तामाङसहित पक्राउ पर्ने १२ जनाकाे विवरण सार्वजनिक, बचतकर्ताकाे ७१ करोड हिनामिना

  २०७८ असोज १९ गते १५:४७     विकासन्युज

काठमाडौं । निक्षेपकर्ताको कुल ७० करोड ८७ लाख १३ हजार ८२१ रुपैयाँ ३२ पैसा रकम ठगी गरेको भन्दै प्रहरीले सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका अध्यक्ष, पूर्व अध्यक्ष, सञ्चालक तथा कर्मचारी गरी १२ जनालाई प्रहरीले पक्राउ गरी उनीहरुको विस्तृत विवरण सार्वजनिक गरेको छ । पक्राउ पर्नेको सूचीमा सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका पूर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकको अध्यक्ष इच्छाराज तामाङ १ नम्बरमा छन् । ५७ वर्षिया तामाङ काठमाण्डौंको किर्तिपुरस्थीत ट्याङलाफाँटमा बस्दै आएका थिए ।

त्यस्तै सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पक्राउ परेको छन् । ६२ वर्षिया श्रेष्ठ काठमाडौं महानगर पालिका वडा नम्बर १६ मा बसोबास गर्दै आएका थिए । सहकारीमा सहजकर्ता प्रबन्धकको भूमिकामा काम गर्दै आएका भगवान बहादुर सिंह, जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन, जुनियर असिसटेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकर प्रसार पाठक, संगिता श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर साहयक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना रहेका छन् ।

त्यस्तै प्रहरीले सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र पूर्व लेखा समितिका सदस्य हरिहर लामिछानेलाई पनि पक्राउ गरेको प्रहरी उपनिर्देशक श्याम कुमार महतोले जानकारी दिए ।

४६ करोड ठगी अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

काे-काे परे पक्राउ ?

निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछी खाताबाट रकम झिक्नको लागि पटक–पटक ताकेता गर्दा पनि फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी परेपछि केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार उनीहरुलाई पक्राउ गरेको थियो ।

निक्षेपकर्ताले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि पटक पटक ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरेको जाहेरी प्रहरीलाई दिएका छन् ।

कमल, राजेन्द्र, सुधिरपछि इच्छाराजको नजिरः रातारात अर्बपति बनाउँदै जेल पठाउँदै घरजग्गा व्यवसाय

१३७ जना पिडित वचतकर्ताहरुले उक्त को–अपरेटिभको बचत तथा मुद्दती खातामा रहेको कुल ७० करोड ८७ लाख १३ हजार ८२१ रुपैयाँ ३२ पैसा पाउनु पर्ने माग गरेका छन् । प्रहरीले अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को–अपरेटिभबाट निक्षेप तथा व्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि समेत यस ब्यूरोमा सम्पर्क गर्न हुन अनुरोध गरेको छ ।

उक्त को-अपरेटिभ लिमिटेडमा रहेका सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरित एकै व्यक्ति संस्थापक रहेको बिभिन्न परियोजनाहरुमा लगानी गरेको र उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त को–अपरेटिभ लि. जोखिममा रही सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका बिभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगेको प्रहरीले जनाएको छ । सिभिल ग्रुपका अध्यक्ष तामाङले सम्पत्ति शुद्दिकरणको कसुर गरेको हुनसक्ने भन्दै सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसूर गरेको देखिन आएकोले सोही अनुसार कारवाही चलाइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.