स्थगित भएको निफ्राको सेयर कारोबार पुनः शुरु, मूल्य ९.९३ प्रतिशतले घट्यो

  २०७७ फागुन १२ गते १३:३९     विकासन्युज

काठमाडौं । स्थगित भएको नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा)को सेयर कारोबार पुनः शुरु भएको छ । नेप्सेको गडबडका कारणले बैंकको सेयर कारोबार केही समयको लागि स्थगित भएको थियो ।

उक्त समस्या समाधान भएसँगै संस्थाको सेयर कारोबार पुनः शुरु भएको छ । कारोबार शुरु भएपछिको कारोबार बैंकको सेयर मूल्य ९.९३ प्रतिशतले घटेर प्रतिकित्ता ५३५ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ५९ रुपैयाँले घटी हो । मंगलबारको बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता ५९४ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको बजारमा जस्तै बुधबारको बजारमा बैंकको सेयर किन्ने कोहि देखिएका छैनन् तर बेच्नेको भने अधिक चाप देखिएको छ । यो समाचार तयार पार्दासम्म बैंकको ७४ लाख २२१ कित्ता सेयर बिक्रीमा रहेको छ ।

सम्बन्धित समाचार

यसकारण निफ्राको सेयर कारोबार स्थगित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.