विकासन्युज

रिलायन्स फाइनान्सका सीईओ श्रेष्ठको कार्यकाल चार बर्ष थपियो

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल श्रेष्ठको कार्यकाल थपिएको छ । कम्पनी सञ्चालक समितिको गत वैशाख २४ गते बसेको बैठकले श्रेष्ठको कार्यकाल थप्ने निर्णय गरेको हो । श्रेष्ठले अब आगामी चार बर्षसम्म सीईओको रुपमा रिलायन्स फाइनान्सको नेतृत्व सम्हाल्नेछन् ।

ललितपुरको देउराली भन्ज्याङमा ११\२ हेक्टर जग्गाभित्र शहिद पार्क बन्ने

काठमाडौं । ललितपुरको देउराली भन्ज्याङमा ११\२ हेक्टर जग्गामा शहिद पार्क निर्माण हुने भएको छ । सरकरले यस योजनालाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिएको छ । गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटक क्षेत्रको रुपमा विकास गर्न युवा जागरण पर्यावरणीय मन्च र फुल्चोकी एकीकृत बिकास कार्यक्रमले गर्दै आएको जनाइएको छ । गोदावरी नगरपालिका वडा २ र महालक्ष्मी नगरपालिका वडा ९ र १० भित्र पर्ने करिब ११\२ हेक्टर जग्गामा शहिद पार्क निर्माण गर्ने तयारी भइरहेको हो । यस सम्बन्धमा बृहत कार्य–योजना डीपीआर समेत तयार गरी बातावरणीय प्रभाब मुल्यांकन् समेत तयारी गरि प्रतिबेदन स्वीकृत गराउने सम्बन्धमा काम अघि बढिसकेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र बन तथा भूसंरक्षण मन्त्रालयबाट इआइए सम्बन्धि क्षेत्र निर्धारण प्रतिबेदन तथा कार्यसूची टीओअर प्रतिबेदन सुझाब सहित स्वीकृतका लागि जनसंख्या तथा बाताबरण मन्त्रालयमा पत्राचार भइसकेको जनाइएको छ । जनसंख्या तथा बाताबरण मन्त्रालयबाट प्रस्तावित आयोजनाको क्षेत्र निर्धारण कार्यसूचीमा उल्लेखित सास्कृतिक संग्रालय, केबुलकार, शहिद पार्क, भ्यु टावर, होटल तथा रिसोर्ट, बुद्ध स्तुपा, गुम्बा, प्याराग्याइडिङ्ग र साइकलिङ्ग ट्रैक तथा रोड निर्माणजस्ता आयोजनाको क्षेत्र निर्धारण गर्न सम्बन्धित कार्यालयलाई जानकारी गराइ आयोजनाको कार्य क्षेत्र निर्धारण भइसकेको बताइएको छ । गोदावरी नगरपालिका वडा २ र महालक्ष्मी नगरपालिका वडा ९ र १० भित्र पर्ने पूर्व माथिल्लो पात्लेको सिमाना, पश्चिममा पात्लेछापबाट गोदावरी आउने सडक बाटो, उत्तर कोट गाउ जाने बाटो, दक्षिण चापाखर्क जाने बाटो चार किल्लाभित्र पर्ने करिब ११\२ हेक्टरमा शहिद पार्क निर्माण हुने भएको हो । बिशंखु इलाका बन कार्यालयका प्रतिनिधि, सिस्नेरी इलाका बन कार्यालयका प्रतिनिधि, सामुदायीक बन उपभोक्ता समितिका प्रतिनिधि, फुल्चोकी एकीकृत बिकाश कार्यक्रमका प्रतिनिधि, युवा जागरण पर्यावरणीय मन्च अध्यक्ष, हलेसी इञ्जिनियरिङका प्रतिनिधि समेतको निरिक्षणबाट नापजाच गरि क्षेत्र निर्धारण गरेको समेत जानकारी गराइएको छ ।

आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पतालबीच क्यासलेस सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि अस्पताल प्रा.लि.बीच ग्राहकहरुलाई नगद रहित (क्यासलेस) हस्पिटलाइजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र बि एण्ड बि अस्पतालका तर्फबाट उप निर्देशक डा. निरजलाल बैद्यले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात यस इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म बि एण्ड बि अस्पातालबाट नगद रहित हस्पिटलाईजेसन सेवा पाउन सक्नेछन् । साथै, ग्राहकहरुको स्वास्थ सेवामा सहजपहुचलाई सुनिश्चित गर्नेछ । यस इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

