अण्डरराइटिङमा एकपछि अर्को कमजोरी बाहिरिएपछि समितिले सबै सीईओलाई बोलायो

<p>काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई छलफलमा बोलाएको छ । बीमा समितिका अनुसार आइतबार ३ बजेका लागि कम्पनीहरूका सीईओहरुलाई समितिमा छलफलका लागि बोलाएको हो । पछिल्लो समय जीवन बीमा कम्पनीहरुकाे अण्डरराइटिङमा विभिन्न त्रुटीहरू बाहिरिन थालेपछि समितिले सीईओहरुलाई समितिमा छलफलका लागि बोलाएको हो । बीमा समितिका अनुसार छलफलमा अण्डरराइटिङको विषयमा वृहत [&hellip;]</p>

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई छलफलमा बोलाएको छ । बीमा समितिका अनुसार आइतबार ३ बजेका लागि कम्पनीहरूका सीईओहरुलाई समितिमा छलफलका लागि बोलाएको हो ।

पछिल्लो समय जीवन बीमा कम्पनीहरुकाे अण्डरराइटिङमा विभिन्न त्रुटीहरू बाहिरिन थालेपछि समितिले सीईओहरुलाई समितिमा छलफलका लागि बोलाएको हो । बीमा समितिका अनुसार छलफलमा अण्डरराइटिङको विषयमा वृहत छलफल हुनेछ ।

पछिल्लाे समय अण्डरराइटिङमा कमजाेरी भएकाे विषयहरु धेरै मात्रामा बाहिरिन थालेका छन् । शुक्रबार मात्रै एक बीमा कम्पनीले गरेको अण्डराइटिङमा ठूलाे त्रुटी गरेकाे घटना बाहिरिसकेकाे छ । साे अपराधिक घटनापछि समिति सीईओहरुलाई नै समितिमा बोलाएर छलफल गर्ने निर्णयमा पुगेकाे हाे ।

स्रोतका अनुसार आज बीमा कम्पनीहरुको अण्डराइटिङमा हुने गरेकाे कमजोरीलाई न्यूनीकरण गर्ने उपायसहितको छलफल हुनेछ । समितिले अब अण्डरराइटिङमा कडाइ गर्ने तयारी गरेको पनि बुझिएको छ ।

Share News