वानप्लस ७टि प्रो सार्वजनिक, मूल्य एक लाख रुपैयाँ
काठमाडौं । ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनी वानप्लसले आफ्नो प्रिमियम फल्याग सीपको नयाँ स्मार्टफोन वानप्लस ७टि प्रो नेपालमा सार्वजनिक गरेको छ । वानप्लस ७टि प्रो मा ६.६७ इन्चको फियुल्ड एमोएलईडी ३१२०*१४४० एचडी प्लस रिजोलुशन छ र कर्निङग गोरिलाग्लास ५ र एचडीआर१०/एचडीआर प्लस सर्टिफाइड ९० एचजेड डिस्प्लेको साथमा १९.५ः९ स्क्रिीन रेसियो रहेको छ । यसलाई शक्तिशाली स्न्यापड्रेगन ८५५ अक्टा कोर प्रोसेसर र ७एनएम एनड्रेनो ६४० चिपसेट रहेको छ । यो एन्ड्रोइड १०.० र अक्सिजन ओएस १०.०.४ मा चल्छ । वानप्लस ७टि प्रो मास्टोरेजकालागि २५६ जीबीयूएफएस ३.० स्टोरेज र ८ जीबी एलपीडीडीआर४एक्स छ । वानप्लस ७टि प्रो मामोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा, एफ/१.६ अपर्चर भएको ४८ एमपी प्रमुख क्यामेरा, १६ एमपी अल्ट्रावाइड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पिडीएएफ, लेजर एएफ, ओआईएस डुअल एलईडी फ्लास, एचडीआर र पानारोमा जस्ता विशेषता रहेको छ । यसको साथै सुरक्षालाई मध्यनजर गर्दै वानप्लस ७टि प्रो मा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङगरप्रिन्ट रहेको छ । वानप्लस ७टि प्रो मावाईफाई कनेक्टीभिटी, ब्लुटुथ ५.०, एनएफसी, जीआरएस र डब्लुल्यान जस्ता विशेषता छ । वानप्लस ७टि प्रो मा शक्तिशाली ४०८५ एमएएच फास्ट ब्याट्री चार्जर ३० वाट्ट (५ भी, ६ ए) चार्जिङग टेक्नोलोजी रहेको छ । वानप्लस ७टि प्रो हेज ब्लु भरियन्टमा ९९ हजार ९९९ रुपैयाँमा नेपालभरका अधिकृत वानप्लस स्टोरहरुमा नोभेम्बरबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
परासीमा सनराइज बैंकको १२५औं शाखा
काठमाडौं । सनराइज बैंकले नवलपरासीस्थित परासीमा आफ्नो १२५औं शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालिकाको मेयर नरेन्द्रकुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा जनकशर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्पmत लगानी गर्न प्रोत्साहन गरेका छन् । सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालिकाको मेयर राजेन्द्रकुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदाशर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए । हालसम्म बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटीएम मार्फत बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।
गोदरेज “फ्रिकपल ट्रिप टु बाली”अफरको लक्की–ड्र
काठमाडौं । गोदरेज “फ्रिकपल ट्रिप टु बाली”अफरको लक्की–ड्र सम्पन्न भएको छ । भाद्र २० गतेदेखि कार्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभन)को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की–ड्र मार्फत बाली भ्रमण राखिएको थियो । फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा मुस्ताङ चोक, पोखराकी मुना थापा र हेम्जाका प्रदीप थापा गरी २ भाग्यशाली जोडीहरुले बाली, इन्डोनेसिया जाने अवसर प्राप्त गरेका छन् । गोदरेज अप्लाएन्सेस्, एक विश्वसनीय ब्राण्डको नाम हो जसले चाडपर्वको अवसरमा ग्राहकहरु माझ ल्याएको “फ्रिकपल ट्रिप टु बाली”योजनाको लक्की–ड्र गोदरेजको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सो रुममा सम्पन्न गरिएको हो ।
बज्र ग्रुपको ब्राण्ड एम्बेसडरमा मिस नेपाल श्रृङ्खला खतिवडा नियुक्त
काठमाडौं । बज्र ग्रुपले आफ्नो ब्राण्ड एम्बेसडरमा मिस नेपाल श्रृङ्खला खतिवडालाई नियुक्त गरेको छ । ग्रुपले आगामी एक वर्षको लागि ब्राण्ड एम्बेसडरमा मिस नेपाल खतिवडालाई नियुक्त गरेको हो । “विगत २८ वर्षदेखि बज्र ग्रुपले विविध प्रकारका सेनेटरी उत्पादनहरु वितरण गर्दै आएको छ । जस्तै: बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामाग्रीहरु र इसेम्बल्स ईत्यादी । नेपालमा उत्कृष्ट प्रदर्शनको लागी यस ग्रुपले विभिन्न प्रतिष्ठित अवार्डहरु प्राप्त गरेको छ । बज्र ग्रुप देशको सेनेटरी बजारमा ८० प्रतिशत अंश ओगट्न सफल छ ।” कार्यक्रममा ई. श्रृङ्खला खतिवडाले भने, “म स्वयं एक आर्किटेक्ट हुँ, मैले बज्र ग्रुपको उत्पादनहरु अन्तराष्ट्रिय मापदण्डको गुणस्तर र सर्वसुलभ भएको पाँए । म विश्वस्त छु कि यस सहकार्यले बज्र ग्रुप लाई बजारमा आफ्नो उत्कृष्ट छाप छोड्न अझै उर्जा मिल्नेछ ।”
