नेपाल इन्स्योरेन्सबाट बिदा हुँदै सीईओ शाह, लगानी वृद्धिसँगै हालसम्मकै उच्च नाफा कमाउन सफल

  २०७८ साउन ८ गते १३:३३     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह इन्स्योरेन्सबाट बिदा हुने भएका छन् । कम्पनीमा आफ्नो ४ वर्षे कार्यकाल सफलता पूर्वक पुरा गरि उनी साउन ९ गते शनिवारदेखि बिदा हुँदै छन् ।

शाह कुशल व्यवसायिक व्यवस्थापक रहेको र उनको नेतृत्वमा नेपालको पहिलो बीमा कम्पनी व्यवसायिक कम्पनीमा रुपान्तरित भएको उक्त कम्पनीले जनाएकाे छ ।

शाहको नेतृत्वमा विभिन्न इन्स्योरेन्सले विभिन्न उपलब्धिहरु हासिल गरेको कम्पनीले जनाएकाे छ । यो अवधिमा कम्पनीले १९ शाखालाई वृद्धि गरी ५० पुर्याएको छ । २९ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी वृद्धि भई एक अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

ऋणात्मक रहेको कम्पनीको नेटवर्थ २०७८ असारमा एक सय रुपैयाँ र लगानी ३ अर्ब रुपैयाँ पुगेको छ । २०७८ असार मसान्तसम्ममा इन्स्योरेन्सको अनुमानित नाफा ३५ करोड रुपैयाँभन्दा बढी हो, जुन हालसम्मकै उच्च रहेकाे कम्पनीले जानकारी दिएकाे छ ।

त्यस्तै, प्रत्यक्ष रोजगारी कर्मचारीको संख्या १३९ बाट बढेर २७५ पुगेको छ । साथै, विश्वका उत्कृष्ट पुनर्बीमा कम्पनी, ब्रोकरलाई भित्राएको कम्पनीले अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरी नेपाली बीमा उद्योगलाई चिनाउन सफल भएको छ ।

शाह उर्जाशील शाह वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट, एमबीए, तथा फिलिपिन्समा सचिवालय रहेको विकासशी देशको बीमक तथा पुनर्बीमकहरुको संघको वर्तमान अध्यक्ष पनि हुन् ।

उनी नेपाल व्यवस्थापन संघबाट २०१४ मा वर्षको उत्कृष्ट व्यवस्थापकबाट सम्मानित समेत भएका थिए । ३५ वर्षभन्दा बढीको कार्यानुभव भएका शाह देशमा कार्यरत बीमा कम्पनीको साझा संघ, नेपाल बीमक संघलाई संस्थागत गरी २ कार्यकाल अध्यक्ष भैसकेका छन् ।

उक्त कम्पनीमा शाहको ४ वर्षे कार्यकाल शुक्रबार सकिएको हो । सञ्चालक समितिले विहीबार नै उनलाई धन्यवादसहित विदाई गरेको थियो भने कर्मचारीहरुले शुक्रबार विदाई कार्यक्रम गरेका छन् ।

शाहको इच्छामा नै पुर्ननियुक्ती नभएको ती सञ्चालकले बताए । ‘शाहको नेतृत्वमा विगत चार वर्षमा कम्पनीले धेरै राम्रो गरेको थियो । अनियमित बनेको लेखापरिक्षणलाई नियमित बनाउने, कम्पनीको व्यवयाय बनाउने, नाफा बढाउने, लगानीकर्तालाई तुलनात्मक रुपमा बढी प्रतिफल दिने र समग्रमा कम्पनीलाई माथि लैजाने काममा उनको योगदान स्मरणीय नै छ’ उनले भने ।

आगामी केही महिना घुमफिरमा विताउने र त्यसपछि पुर्न बीमा क्षेत्रमा फर्कने चाहाना भएको शाहले बताए ।

शाहकाे विधाइसँगै कम्पनीले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ । पोखरेल सोही कम्पनीमा डेपुटी सीईओ पदमा कार्यरत छन् । तत्काल बाहिरबाट सीईओ ल्याउने तयारी नभएको कम्पनीका एक सञ्चालकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.