हुवावेको ‘नोभा थ्री ई’ नेपाली बजारमा, मूल्य ३५ हजार ९०० रुपैयाँ
काठमाडौं । हुवावेको नयाँ स्मार्ट फोन ‘नोभा थ्री ई’ नेपाली बजारमा भित्रिएको छ । दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको उक्त फोन हालै बजारमा आएको हो । कम्पनीका अनुसार नोभा थ्री ई फोन अगाडि र पछाडि दुबै भाग मोटो र नफुट्ने सिसाले बनेको र स्क्रिनको चारैतिर पात्लो बिजेलले घेरिएको छ । १६ मेगा पिक्सेल क्यामेरा–जडित नोभा थ्री ई सेल्फीका लागि सर्वोत्कृष्ट रहेको छ । क्यामेरालाई पोट्रेट मोडमा राख्दा नोभा थ्री ईले स्टूडियोमा खिचेकै जस्तै राम्रो सेल्फी निकाल्छ । यसमा थ्रीडी फेसियल डिटेक्सन फिचर पनि रहेको छ । १६एमपी र अपरटूयर अफ एफ/२.२ क्यामेराको अतिरिक्त नोभा थ्री ई मा दुई मेगा पिक्सेलको वैकल्पिक क्यामरा पनि जडान गरिएको छ, जसले यसलाई अद्वितीय सेल्फी-फोन बनाउन मद्दत गरेको कम्पनीले जनाएको छ । यस फोनमा अल्ट्रा न्यारो नोट्च सहित ५.८४ इञ्च ठूलो फूल भ्यिू डिस्प्लेका साथै ६२ गिगा बाईट रोम रहेको छ । २.५ कर्भड ग्लासद्धारा सुरिक्षत यो फोन एकदमै बलियो पनि छ । साथै, स्क्रिनको एस्पेक्ट रेसियो १९ः९ भएकोले यसले फोनको अग्र भागलाई ९० प्रतिशतसम्म सुरक्षा दिन्छ । यस फोनमा इएमयूआई ८.०, फाष्ट चार्ज २.०, अ हेडफोन ज्याक, फोजी, वाईफाई बी/जी/एन, ब्ल्यिूटुथ ४.२, ए जीपीएस एण्ड यूएसबी-ओटीजी जस्ता विशेषताहरू छन् । यो स्मार्ट फोनमा ३००० एमएएच व्याटेरी छ । नेपाली बजारमा यसको मूल्य ३५ हजार ९०० रुपैयाँ रहेको छ । अहिले यी फोन गाढा नीलो र निखर काला दुई रङमा मात्रै उपलब्ध छन् । साथै, केही समयपछि साकुरा फूल जस्तै गुलाबी रङमा पनि यो स्मार्ट फोन चाँडै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
औद्योगीक क्षेत्रमा गरिएको लगानीभन्दा आयात २६६ प्रतिशत बढी, कहिले होला आर्थिक समृद्धि ?
