मार्चमा १ डलर बराबर १०३ रुपैयाँ ९५ पैसा थियो । २ महिनाको अवधिमा डलरसंग साढे ३ रुपैयाँ कमजोर भएको छ । गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो । अमेरिकाको वित्तीय नीति विस्तारकारी हुनुका साथै मौद्रिक नीति कसिलो हुँदा विस्तारै पुँजी अमेरिकातर्फ जान थालेपछि त्यहाँको अर्थतन्त्रमा सुधार आउँदा डलर मजवुत हुन थालेको हो । अमेरिकामा लगानी फिर्ता आउन थालेपछि यसको असर भारतमा पर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि अवमूल्यन भएको विश्लेषकको भनाई छ । केही साताअघि अमेरिकाको फेडरल रिजर्भले ब्याजदर १.५ बाट बढाएर १.७ प्रतिशत पुर्याएपछि यसको असर भारुमा परेको हो । फेडरल रिजर्भले ब्याजदर बढाएपछि लगानीकर्ता अमेरिकातर्फ बढी आकर्षित हुदा विस्तारै डलर संचिती घट्दै गएपछि यसको असर भारुमा परेको राष्ट्र बैंकको भनाई छ । डलर बलियो हुँदाका बेफाइदा विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढदा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।
देवःविकास बैंकको बुटवलमा नयाँ शाखा, थप तीन स्थानमा विस्तार गर्ने तयारी
काठमाडौं । देवःविकास बैंक लिमिटेडले बुटवलमा शाखा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी र यस बैंकका संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा नगर प्रमुख सुवेदीले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक गतिविधीबाट नगर लगायत यस क्षेत्रका ग्रामीण भेगमा समेत रोजगारका अवसरहरु सिर्जना गर्नुपर्ने र उद्यमशीलताको विकासका साथसाथै सामाजिक उत्तरदायित्वका कार्यक्रममा उपमहानगरपालिकासँग सहकार्य गर्न अनुरोध गरेका छन् । बैंकका संचालक समितिका सदस्य विजय राजशर्मा भुसालले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने बताएका छन् । समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका स्थानीय उत्पादकत्व तथा आर्थिक सम्बृद्धिका लागि लगानी र अवसर सिर्जना गर्ने बताएका छन् । बैंकले चैत मसान्तसम्म १३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन र १२ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले २० करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, यसै आवमा वीरगञ्ज, नेपालगञ्ज र कोहलपुरमा थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, सबै समूह राताम्मे
काठमाडौं । केही दिनयता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताभरको बजारमा उतारचढाव देखिएको छ । सो अवधिमा मंगलबार बाहेक अन्य ४ दिनको बजार ओरालो लागेका छन् । अन्ततः साताको अन्तिम कारोबारमा(बिहीबार) नेप्से परिसूचक ७.७० अंकले घटेर १३४८ अंकमा झरेको छ । सो दिनको बजार ०.५७ प्रतिशतले घटेको हो । बजारमा कुल १६१ कम्पनीको ३५ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा एक करोड रुपैयाँ बढी हो । बिहीबारको बजारमा कुल ७ लाख ७३ हजार २१० कित्ता सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको हो । त्यस्तै, सो दिन कारोबारमा आएका ९ वटै सूचक राताम्मे भएका छन् । जसमध्ये बीमा समूहको सूचक सबैभन्दा बढी ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल ३१, हाइड्रोपावर २५ र माइक्रोफाइनान्स १४ अंकले घटेका छन् भने बाँकी समूह सामान्य अंकले झरेका छन् । बजारमा सबैभन्दा बढी नेरुडे लघुवित्त विकास बैंकको ४.२५ प्रतिशतले सेयर मूल्य घटेको छ । सो दिन समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ५.९५ प्रतिशत कमाएका छन् ।
विराटनगर औद्योगिक क्षेत्र पनि लोडसेडिङ मुक्त, जेठ १५ पछि सबै उद्योगलाई नियमित बिजुली
