महिन्द्राको एक्सयूवी ३०० नेपालमा सार्वजनिक, कतिपर्छ मूल्य ?

  २०८० वैशाख ६ गते १८:५६     विकासन्युज

काठमाडौं । महिन्द्राले एक्सयूवी३०० गाडी सार्वजनिक गरेको छ । नेपालको लागि महिन्द्रा गाडीहरूको आधिकारिक वितरक अग्नि ग्रुपले बिहिबार एक कार्यक्रम गर्दै एक्सयूवी३०० मोडलको सार्वजनिक गरेको हो ।

अग्नि ग्रुपका अनुसार एक्सयूवी३०० मोडलको गाडी सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ । जसका कारण एक्सयूवी३०० नेपालको सबैभन्दा सुरक्षित सवारी मध्यको एक रहेको पनि बताइएको छ ।

एक्सयूवी३०० मा पेट्रोल म्यानुअल इन्जिन र ७ रंग सहित चारवटा भेरियन्टमा उपलब्ध छ । डब्लू ४, डब्लू ६, डब्लू ८ र डब्लू ८ ओ भेरियन्टमा यो गाडी रहेका छ ।

यो गाडीमा जडान भएको शक्तिशाली इन्जिन, उत्कृष्ट सुविधाले गर्दा आकर्षक लुक्स देखिन्छ । जसका कारण आरामदारयी यात्रा गर्न कम्पनीले जनाएको छ । डुअल फ्रन्ट एयरब्याग, इबीडी सहितको एबीएस, रिभर्स पार्किङ सेन्सर र अन्य धेरै सुरक्षा सुविधाहरू एक्सयूवी३०० मा रहेका छन् ।

एक्सयूवी३०० मा १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ११० पीयस र २०० एनएम टर्क प्रदान गर्ने पनि बताइएको छ । यस गाडीमा ६ स्पीड म्यानुअल गियरबक्स रहेका छन् ।

५ सेकेन्डमा ०-६० किलोमिटर प्रतिघण्टा गतिमा कुद्ने एक्सयूवी३०० टर्बोस्पोर्टको यो गाडी सबै भन्दा छिटो कुद्ने बताइएको छ । जसको मूल्य ४२ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका इन्टरनेशनल अपरेसन प्रमुख सचिन आरोलकरले एक्सयूवी३०० गाडीलाई नेपालमा ल्याउन पाउँदा उत्साहित रहेको बताए । ‘हामी विश्वस्त छौं, एक्सयूवी३०० को सुविधा र विकल्पहरूको विस्तृत प्याकेज नेपाली उपभोक्ताहरूका लागि एक आकर्षक मूल्य प्रस्ताव हुनेछ, यस गाडीमा यात्रा आरमदायी हुनको साथै यो नेपाली बाटोमा सुहाउँदो छ,’ उनले भने ।

यस्तो छ मूल्य

One comment on "महिन्द्राको एक्सयूवी ३०० नेपालमा सार्वजनिक, कतिपर्छ मूल्य ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.