नेपालका ८६ कलेजले विदेश लगे १ अर्ब १५ करोडको डलर र पाउन्ड स्टर्लिङ

  २०७९ जेठ ९ गते ९:५९     विकासन्युज

काठमाडौं । नेपालमै संचालित कलेजले विदेशी विश्वविद्यालयसँगको सम्बन्धनका कारण बर्सेनि ठूलो परिमाणका रकम विदेश लाने गरेको पाइएको छ ।

विदेशका विभिन्न कलेजको सम्बन्धन लिएर नेपालमा संचालन भएका ८६ वटा कलेजले २०७७ सालको माघदेखि २०७८ को माघसम्ममा १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी रकम बराबरको अमेरिकी डलर, बेलायती पाउन्ड स्टर्लिङ र युरो साटेर विदेशी विश्वविद्यालयहरुलाई बुझाएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत एक वर्षको अवधिमा विभिन्न ८६ वटा कलेजले ५२ लाख ७५ हजार पाउण्ड स्टर्लिङ विदेश लगेका छन् । यो रकमको नेपाली रुपैयाँ प्रतिपाउण्ड स्टर्लिङ १५५ रुपैयाँ रहेकोले सो रकम ८१ करोड ७६ लाख रुपैयाँभन्दा बढी हुन्छ ।

यस्तै, विदेशी विश्वविद्यालयहरुको सम्बन्धन लिएका नेपाली कलेजहरुले २४ लाख ३५ हजार अमेरिकी डलर विदेश लगेका छन् । अहिले प्रतिडलर १२३ रुपैयाँ विनिमय दर रहेकोले सो रकम ३० करोड १९ लाख रुपैयाँभन्दा बढी हुन आउँछ ।

नेपालका कलेजहरुले ४० हजार ९२८ युरो र ३ लाख ११ हजार ८१० सिंगापुर डलर पनि विदेश लगेका छन् । कलेजहरुले सम्बन्धन तथा रजिष्ट्रेसन शुल्क भनेर विदेशी विश्वविद्यालयहरुलाई शुल्क बुझाउने गर्छन् ।

धेरै पैसा लैजाने ३ कलेज

द ब्रिटिस कलेज – थापाथली काठमाडौंमा रहेको बृटिस कलेजले आर्थिक वर्ष ०७८/०८९ को पुस महिनासम्ममा २७ करोड १८ लाख २५ हजार ९ सय नेपाली रुपैयाँ रजिष्ट्रेसन शुल्क बापत भनेर मुद्रा सटहीको अनुमति लिएको शिक्षा मन्त्रायबाट प्राप्त तथ्यांकमा उल्लेख गरिएको छ । सो कलेजले लिड्स ब्याकेट युनिभर्सिटी युके र युनिभर्सिटी अफ द वेस्ट इङ्ल्यान्डबाट विभिन्न ८ वटा विषयमा सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्स – काठमाडौंकाे डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले बेलायतमा रहेको कन्भेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन लिएर २ विषयमा विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएको जनाएको छ । सो कलेजले २०७७ फागुन देखि ०७८ मंसिरसम्ममा रजिष्ट्रेसन शुल्क बापत भनेर ५ करोड ११ लाख ३५ हजार १ सय ९२ रुपैयाँ नेपाली मुद्रा सटहीको अनुमति लिएको प्राप्त तथ्यांकमा उल्लेख गरिएको छ ।

इस्लिङटन कलेज – इस्लिङटन कलेज काठमाडौंले शिक्षा मन्त्रायबाट ०७८ साउनदेखि ०७८ पुससम्ममा ८ करोड ८३ लाख ८ हजार ६ सय ५० नेपाली रुपैयाँको मुद्रा सटहीको स्वीकृति लिएको देखिन्छ । सो कलेजले विभिन्न १३ वटा विषयमा विदशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

कुनले कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.