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि विराटनगर औद्योगिक क्षेत्रलाई पनि लोडसेडिङ मुक्त गरेको छ । एक साता अघि मात्र परीक्षणको रुपमा हेटौडा–वीरगञ्ज औद्योगिक करिडोरमा लोडसेडिङ हटाएको विद्युत प्राधिकरणले बुधबारदेखि विराटनगर पनि लोडसेडिङ मुक्त गरेको हो । अब क्रमश अन्य औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनले बुटवल, भैरहवा र नेपालगञ्ज औद्योगिक क्षेत्रमा आउदो जेठ १५ गतेपछि लोडसेडिङ मुक्त गर्ने तयारी भइरहेको सुनाए । विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझ पिक आवरमा दैनिक ३ घण्टासम्म लोडसेडिङ गर्दै आएको छ । अब विराटनगर र वीरगञ्ज औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने छैन् । औद्योगिक क्षेत्रमा ३ सय मेगावाट बराबर लोडसेडिङ हुदै आएको थियो । नियमित रुपम बिजुली आपूर्ति भएपछि माग पनि घटेर २०० मेगावाटमा झर्ने उनले जानकारी दिए । औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त गरेपछि मुलुकको उद्योग उत्पादनमा विस्तार हुने भएको छ । अधिकारीका अनुसार हाल बिजुलीको माग १ हजार २८५ मेगावाट छ । भारतबाट समेत गरी १ हजार ७५ मेगावाट आपूर्ति भइरहेको छ । यस्तै २१० मेगावाट अपुग भएको छ । भारतबाट मात्रै ५०१ मेगावाटसम्म बिजुली आयात भइरहेको छ । २ वर्षअघि विद्युत प्राधिकरणले ग्राहस्थलाई नियमित रुपमा बिजुली आपूर्ति गर्न थालेको हो । नियमित रुपमा बिजुली आपूर्ति भएपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सरकारी तथ्याँकले देखाएको छ । नियमित रुपमा ऊर्जा आपूर्ति भएपछि औद्योगिक उत्पादन क्षमता बढेर ५८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ ।
सेयर बजार घट्दा जीबन बीमा कम्पनीको नाफामा गिरावट, नेपाल लाइफले गर्यो २० करोड नोक्सानी व्यवस्था
काठमाडौं । सेयर बजार घटेपछि अधिकांश जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाफामा गिरावट आएको छ । पछिल्लो समयमा सेयर बजारमा निरन्तर गिरावट आएपछि जीवन बीमा व्यवसाय गर्ने अधिकांश कम्पनीको असर नाफामा परेको हो । जीवन बीमा कम्पनीले १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था छ । बजार घटेका कारण नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा २० करोड ३८ लाख रुपैयाँ नोक्सानीको व्यवस्था गरेको छ । ठुलो रकम कर्जा नोक्सानीमा राख्नु पर्दा नेपाल लाइफको चालु आर्थिक वर्षको ९ महिनामा नाफा ६.३७ प्रतिशत मात्र बढेको छ । गत चैतसम्म कम्पनीले ४३ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको चैतसम्म नेपाल लाइफले ८२ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ५४ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो । नोक्सानी व्यवस्था नगरेको भए २० करोड ३८ लाख रुपैयाँ नाफामा बढ्ने थियो । सेयर बजार घट्दै गएपछि बुक भ्यालुमा नोक्सान देखिएको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झा बताउछन् । कम्पनीले हालसम्म ६३ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आवमा मात्रै १० अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीसंग हालसम्म ११ लाख १२ हजार ५७९ बीमालेख रहेको छ । अधिकांश बीमा कम्पनीले सेयरमा लगानी गरेका छन् । “१० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था हुँदाहुँदै हामीले ४ प्रतिशत मात्र सेयर बजारमा लगानी गर्दा २० करोड बढी नेक्सानीको व्यवस्था गर्नुपरेको छ” उनले भने “२ वर्षअघि सेयर बजार बढ्दा ५० करोड रुपैयाँ कमाएका थियौ अहिले घटेको छ ।” सेयर बजार बढेपछि यसको कर्जा नोक्सानीबाट सो रकम नाफामा फिर्ता हुने उनको भनाई छ । १ हजार ८८१ अंक पुगेको सेयर बजार अहिले घटेर १ हजार ३५० अंकमा छ ।
आरएसडिसी लघुवित्तले २१ करोड ५९ लाखको हकप्रद जारी गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले २१ करोड ५९ लाख ७० हजार रुपैयाँको हकप्रद जारी गर्ने भएको छ । संस्थाले सो मात्राको सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अन्तिम अनुमति पाईसकेको छ । बोर्डको अनुमति अनुसार कम्पनीले ६० प्रतिशत (अर्थात २१ लाख ५९ हजार ७०० कित्ता) सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयर जारी गर्न कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ५७ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५९ रुपैयाँ रहेको थियो ।