टाटा मोटर्सले भित्र्यायो २७ लाखको नयाँ टियागो डुअल टोन मोडल

काठमाडौं । टाटा मोटर्सले आफ्नो पछिल्लो गाडी टियागो मोडलको अपार सफलता पछि आफ्नो पुराना तथा नयाँ संभावित ग्राहकहरुको लागि नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेका छ । नेपला बजारमा भित्र्याइएको उक्त गाडी एकदमै नयाँ, स्पोर्टी र विश्वसनीय रहेको कम्पनीको भनाइ छ । कम्पनीको अनुसार १.२ लि. को रिभोटोर्न ईन्जिन रहेको गाडीमा ८५ पि.एस. पावर रहेको छ । साथै गाडीले प्रतिलिटर २३.८४ कि.मि. माइलेज दिने कम्पनीको दाबी छ । गाडीको थप विशेषताहरुमा दुईवटा एसआरएस एअर ब्याग्स, अटोमेटिक ब्रेकिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, मल्टी ड्राईभ मोड रहेको छ । जसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लिटरको बुट स्पेस उपलब्ध छ । गाडीको आधिकारिक विक्रेता कम्पनी सिप्रदीले ग्राहकहकहरुलाई आफुले लगानी गरेको मुल्यमा राम्रो मोबिलिटी दिन चाहेको भन्दै उक्त गाडी सर्वजनिक गरेको बताएको छ । टाटा टियागोको सफलता मनाउँदै कम्पनीले वर्तमान तथा संभावित ग्राहकहरुलाई नयाँ मोडलमा केही विशेष दिन खोजेको जनाएको छ । कम्पनीको अनुसार टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै आकर्षक मूल्यमा उपलब्ध छ । नयाँ थप आकर्षक विशेषताहरुसहित आएको टियागो डुअल टोन टाटा ब्राण्डका गाडीहरु थप आकर्षक, सामाजिक प्रतिष्ठा र प्रगतिको थप पहल गरिएको छ । फुल अप्सन मोडलकोको उक्त टियागो डुअल टोन मोडल गाडीलाई कम्पनीले २६ लाख ९५ हजार रुपैयाँ मुल्य तोकेको छ ।  

साउथ एसियन कन्ट्रिज एसएमई फोरमको नेतृत्वमा घरेलु महासंघलार्इ, अध्यक्ष सुरेश प्रधान

काठमाडौँ । साउथ एसियन कन्ट्रिज एसएमई फोरमको यसपटकको नेतृत्व आगामी दुई वर्षका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले लिएको छ । महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले उक्त नेतृत्व लिएका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसिएसआई), भारतको फेडेरेशन अफ एसोसिएसन अफ कटेज एण्ड स्मल इन्डष्ट्रिज (एफएसिएसआई), बंगलादेशको नेशनल एसोसिएसन अफ स्मल एण्ड कटेज इन्डष्ट्रिज अफ बंगलादेश (एनएएससीआइबी) र भुटानको भुटान चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिको अगुवाईमा सन् २००५ मा भारतको कोलकतामा स्थापना भएको साउथ एसियन कन्ट्रिज एसएमई फोरमको नेतृत्व नेपाल घरेलु तथा साना उद्योग महासंघले लिएको हो । हालै काठमाडौंमा सम्पन्न तेस्रो सम्मेलनले फोरमको अध्यक्षमा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानलाई चुनेको हो । सम्मेलनमा भारत, बंगलादेश, श्रीलंकाका साना तथा मभौला व्यवसायीका छाता संस्थाका प्रतिनिधि र छिमेकी राष्ट्र चीनका साना तथा मझौला व्यवसायी पर्यवेक्षकको रुपमा उपस्थिति रहेको थियो । यसअघि फोरमको नेतृत्व सम्हालिरहेका बंगलादेशको नेशनल एसोसिएसन अफ स्मल एण्ड कटेज इन्डष्ट्रिज अफ बंगलादेश (एनएएससीआइबी) का अध्यक्ष मिर्जा नुरुल घानी सोभोन तेस्रो सम्मेलनबाट महासंघका निवर्तमान अध्यक्ष प्रधानलाई नेतृत्व हस्तान्तरण गरेका हुन् । फोरममा नेपाल र महासंघकोतर्फबाट उपाध्यक्षद्घय शोभा गुरुङ र शिवप्रसाद कट्टेललाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा श्यामप्रसाद गिरी, मुकेश उपाध्याय, मोहन कटुवाल, डम्बरप्रसाद रेग्मी, महेन्द्रबहादुर चित्रकार, जानकी प्रधान, सदस्य एवं नेपाल च्याप्टरको प्रवक्तामा गौतमप्रसाद भुषाललाई चयन गरिएको बताइएको छ । फोरमको दोस्रो सम्मेलन सन् २०१६ को जनवरी महिनामा बंगलादेशमा सम्पन्न भएको थियो भने काठमाडौंमा हालै सम्पन्न तेस्रो सम्मेलनको मूल विषय ‘एक्सपाण्डिङ एमएसएमईज लिंकेज वियोण्ड द बोर्डर’ मा छलफल भएको थियो । फोरमको पहिलो बैठकले नेपाल च्याप्टरको सचिवालय नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय कार्यालयमा राख्ने निर्णय गरेको छ । नेपालमा साना तथा मझौला उद्योग व्यवसायको क्षेत्रमा काम गर्ने इच्छुक संघ संस्थाको प्रतिनिधिहरुलाई पनि नेपाल च्याप्टरमा सहभागी हुन आमन्त्रण गर्ने निर्णय समेत फोरमको पहिलो बैठकले गरेको छ ।  

