नेपालमा अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न क्रियसनलाई कोका-कोला फाउन्डेशनको सहयोग

  २०७८ जेठ २० गते १९:४७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका-कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ । यो युनिट कोभिड-१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक हो ।

यो रकम कोका-कोला फाउन्डेशनले नेपाल रेड क्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको हो ।

यो दुवै सडक र हवाई द्वारा परिवहन योग्य छ र यसलाई चाँडै स्थापना गर्न सकिन्छ । यी युनिटहरु नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा हुने छैन । प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ । फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले क्रियसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० वटा युनिटहरुको माग गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.