धितोपत्र बोर्डको अध्यक्ष बन्न ११ जनाले दिए आवेदन

  २०७८ कार्तिक २५ गते १७:०३     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न हालसम्म ११ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का पूर्व सीईओ सिताराम थपलियासहित ११ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा बोर्डका कार्यकारी निर्देशन निरग गिरी र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी रहेका छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेप्सेका पूर्वसीईओ सिताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईले पनि बोर्डको अध्यक्षको लागि आवेदन पेश गरेका छन् ।

त्यसैगरी, डा. केशव प्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, जीवन अमगाई र कृष्ण आचार्य पनि बोर्डको अध्यक्ष बन्नका लागि दावेदार पात्र हुन् ।

मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गरिसकेको छ । उक्त समितिले आवेदन दिएका मध्ये कम्तिमा ३ जना आवेदकको नाम सिफारिस गर्ने छ । र, मन्त्रिपरिष्दको बैठकले छानिएका आवेदकमध्ये एक जनालाई नियुक्त गर्ने प्रकृया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.