बैंकहरुले घरजग्गामा उच्च कर्जा दिँदा तरलतामा समस्या आयो : डा. गौचन

  २०७९ वैशाख २१ गते १०:३६     विकासन्युज

काठमाडौं । अर्थशास्त्री डा. विश्वास गौचनले बैंकहरुले ट्रेड तथा घरजग्गामा उच्च रुपमा कर्जा प्रवहन गर्दा तरलतामा समस्या देखिएको बताएका छन् । बुधबार नेपाली अर्थतन्त्रको आगामी दिशा विषयमा राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘बैंकहरुको उच्च कर्जा ट्रेड र घरजग्गामा कर्जा गएको देखिएको छ, जुन हिसाबले कर्जा बढेको छ त्यही हिसावमा जग्गाको मूल्य बढेको हो, तरलताको समस्या आउनुमा पनि यसको केही भूमिका छ,’ उनले भने ।

यस्तै उनले ३० वर्षको अवधिमा निजि क्षेत्रको कर्जा वृद्धि २०.३ प्रतिशत भएपनि आर्थिक वृद्धि ४.३६ प्रतिशत, मुद्रास्फिति ७.७ प्रतिशत र आयात १५.७ प्रतिशत रहेको बताए ।

उनले आयातको वृद्धिले वाह्य क्षेत्रमा दवाव पारेको र अनौपचारिक क्षेत्रमा कर्जाको धेरै माग रहेको बताए । बैंकिङ क्षेत्रको आकार अर्थतन्त्र (जीडीपी) को आकार बराबर भइसकेको र यो प्रवृत्ति कायम रहे अबको केही वर्षमा कर्जा विस्तार दोब्बर हुने उनको भनाइ छ ।

यस्तै उनले राष्ट्र बैंकले पनि यसको गम्भिरता महसुस गरेकाले कर्जा विस्तारको दर १९ प्रतिशतमा हुने अनुमान गरेपनि धेरै भएको बताए । विद्युतिय सवारी साधन आयात गरेर वाह्य क्षेत्रको समस्या समाधान नहुने उनको भनाइ छ ।

निजी प्रयोजनका लागि हल्का सवारी साधन आयातमा दिइएको भन्सार छुट तथा अन्य सुविधाले प्रचार गरिएजस्तो जलवायु परिवर्तन कम गर्न योगदान हुने, प्रदूषणमा उल्लेख्य कमी आउने, भुक्तानी सन्तुलनमा योगदान हुने, स्वदेशमै उत्पादित बिजुलीको खपतमा उल्लेख्य वृद्धि हुने नदेखिएको उनले बताए ।

One comment on "बैंकहरुले घरजग्गामा उच्च कर्जा दिँदा तरलतामा समस्या आयो : डा. गौचन"

  • Janata says:

    व्यापारी पनि जग्गा दलाल भए पछि, नाम व्यापारको तर जग्गा किन्ने, व्यापार नगर्ने पछि प्लटिंग गरेर त्यही जग्गा बेच्ने परिपाटी मौलाएको थियो । लाचार सरकारले कतै सुकुम्बासीको नाममा जग्गा बाँड्दै हिंड्छ, भने जग्गा दलालले जता जता प्लटिंग गर्छन् त्यसको पछि पछि पानी, बत्ति र फोन बाँड्दै हिंड्छ । यहाँ व्यापारी र दलालको फन्दामा बैंकर, सरकारी कर्मचारी र नेताहरु फँसेका छन् र उनीहरुको स्वार्थ अनुसार नीति बन्ने तथा काम हुने गर्दछ । होईन भने देशमा के कुराको विकास भएको छ ? नमूना विकास भएको छ र कतै ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.