काठमाडौं । सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटीमण्डपमा हुने भएकाे छ । खाद्य, पेय पदार्थ र आतिथ्यतामा केन्द्रित यस एक्स्पाे भदाै ३१ गतेदेखि असोज २ गतेसम्म हुने भएकाे हाे ।
एक्स्पाेम ६० प्रतिशत विगत वर्षहरूबाट र बाँकी नयाँ प्रदर्शकहरु रहने आयाेजकले जानकारी दिएकाे छ । एक्स्पाेमा करिब १५० कम्पनीहरुबाट करिब ५००० उत्पादन र सेवाहरु प्रस्तुत गरिने आयाेजकले जानकारी दिएकाे छ ।
एक्स्पाे फुड, बेभरेज एण्ड हस्पिटालिटी बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजक बताउछन् ।
आयाेजकले एक्स्पाेमा ३० हजार बढी आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेकाे बताएकाे छ ।