कोरोना बीमा पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्छ, अभिकर्ताको कमिसन बढाऔं : अध्यक्ष ढुंगाना

  २०७९ साउन १८ गते १७:३०     विकासन्युज

काठमाडौं । कोरोना बीमा पोलिसी ल्याउने व्यक्तिलाई जेल हाल्नुपर्ने पेसागत अभिकर्ता संघका अध्यक्ष शम्भुप्रसाद ढुंगानाले बताएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै कोरोना पोलिसीबाट दुःख पाएको भन्दै पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्ने बताएका हुन् ।

‘कोरोना बीमा पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्छ, यो पोलिसीले गर्दा बीमा कम्पनीले दोष र अबजस खेप्नुपरेको छ,’ उनले भने ।

कोरोना महामारीको समयमा आम जनतालाई सहज होस् भन्ने हेतुले सरकारले कोरोना पोलिसी ल्याएको थियो । तर, बीमा कम्पनीले अर्बौं रकम बराबरको दाबी भुक्तानी नगर्दा बीमा कम्पनीप्रतिको विश्वास घटेको भन्दै छिट्टै भुक्तानी हुनुपर्ने मागहरु उठेका छन् ।

बीमितको घरमा नै गएर बीमा पोलिसी बिक्री गर्ने श्रमिक तथा अभिकर्ताको उचित मूल्याङ्कन हुनुपर्ने धारणा उनले राखे । अभिकर्तालाई दिँदै आएको ५ प्रतिशत कमिसन कम भएको भन्दै उनले बढाउन माग गरे ।

जीवन बीमा कम्पनीका अभिकर्ता जस्तै निर्जीवन बीमा कम्पनीका अभिकर्ताले पनि कमसिन पाउनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.