काठमाडौं । सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डपमा सुरु भएको छ । खाद्य, पेय पदार्थ र आतिथ्यतामा केन्द्रित यस एक्स्पो असोज २ गतेसम्म हुनेछ ।
एक्स्पोम ६० प्रतिशत विगत वर्षहरूबाट र बाँकी नयाँ प्रदर्शकहरु रहने आयोजकले जानकारी दिएको छ । एक्स्पोमा करिब १५० कम्पनीहरुबाट करिब ५००० उत्पादन र सेवाहरु प्रस्तुत गरिएको आयोजकले जानकारी दिएको छ ।
एक्स्पो फुड, बेभरेज एण्ड हस्पिटालिटी बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुने आयोजक बताउँछन् ।
आयोजकले एक्स्पोमा ३० हजार बढी आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको बताएको छ ।