नेपाल टेलिकमको नाफा घट्यो, यस्तो छ कारण

  २०७७ माघ ३० गते १२:०३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा नेपाल दूरसञ्चार कमपनी लिमिटेडको नाफा घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको दोस्रो वित्तीय विवरणका अनुसार गत आवकाे दाेस्राे त्रैमासकाे तुलनामा चालु आवकाे दाेस्राे त्रैमासकाे कम्पनीकाे नाफा ३३ प्रतिशतले घटेकाे हाे ।

गत आवमा ४ अर्ब ९३ कराेड नाफा गरेकाे कम्पनीले चालु आवकाे मसान्तसम्म ३ अर्ब ३२ कराेड नाफा गरेकाे हाे ।

कम्पनीको गत आवको दित्तीय त्रैमाससम्ममा कुल सेवा वाफतको आम्दानी १८ अर्ब ३ करोड ५७ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा कुल सेवा वाफतको आम्दानीमा १‍.७४ प्रतिशतले कमि आई १७ अर्ब ७ ७२ करोड ४९ लाख रुपैयाँ कायम रहेको छ ।

यस्तै, चालु आवको प्रथम त्रैमासमा कुल ८ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ आम्दानी रहेकोमा चालु आवको दोस्रो त्रैमासमा ४५ करोड ४२ लाख ३३ हजार रुपैयाँले वृद्धि भई ९ अर्ब ८ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

यतै, कम्पनीको चालु आवको दोस्रो त्रैमासमा १ अर्ब ७७ करोड १६ लाख रुपैयाँ नाफा भएको छ भने कम्पनीले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो ।

गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको दोस्रो त्रैमासको नाफा भने घटेको छ । कम्पनीले कोरोना भाइरसको कारण नाफा घटेको बताएको छ । बैंक तथा वित्तिय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आवको सोहि अवधिमा घट्न गएको हुँदा व्याज आम्दानीमा पनि करिब  २० करोड ७४ लाखले आएको कमी बताएकाे बताएकाे छ ।

महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गरिएको हुँदा जीएसएम सेवा तर्फ अघिल्लो आव को प्रथम त्रैमासिकको तुलनामा डाटाको कन्जम्सन बढेतापनि राजश्वमा आएको कमी र काेराेना महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको अभुतपूर्व गिरावट तथा ओटीटी को वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा आएको भारी गिरावट आएकाे बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.