नेपाल पुनर्बीमाको सेयर बिक्री नभएपछि मूल्य घटाएर बेच्दै विशाल ग्रुप

<p>काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री नभएपछि विशाल ग्रुपले दोस्रो पटक संस्थापक बिक्रीमा राखेको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन खोजिरहेको छ । तर, उक्त सेयर बिक्री नभएपछि पुनः लिलामीमा राखेको हो । यसअघि कम्पनीले गत असोज ८ गतेदेखि असोज १४ गतेसम्म १० लाख कित्ता सेयर बिक्रीमा [&hellip;]</p>

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री नभएपछि विशाल ग्रुपले दोस्रो पटक संस्थापक बिक्रीमा राखेको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन खोजिरहेको छ ।

तर, उक्त सेयर बिक्री नभएपछि पुनः लिलामीमा राखेको हो । यसअघि कम्पनीले गत असोज ८ गतेदेखि असोज १४ गतेसम्म १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । तर, उक्त समयमा ५ लाख कित्ता सेयर मात्रै बिक्री भएको देखिन्छ ।

विशाल ग्रुपले आज कात्तिक १६ गतेदेखि कात्तिक २० गतेसम्म ५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । साथै, उक्त सेयरको मूल्य पनि घटाएर बोलकबोलमा राखेको हो । ग्रुपले प्रतिकित्ता न्यूनतम २७७ रुपैयाँमा बिक्रीमा राखेको हो । यसअघि उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकेको थियो ।

कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कात्तिक २० गतेसम्म निवेदन पेश गर्नु पर्नेछ ।

कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Share News