काठमाडौं । पछिल्लो समय सबैतिर आर्थिक समृद्धिको नारा घन्किरहँदा व्यवहारमा भने त्यस्तो देखिएको छैन । नारा नारामै सिमित भएको देखिन्छ । गएको नौ महिनाको अबधिमा मुलकमा विभिन्न औद्योगीक क्षेत्रमा २ खर्ब ५६ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । उक्त परिमाणको लगानी प्रतिबद्धता आइरहँदा अर्कोतर्फ सोही समयावधिमा करिब ४ गुणाबढी विभिन्न मुलुकहरुबाट नेपालमा वस्तु/सामाग्री लगातको आयात भएको देखिन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा गएको नौ महिनाको अबधिमा मात्रै ८ खर्ब ७४ अर्ब रुपैयाँको आयात भएको छ । उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालय, उद्योग विभागकोअनुसार गएको नौ महिनामा मुलुकभर औद्योगीक क्षेत्रको लागि ३३५ वटा उद्योग दर्ता भएको छ । उक्त दर्ता भएका कृषिजन्य, निर्माण, उर्जामुलक, उत्पादन लगायतका उद्योगहरुको लागि कुल २ खर्ब ५६ अर्ब रुपैयाँ पूँजी लगानीको प्रतिबद्धता आएको हो । सरकार तथा निजी क्षेत्रले उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने घोषणा गरिरहँदा अयात भने निरन्तर बढीरहेको देखिन्छ । चलुन नौ महिनामा मुलुकमा पैने नौं खर्ब रुपैयाँको आयात भइरहँदा मुलुकलाई ८ खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागकोअनुसार सबैभन्दा बढी भारतसँग ५ खर्ब ४१ अर्ब रुपैयाँ र चीनसँग १ खर्ब ११ अर्बको रुपैयाँ नेपालको व्यापार घाटा देखिन्छ । गएको नौ महिनामा नेपालबाट विभिन्न मुलुकमा ५९ अर्ब ७३ करोड रुपैयाँको मात्रै वस्तु तथा समाग्रीहरुको निर्यात भएको छ । सबैभन्दा बढी भारतमा ३४ अर्ब २८ करोड रुपैयाँको निर्यात भएको छ । दोस्रो बढी संयुक्त राज्य अमेरिकामा ६ अर्ब ४५ करोड रुपैयाँको निर्यात भएको छ ।
ग्लोबल आइएमई बैंकको एकैदिन ७ वटा शाखा सञ्चालनमा, संख्या १२९ पुग्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन ७ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले सोमबार(आज)देखि धनुषाको तारापट्टि, बाराको फेटा बजार, रौतहटको बिजयपुर, सप्तरीको पातो, डडेल्धुराको भद्रपुर, डोटीको साना गाँउ र बैतडीको खोचलेक सहित ७ वटा नयाँ शाखाहरु स्थापना गरि संचालनमा ल्याएको हो । यी शाखासहित बैंकको शाखा कार्यालयहरुको संख्या १२९ पुगेको छ । साथै, बैंकले सोही दिनदेखि ललितपुरको मंगलबजारमा एटिएम सेवा समेत थप गरेको छ । यस सँगै बैंकको एटिएम संख्या १३१ पुगेको छ ।
नारायणघाट र पर्सामा सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील्सको भेटघाट सम्पन्न
काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा.लि र लक्ष्मी स्टील्स प्रा.लि ले नारायणघाट र टांढी पर्सामा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यी ठाउँलाई केन्द्रित गर्दै सो क्षेत्रमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी सो कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो । उक्त भेलामा नारायणघाट १७५जना र टांढी, पर्सा १५८ जना जति ठेकेदारहरुको उपस्थिति रहेको थियो । सर्वोत्तम सिमेन्टले ग्रिन सर्वाेत्तम ओ.पि.सि र ग्रिन पि.एस.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ । यस उद्योगद्वरा उत्पादित यस सिमेन्टको मसिनोपन प्रतिग्राम ४५००से.मि स्क्वायरसम्म रहेको कम्पनीले विज्ञप्तीमा जनाएको छ । यस सिमेन्ट उद्योेगको उत्पादन क्षमता ४०००० बोरा प्रतिदिन रहेको र आउने समयमा ६०००० बोरा सम्मको क्षमता बढाउने टार्गेट रहेको छ ।
जनता बैंकको रुपनी शाखाबाट कारोबार शुरु
