कमजोर प्रदर्शनका कारण दबाबमा उचिडा, यी हुन् निसानका सम्भावित सीईओ

<p>काठमाडौं । निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकोटो उचिडा जापानी अटोमेकरको कमजोर प्रदर्शनका कारण बढ्दो दबाबमा छन् । मार्च ११ मा बोर्ड सदस्यहरू सम्भावित उत्तराधिकारीबारे छलफल गर्न भेला हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यदि उचिडाले पद छाडेमा उनको उत्तराधिकारी छ वर्षभित्र निसानको नेतृत्व गर्ने चौथो सीईओ बन्नेछन् । यो तथ्यले कार्लोस घोस्न हटाइएपछि निसानमा [&hellip;]</p>

काठमाडौं । निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकोटो उचिडा जापानी अटोमेकरको कमजोर प्रदर्शनका कारण बढ्दो दबाबमा छन् । मार्च ११ मा बोर्ड सदस्यहरू सम्भावित उत्तराधिकारीबारे छलफल गर्न भेला हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यदि उचिडाले पद छाडेमा उनको उत्तराधिकारी छ वर्षभित्र निसानको नेतृत्व गर्ने चौथो सीईओ बन्नेछन् । यो तथ्यले कार्लोस घोस्न हटाइएपछि निसानमा देखिएको व्यवस्थापन संकटलाई प्रतिबिम्बित गर्छ ।

 

माकाटो उचिडा

निसानका सम्भावित सीईओ उम्मेदवार

जापानी सञ्चारमाध्यमहरू र यस विषयमा जानकार स्रोतहरूका अनुसार उचिडाको स्थान लिने सम्भावित उम्मेदवारहरू निम्न छन् ।

जेरेमी पापिन

Nissan appoints new CFO amid senior leadership shake up

हाल निसानका प्रमुख वित्तीय अधिकारी (सीएफओ) जेरेमी पापिनलाई सम्भावित सीईओको रूपमा हेरिएको छ । उनी जनवरी २०२४ मा सीएफओ पदमा नियुक्त भएका थिए ।

यसअघि पापिनले अमेरिकामा निसान र लक्जरी ब्रान्ड इन्फिनिटी को नेतृत्व गरेका छन् ।

यसैगरी, २०१८ मा निसानमा प्रवेश गर्नु अघि रेनो-निसान-मित्सुबिशी एलायन्स तथा रेनोमा उनले विभिन्न भूमिका निभाएका छन् ।

उनले युरोपेली अटोमोबाइल क्षेत्रका वित्तीय विश्लेषकका रूपमा पनि काम गरेका छन् ।

इवान एस्पिनोसा

Iván Espinosa de los Monteros abandona Vox por "razones personales y familiares" | Onda Cero Radio

अर्का सम्भावित सीईओ हुन्- इवान एस्पिनोसा । उनी अप्रिल २०२४ मा मुख्य योजना अधिकारी (सीपीओ)मा नियुक्त भएका थिए ।

इलेक्ट्रिक गाडीको प्रवद्र्धन गर्न व्यवस्थापन सुधारको भागस्वरूप उनी पदमा आएका हुन् ।

उनी २००३ देखि निसानमा कार्यरत छन् र करिअरको धेरैजसो समय मेक्सिकोमा बिताएका छन् । उनीसँग दक्षिणपूर्वी एसिया र युरोपमा पनि काम गरेको अनुभव छ ।

उनले गाडीको उत्पादन योजना, रणनीति, तथा विकासको नेतृत्व गरिसकेका छन् ।

गिलियूम कार्टियर

Autocar India على X: "Guillaume Cartier, Chairman - Africa, Middle East, India (AMI) at @Nissan says 8 of the 12 new products the company is working on will come to the AMI

गिलियूम कार्टियरलाई पनि सम्भावित सीईओको रूपमा हेरिएको छ । उनी निसानमा ३० वर्षदेखि कार्यरत छन् ।

उनी २०२३ डिसेम्बरमा मुख्य प्रदर्शन अधिकारी (सीपओ) बनेका थिए । हाल उनले अमेरिका, जापान, अफ्रिका, मध्यपूर्व, भारत र युरोपको निरीक्षण गरिरहेका छन् ।

उनीमाथि वैश्विक बिक्री तथा बिक्रीपछिको सेवाको जिम्मेवारी पनि छ । १९९५ मा निसानमा प्रवेश गरी उनले बिक्रीपछिको व्यवस्थापकको रूपमा काम थालेका थिए ।

उनले मित्सुबिशी मोटर्समा पनि काम गरिसकेका छन् ।

जुन सेकी

Foxconn talking to Nissan shareholder - Taipei Times

जुन सेकी हाल ताइवानको फक्सकनको इलेक्ट्रिक गाडी व्यवसायका मुख्य रणनीति अधिकारी हुन् । उनी १९८६ मा निसानमा प्रवेश गरी चिनियाँ बजारको नेतृत्व गरेका थिए ।

२०१९ मा सेकी सीईओको दौडमा थिए, तर उचिडाले पद जिते ।

निसानको पुनरुत्थान योजनाको नेतृत्व गर्न चयन भए पनि उनी २०२० मा जापानी मोटर निर्माता निडेकमा सामेल हुन निसान छाडेका थिए ।

कमजोर वित्तीय प्रदर्शनको जिम्मेवारी लिँदै उनले २०२२ मा निडेक छाडे ।

जापानी सञ्चारमाध्यमका अनुसार निसान, होन्डा, फक्सकन र मित्सुबिशी मोटर्सबीच सम्भावित चार-पक्षीय सम्झौतामा सेकी बन्न सक्ने सम्भावना छ ।

निसान र होन्डाको ६० अर्ब डलरको मर्जर योजना फेब्रुअरीमा असफल भएको थियो । दुवै कम्पनीले डिसेम्बरदेखि मर्जरबारे वार्ता गरिरहेका थिए, तर होन्डाले निसानलाई आफ्नो सहायक कम्पनी बनाउन खोजेपछि वार्ता टुंगिएको हो । यो योजना पूरा भएको भए विश्वव्यापी कार उद्योगमा ठूलो परिवर्तन ल्याउने आँकलन गरिएको थियो । (एजेन्सीहरूको सहयोगमा)

निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै

निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ?

ट्रम्पको ट्यारिफ असर : सवारीसाधनको मूल्य २५ प्रतिशतसम्म बढाउने चेतावनी

Share News