काठमाडौं । नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन (एनएमबीए) ले नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावललाई भेटेर बधाई तथा शुभकामना दिएको छ ।
एसोसिएसनका अध्यक्ष रामबहादुर यादवको नेतृत्वमा पूर्वउपाध्यक्ष रामहरी दाहाल, सल्लाहकार तथा पदाधिकारीहरूको टोलीले रावललाई भेटेर नियुक्तिको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।
भेटका क्रममा एसोसिएसनका पदाधिकारीहरूले लघुवित्त क्षेत्रको स्थिरता, प्रभावकारी नियमन र संस्थागत सुदृढीकरणमा डेपुटी गभर्नर रावलको नेतृत्वबाट थप सहयोग र समन्वयको अपेक्षा रहेको बताएका छन् ।
सो अवसरमा डेपुटी गभर्नर रावल र एसोसिएसनका प्रतिनिधिबीच लघुवित्त क्षेत्रका समसामयिक विषय, नियामकीय व्यवस्था तथा क्षेत्रको सुधार र विकासका विविध पक्षमा छलफल भएको एसोसिएसनले जनाएको छ ।