काठमाडौं । जनता बैंक लिमिटेडले सप्तरी जिल्लाको रुपनी शाखाबाट कारोबार शुरु गरेको छ । बैंकले शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै उक्त स्थानमा नयाँ शाखोको शुभारम्भ गरेको हो । यस शाखा नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा स्थापना गर्ने नीतिअनुसार खोलिएको बैंकले जनाएको छ । यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बैंकको विश्वास रहेको छ । साथै, यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जिबनस्तर सहज बनाउन सक्नेछन् । यस सँगै बैंकको शाखा सञ्जाल ११० पुगेको छ । बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
लक्ष्मी बैंकको दुई नयाँ शाखा महोत्तरी र रामेछापमा
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले थप दुई शाखा महोत्तरी र रामेछापमा विस्तार गरेको छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा सोमबारदेखि महोत्तरीको मनरा र रामेछापको ख्रांडादेवीमा गाँउपालिकामा नयाँ शाखा संचालनमा ल्याएकोे हो । यी शाखा सहित बैंकको शाखा संजाल ८२, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।
साउनयता सेयर बजारमा मात्रै २८ अर्ब २४ करोड थप लगानी
काठमाडौं । साउनयता सेयर बजारमा विभिन्न माध्यमबाट २८ अर्ब २४ करोड रुपैयाँ लगानी भएको छ । साधारण सेयर (आईपीओ) एफपीओ र हकप्रद सेयर खरिदका लागि सो रकम लगानी भएको हो । जसअनुसार आईपीओ र एफपीओमा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ लगानी भएको छ । यस्तै हकप्रद सेयर खरिदमा मात्रै २० अर्ब ७७ करोड ५८ लाख रुपैयाँ लगानी भएको छ । सामूहिक लगानी कोष (म्युचअल फण्ड) को एकाई खरिदमा ४ अर्ब ८० करोड रुपैयाँ लगानी भएको हो । हालसम्म जलविद्युत, वित्त र बीमाका गरी १६ कम्पनीले आईपीओ र एफपीओ निष्कासन गरिसकेका छन् । यस्तै विभिन्न ४ वटा बैंकले म्युचअल फण्डको एकाई बिक्री गरिसकेका छन् । पुँजी वृद्धिका लागि बैंक, वित्त, बीमा र जलविद्युत गरी ४५ कम्पनीले हकप्रद सेयर निष्कासन गरेका छन् । यसमध्ये केही कम्पनीले हकप्रद सेयर निष्कासनको तयारी थालेका छन् । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), ग्रामिण विकास बैंक र प्रमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपीओ निष्कासन गरेका छन् । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेडललगायतले आईपीओ निष्कासन गरेका छन् । मेगा बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सिभिल बैंक, प्रभु बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीलगायतले हकप्रद निष्कासन गरेका छन् । म्युचअल फण्डअन्र्तगत सिद्धार्थ, सानिमा, एनआईसी एशिया र सिटिजन्स म्युचल फण्ड रहेका छन् । अझै अर्बौ रुपैयाँ बराबरको आईपीओ, एफपीओ, हकप्रद र म्युचअल फण्ड आउने तयारीमा छन् ।
सेयर बजार दोहोरो अंकले घट्दा हिमालयन डिष्टीलरीका सेयरधनीले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि नै ओरालो लागेको बजार अन्त्य सम्म निरन्तर ओरालो लागेको छ । अन्ततः नेप्से परिसूचक १०.२८ अंकले घटेर १३३८.१७ अंकमा झरेको छ । अघिल्लो कारोबारको तुलनामा सेयर करोबारमा भने वृद्धि भएको छ । गत बिहीबार ३५ करोडको सेयर किनबेच भएको बजारमा सोमबार साढे ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १६३ कम्पनीको १० लाख कित्ता सेयर किनबेच भएका छन् । दिनभर निरन्तर रुपमा घटेको बजारमा हिमायलन डिष्टीलरी लि.का लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीका सेयरधनीले अघिल्लो दिनको तुलनामा ९.९५ प्रतिशत कमाएका छन् । त्यस्तै, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.०६ प्रतिशतले बढेको छ । बजारमा बीमा समूह ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक २६, माइक्रोफाइनान्स २२, हाइड्रोपावर १५ र बैंकिङ समूह १० अंकले घटेका छन् । उत्पादनमूलक २५, होटल ८ र अन्य समूह ३.६३ अंकले हरिया भएका छन् भने बाँकी समूह राताम्मे भएका छन् ।