नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ती गर्ने प्रस्ताव पारित, चुक्ता पुँजी ४२ करोड पुग्ने

  २०७८ जेठ २५ गते २१:११     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । जेठ २५ गते सम्पन्न संस्थाको विशेष साधारण सभा सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै संस्थाले महिला सहयात्रालाई १००ः६० को स्वाप रेसियोमा प्राप्ती गर्ने भएको हो ।

महिला सहयात्रा प्राप्ति पश्चात नेशनल माइक्रोफाइनान्सको पहुँच ७० जिल्लाको १०० वटा शाखा कार्यालय मार्फत १ लाख ४५ हजार घर परिवारमा सेवा पुग्ने छ । त्यसैगरि लगानीमा रहेको कर्जा १० अरब, बचत २ अरब ५० करोड, चुक्ता पुँजी ४२ करोड र कर्मचारीहरु करीब ६०० जना पुग्ने कुरा संस्थाको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले जानकारी गराए ।

२०७१ असार १८ गतेदेखि सञ्चालनमा आएको राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त स्थापनाको हाल सातौ वर्षको अवधीसम्म ४७ जिल्लाको ६५ वटा शाखाहरु मार्फत १ लाख ५ हजार घरपरिवारहरुलाई सेवा पुर्याउदै आएको छ ।

सम्बन्धित समाचार

महिला सहयात्रालाई नेशनल माइक्रोफाइनान्सले प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.