काठमाडौं महानगरपालिका भित्र निजी स्कुल सञ्चालनमा रोक, गुठीमा जानै पर्ने

काठमाडौं । काठमाडौ महानगरपालिकाले कम्पनी मोडेलमा नयाँ बोडिङ स्कूल खोल्न रोक लगाएको छ । महानगरले गुठी अन्तर्गत मात्र बोर्डिङ स्कूल खोल्न पाइने नयाँ व्यवस्था गरेको छ । कम्पनी मोडेलमा खुलेका बोर्डिङ स्कूलले चर्को शुल्क लिएपछि सबै निजी विद्यालयललाई गुठी मार्फत मात्र सञ्चालन गर्न लागेको महानगरपालिकाले जनाएको छ । कम्पनीमार्फ संञ्चालन भएका विद्यालयहरुलाई पनि गुठीमा ल्याउने प्रक्रिया अगाडि बढिरहेको छ । महानगरमा ९४ वटा समुदायिक विद्यालय र ६५० निजी विद्यालय सञ्चालन हुँदै आएका छन् । जसमा १ लाख ६५ हजार विद्यार्थी अध्ययनरत छन् । नयाँ संविधानले स्थानीय तहलाई दिइएको अधिकार अनुरुप महानगरपालिकाले आफनो क्षेत्रभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा पाएको छ । चालू आर्थिक वर्षमा एक दर्जन नयाँ बोर्डिङ स्कूल खोल्नका लागि आवेदन परेको छ । उनीहरू गुठी मोडलमा मात्र सञ्चालन गर्न पाउने भएका छन् ।  नयाँ विद्यालयका विषयमा अध्ययन गरिरहेको महानगरका शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले जानकारी दिए । जिरो प्लस्टुलाई पनि गुठीमा नै आएमात्र समन्धन दिने तयारी भैरहेको छ । अब विद्यालयहरुमा २५ प्रतिशत स्थानीय संस्कृतिका बारेमा पढाउनु पर्ने भएको छ । यसका लागि पाठ्यक्रम भने तयार भएको छैन ।  

प्रतिनिधि र राष्ट्रिय सभालाई परिसंघको समृद्धिको मार्गचित्र

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आर्थिक समृद्धिको लागि विद्यमान कानूनमा समसामयिक सुधार आवश्यक रहेको बताए । त्यसतर्फ समेत सरकारले पहल गर्ने उनको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा बुधबार गएको परिसंघका प्रतिनिधि मण्डलसँगकाे भेटको क्रममा सभामुख महराले अर्थिक समृद्धिको लागि अवश्यक कानूनलाई सुधार गर्दै लैजाने प्रतिवद्धता जनाए । उक्त भेटमा प्रतिनिधि र राष्ट्रिय सभाका प्रमुखरु समक्ष परिसंघ—प्रवुद्ध परिषदले तयार पारेको आर्थिक समृद्धिको मार्ग चित्र प्रस्तुत गरिएको थियो । प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे समेत उपस्थित रहेको सो वैठकमा परिसंघका अध्यक्ष शर्माले सभामुख र उपसभामुखलाई मार्गचित्र सहितको उक्त दस्तावेज बुझाएका थिए । जसबाट सरकारलाई आर्थिक विकासका एजेण्डा तयार गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

पानीट्यांकी नाकामा भारतले रोक्यो ११ नेपाली ट्रक

काठमाडौं । भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो । हाल भन्सार जाँचपास भएका ११ वटा ट्रक एक सातादेखि भारतीय भन्सार पानीट्यांकीमा रोकिएको चिया विस्तार योजना, फिक्कलका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी र्दिए । उनका अनुसार गुणस्तर नेपालबाट तयारी चिया कोलकातास्थित ‘सेन्ट्रल फुड ल्याबोरेटरी’ मा नमूना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने गरिएको छ । “झण्झटिलो प्रक्रियाले नेपाली चिया निर्यातमा समस्या सिर्जना भएको छ”, उनले भने, “यसले नेपाली किसान र व्यापारी दुवै मारमा परेका छन् ।” पानीट्यांकी भन्सारमा रोकिएको ट्रकमा १७ हजार किलोभन्दा बढी तयारी चिया रहेको व्यवसायी रोशन अग्रवालले जानकारी दिए । “चिया बोकेको ट्रक वर्षाका बेला खुला ठाउँमा राख्दा चियाको गुणस्तर बिग्रिन्छ”, उनले भने, “निर्यात रोकिँदा ठूलो नोक्सान हुन सक्छ ।” अहिले ट्रकैपिच्छेको नमूना कोलकाता पठाएर गुणस्तर परीक्षण गर्नुपर्ने झण्झटिलो व्यवस्था भारतले लागू गरेपछि चिया निर्यात रोकिएको अग्रवालले जानकारी दिए । एकपटक चियाको नमूना परीक्षण गराउँदा भारु २५ हजार खर्च लाग्ने गरेको छ । भारत निर्यात हुने चिया मात्रै होइन, तेस्रो देश निकासीका लागि भारतीय भन्सार पुगेका चियाका ट्रक पनि रोकिएका छन् ।रासस