एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ्ले शुक्रबारदेखि कार्यभार सम्हाल्ने

  २०७८ असोज ७ गते १७:११     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ् राईले असोज ८ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । यससँगै सीईओ खालिङ्ले भोली शुक्रबारदेखि बैंकमा आफ्नो पहिलो कार्यभार सम्हाल्ने छन् ।

यससँगै बैंकले पहिलो पटक नेपाली सीईओ पाएको छ ।

सीईओ खालिङसँग सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंक लिमिटेडको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा काम गरेको लामो अनुभव छ ।

साढे २ दशक बैंक तथा वित्तीय संस्थामा अनुभव हासिल गरिसकेको उनी एक परिचित बैंकरमा रुपमा परिचित छन् । उनलाई बैंक तथा वित्तीय संस्थामा सञ्चालन तथा बैंकिङ जोखिममा राम्रो अनुभव र दक्षता भएको बैंकरका रुपमा धेरैले चिन्छन् ।

सम्बन्धित समाचार

एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ नियुक्त, को हुन् उनी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.