काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले तोकेको समयमा पूँजी वृद्धि नभए कारोबार रोक्ने चेतावनी दिएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको ९ औं वार्षिकोत्सवमा बोल्दै उनले कम्पनीलाई यस्ताे चेतावनी दिएका हुन् ।
‘तोकेको समयमा पुँजी बढाउनै पर्छ, होइन भने समितिले एक्सन लिन्छ, कारोबार रोक्छ,’ उनले भने ।
साथै, उनले अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने भए प्रक्रिया अघि बढाई काम गर्न निर्देशन दिए ।
यस्तै, समितिको नियमनमा बसेपछि समितिकै नियममा बस्नुपर्छ भन्दै अध्यक्ष सिलवालले २/४ महिनामा सबै अडिट सक्न राष्ट्रिय बीमा कम्पनीलाई निर्देशन दिएका छन् ।