महिला सहयात्रालाई नेशनल माइक्रोफाइनान्सले प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

<p>काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने प्रस्ताव पारित छ । जेठ २५ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले निलकण्ठ गाउँपालिका वडा नंं.३ धादिङबेसी स्थित नेशनल माइक्रोफाइनान्समा समाहित हुने प्रस्ताव पारित गरेको हो । सभाले दुई सस्था विच प्राप्ती/समाहित प्रयोजनका लागि मुल्यांकन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्वको मुल्यांकन प्रतिवेदनका [&hellip;]</p>

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने प्रस्ताव पारित छ । जेठ २५ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले निलकण्ठ गाउँपालिका वडा नंं.३ धादिङबेसी स्थित नेशनल माइक्रोफाइनान्समा समाहित हुने प्रस्ताव पारित गरेको हो ।

सभाले दुई सस्था विच प्राप्ती/समाहित प्रयोजनका लागि मुल्यांकन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्वको मुल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात महिला सहयात्रा लघुवित्तको १०० कित्ता सेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्तको ६८ कित्ता सेयर कायम गरि समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

गत जेठ ९ गते गाभ्ने/गाभिने सम्वन्धी भएको अन्तिम सम्झौता अनुसार महिला सहयात्रा लघुवित्त संस्थाको यस विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको महिला सहयात्रा लघुवित्तको चुक्ता पुँजी १४ करोेड ६४ लाख रुपैयाँ रहेको छ । प्राप्ती (एक्विजीसन) पछि नेशनल माइक्रोफाइनान्स लघुवित्त पुँजी, व्यवसाय, शाखा संजाल समेतका हिसावले ठूलो तथा मजबुत लघुवित्त वित्तीय संस्था बन्नेछ । संस्थाको चुक्ता पुँजी करिब ४१ करोड, कुल निक्षेप २ अर्ब ५० करोड भन्दा बढी र कुल कर्जा लगानी १० अर्ब रुपैयाँभन्दा बढि पुग्नेछ ।

त्यस्तै, १०० वटा शाखा कार्यालयहरु र ५५० भन्दा बढी कर्मचारीहरु मार्फत करिब १ लाख४० हजार ग्राहकलाई सेवा प्रदान गर्ने एक सवल राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हुने छ ।

सम्बन्धित समाचार

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ती गर्ने प्रस्ताव पारित, चुक्ता पुँजी ४२ करोड पुग्ने

Share News