काठमाडौं । आईएमएफ तथ्यांक डिभिजनका पूर्व प्रमुख डा. मणिकलाल श्रेष्ठले अझै ४/५ वर्ष रेमिट्यान्सबाट मुभ हुन नसकिने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अझै पन नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको विकल्प नभएको बताउँदै तत्काल यसबाट मुभ हुन नसकिने धारणा राखेका हुन् । उनले रेमिटेन्सलाई मुख्य आधार बनाउँदा पनि अर्थतन्त्रमा बेला बेला समस्या आएको बताए ।
यस्तै, उनले आयात उच्च हुँदा समस्या भएको र सरकारले हतारमा निर्णय गर्दा पनि समस्या सिर्जना हुने धारणा राखे ।
‘नीतिगत निर्णय गर्दा त्यसको इम्याक्ट पनि बुझ्न आवश्यक हुन्छ, तर, नेपालले समस्याबाट सिकिरहेको छ, यो प्रवृतिको सुधार आवश्यक छ,’ उनले भने ।