
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको दोस्रो ठूलो सेयरधनी हो, विशाल ग्रुप । आर्थिक वर्ष २०७८/७९को तथ्याङ्क अनुसार नेपाल पुनर्बीमा कम्पनीमा यस ग्रुपको ३.०२ प्रतिशत अर्थात् ३५ लाख २२ हजार ५२८ कित्ता सेयर स्वामित्व छ ।
तर, विशाल ग्रुपले नेपाल रिमा भएको आफ्नो स्वामित्व धमाधम बिक्री गरेर बाहिरिन लागेको छ । ग्रुपले कम्पनीमा रहेको आफ्नो स्वामित्वको १५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा ग्रुपले ४८ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो ।
यसअघि गत असोजमा ग्रुपले आफ्नो स्वामित्वको १० लाख कित्ता सेयर बिक्री गरिसकेको छ । उक्त सेयर फरक फरक मूल्यमा बिक्री भएको थियो ।
कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज पुस २४ गतेदेखि माघ २९ गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल पुनर्बीमाबाट बाहिरिँदै विशाल ग्रुप, साढे ३३ करोडको सेयर बिक्रीमा राख्यो
नेपाल पुनर्बीमाको सेयर बिक्री नभएपछि मूल्य घटाएर बेच्दै विशाल ग्रुप
नेपाल रिबाट बाहिरिए विशाल ग्रुप र नेपाल इन्स्योरेन्स, एक अर्बको कारोबार