गण्डकी विकास बैंकको एकैदिन तीन शाखा सञ्चालनमा, थप ७ वटा खोल्ने तयारी
काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । विकास बैंकले धादिङ्गको मलेखु, पाल्पाको रामपुर तथा कपिलवस्तुको जीतपुरमा गरी तीन स्थानको शाखा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको ८८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिट्टै नै जुम्ला लगायत थप ७ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिएका छन् ।
हुन्डाईले ल्यायो ‘विन्टर डिलाइट’ योजना, हरेक गाडी खरिदमा आकर्षक छुट पाइने
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले “हुन्डाई विन्टर डिलाइट” योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरु पाउने छन् । यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्षसम्मको बीमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधा र एक वर्षसम्मको निःशुल्क सडक कर (चालु आ.व.) समेत प्राप्त गर्न सक्नेछन् । साथै, हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । चिसो मौसममा पनि यस “हुन्डाई विन्टर डिलाइट” ले ग्राहकवर्गमा न्यानो पनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको छ । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस “हुन्डाई विन्टर डिलाइट” मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना निर्धारित समयका लागी मात्र लागु हुनेछ ।
न्युहोल्याण्ड कन्स्ट्रक्शनकाे एक्स्चेन्ज स्कीमः मेसिन किन्न ज्याेति विकास बैंकबाट ८०% सम्म ऋण पाइने
काठमाडौं । राशी अटोमोबाइल्स प्रा.लि.ले न्युहोल्याण्ड एक्स्चेन्ज स्कीम सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत एक्स्चेन्ज गरी नयाँ न्युहोल्याण्ड ब्याकुलोडलर लिने ग्राहकले नयाँ मेसिनमा २ वर्ष सम्मको वारेन्टी पाउने कम्पनीले जनाएकाे छ । साथै, नयाँ मेसिन खरिद गर्ने ग्राहकलाई ज्योति विकास बैंकबाट ८० प्रतिशत सम्मको ऋण लिन सक्ने गरि बैंकसँग सम्झौता भएको राशी अटोमोबाइल्सका महाप्रबन्धक रामबाबु तिवारीले जानकारी दिए । उक्त स्कीम अन्तर्गत पुराना ब्याकुलोडरहरु ग्राहकहरुले साट्न सक्ने छन् । स्कीमबारे जानकारी दिदै राशी अटोमोबाइल्सका प्रबन्ध निर्देशक कपिल शिवाकोटीले यो एक्स्चेन्ज स्कीम अन्तर्गत पुरानो ब्याकुलोडर सञ्चालन गरिरहेका ग्राहकहरुले आफ्नो पुरानो ब्याकुलोडर राशी अटोमोबाइल्सको सातदोबाटो स्थित शो-रुममा दिएर नयाँ न्युहोल्याण्डको ब्याकुलोडर लिएर जान सक्ने बताए । यसरी एक्स्चेन्ज गर्दा पुरानो ब्याकुलोडर चालु अवस्थाको हुनुपर्ने तथा ग्राहकले पुरानो ब्याकुलोडरको सरकारले तिर्नु बुझाउनु पर्ने सबै करहरु तिरेको हुनु पर्नेछ । पुराना ब्याकुलोडरहरुलाई “ जति मोडेल-त्यती दाम ” अनुसार भ्याल्युएसन गरिने पनि कम्पनीले जनाएको छ । अर्थात, सन् २०१२ मा बनेको मेसिनलाई १२ लाख, सन् २०१३ मा बनेको मेसिनलाई १३ लाख, चौध मोडेलको लाई चौधलाख, पन्ध्र मोडेकोलाई पन्ध्र लाख हुने गरि मुल्याङन गरिने बिएस मोर्टसका निर्देशक अंकित भुषालले जानकारी दिएका छन् । । पुरानो ब्याकुलोडर साटेर नयाँ न्युहोल्याण्ड ब्याकुलोडर मेसिन लिएर जाने ग्राहकहरुलाई ग्राहकहरुकै घर दैलो सम्म निःशुल्क डेलिभरीको ब्यवस्था गरिएको र पुरानो ब्याकुलोडर पनि कम्पनीले कुनै शुल्क नलिई मेसिन रहेको स्थानबाट उठाएर लिएर जाने ब्यवस्था गरिएको जानकारी राशी अटोमोबाइल्सका योगेश काफ्लेले दिएका छन् ।
एलआईसी नेपालको संचालक समितिमा मुकेशकुमार गुप्ता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) (नेपाल)को संचालक समितिमा मुकेशकुमार गुप्ता नियुक्त भएका छन् । शुक्रबार सम्पन्न इन्स्योरेन्सको संचालक समितिको बैठकले गुप्तालाई कम्पनीको संचालक समिति पदमा नियुक्त गरेको हो । यसअघि प्रमोटर शेयरधनी एलआईसी अफ इन्डियाबाट प्रतिनिधित्व गर्ने वेणु गोपालले उक्त पद सम्हालेका थिए । उनले राजीनामा दिएसँगै उनको रिक्त स्थान तथा बाँकी कार्यकालसम्मको अवधिका लागि गुप्तालाई नियुक्त गरेकाे हाे । नवनियुक्त संचालक गुप्ता भारतीय जीवन बीमा निगम(एलआईसी अफ इन्डिया) मा विगत ३५ वर्षदेखि कार्यरत छन् । उनले हाल निगमको प्रबन्ध निर्देशकको जिम्मेवारी समेत समालेका छन् ।