सेबोनको अध्यक्ष बने रमेश हमाल, को हुन् उनी ?

  २०७८ फागुन ५ गते १६:५९     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा  रमेशकुमार हमाल नियुक्त भएका हुन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव भएका उनले संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेका थिए ।

हमाल पूर्व गैरआवासिय नेपाली पनि हुन् । उनले एनआरएन थाइल्याण्डका पूर्व अध्यक्षका रुपमा काम गरिसकेका छन् । हमालकाे घर कैलाली हो । हाल उनी ललितपुरमा बस्दै आएका छन् । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव छ । हमाल पूर्वाधार, वित्तीय र घरजग्गा क्षेत्रको विज्ञका रुपमा पनि परिचित छन् ।

इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका डोटी सिलगढीका हमालले ८ वर्ष नेपाल विद्युत प्राधिकरणमा काम पनि गरेका थिए ।

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले बोर्डको अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सिफारिस गरेको थियाे।

समितिले डा. गोपाल प्रसाद भट्ट, रमेशकुमार हमाल र कृष्णराज पोखरेलको नाम सिफारिस गरेको थियाे । आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको थियो । ५ जनामा डा. गोपाल भट्ट, डा. रमेश हमाल, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल र निरज गिरी परेका थिए ।

सम्बन्धित सामग्री: सेवोन अध्यक्षका ३ प्रत्यासीः घरजग्गा, सेयर बजारदेखि बैंकसम्मका विज्ञ, कसको सम्भावना बलियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.