यसकारण निफ्राको सेयर कारोबार स्थगित

  २०७७ फागुन १२ गते १२:३२     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा नेपाल इन्फ्राष्ट्रक्चर बैंक(निफ्रा) को सेयर कारोबार स्थगित भएको छ । कम्पनीको सेयर मूल्यमा गडबढ भएसँगै बैंकको सेयर कारोबार स्थगित भएको हो ।

बजारमा संस्थाकाे अन्तिम कारोबार मूल्य शुन्य हुन गएको छ । नेप्सेकाे गल्तीकाे कारणले अन्तिम कारोबार मूल्य ५९४ रूपैयाँ हुनुपर्नेमा शुन्य हुन गएकाे हाे । त्यसैले संस्थाको सेयर मूल्य शतप्रतिशतले घटेको देखिएको हाे ।

अघिल्लाे दिन अर्थात मंगलबारको बजारमा बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको थियो । र, अन्तिम कारोबार प्रतिकित्ता ५९४ रुपैयाँमा भएको थियो । तर, नेप्सेको गल्तीको कारण बुधबारकाे बजारमा संस्थाको अन्तिम कारोबार मूल्य शुन्य हुन पुगेको हो ।

हाल उक्त समस्यालाई समाधान गर्ने प्रयास भइरहेको नेप्सेले जनाएको छ । निफ्राकाे काराेबार स्थगित भएपनि अन्य कम्पनीकाे काराेबारमा भने केही समस्या देखिएकाे छैन ।

बुधबार साढे १२ बजेसम्ममा नेप्से परिसूचक ३०.४२ अंकले घटेर २५५६ बिन्दुमा झरेको छ । उता सेन्सेटिभ इन्डेक्स भने ९.२२ अंकले बढेर ४७७ बिन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म बजारमा २ अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यो अवधिसम्म नेपाल फाइनान्सको सेयर सकारात्म सर्किट लेभलमा कारोबार भएको छ । संस्थाको मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३५३ रुपैयाँ पुगेको छ । त्यस्तै, अन्य समूह बाहेक कारोबारमा आएका बाँकी समूह उकालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.