नेपाल टेलिकमले डाक्यो वार्षिक साधारणसभा, ४० प्रतिशत नगद लाभांश पारित गर्ने

<p>काठमाडौं । नेपाल टेलिकमले आगामी चैत १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा तेह्रौं वार्षिक साधारणसभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले आगामी चैत १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा तेह्रौं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ ।

त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने भएको छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्ने छ ।

सम्बन्धित समाचार

टेलिकमले घोषणा गर्यो हालसम्मकै थोरै लाभांश

नेपाल टेलिकमको नाफा घट्यो, यस्तो छ कारण

Share News