सेबाेन अध्यक्षका लागि पुनः आवेदन माग, यसअघि दिएकाको के हुन्छ ?

  २०७८ पुष १५ गते १०:१०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबाेन) को अध्यक्ष नियुक्तका लागि सरकारले दोस्रो पटक सूचना प्रकाशन गरेको छ । बोर्डमा अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले बिहीबार पुनः सूचना प्रकाशन गरेको हो । यसअघि निकालिएको सूचनालाई रद्द गर्दै पुनः दोस्रो पटक सूचना निकालिएको हो ।

धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिन भित्र (पुस २९ गतेसम्म) आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

१५ दिनभित्र इच्छुक आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन् ।

यसअघि कात्तिक ११ गते जारी गरिएको सूचना अनुसार आवेदन दर्ता गराएका आवेदकले पुनः आवेदन दर्ता गर्नसमेत सकिने जनाईएको छ ।
आवेदन दिन धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकान, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ ।

यस्तै, आवेदकले आवेदन दिने अवधि भित्र ३० वर्ष पुरा भई ६० वर्ष ननाघेको समेत हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

सूचना अनुसार यसअघि आवेदन दिएका आवेदकले दोस्रो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन फिर्ता लिन सक्नेछन् । सेबन अध्यक्षको आवेदनका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

गत कात्तिक ११ गते जारी गरिएको अध्यक्षको आवेदनमा ११ जनाले आवेदन दिएका थिए । जसमा बोर्डका कार्यकारी निर्देशन निरग गिरी र उप कार्यकारी निर्देशक डा.नवराज अधिकारीले समेत आवेदन दिएका थिए । त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेप्सेका पूर्वसीईओ सिताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईले पनि बोर्डको अध्यक्षको लागि आवेदन पेश गरेका छन् ।

त्यसैगरी, डा. केशव प्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, जीवन अमगाई र कृष्ण आचार्यले बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए ।

धितोपत्र बोर्डको अध्यक्ष बन्न ११ जनाले दिए आवेदन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.