जन्मदिनमा ओलीलाई सर्वाेच्चकाे अविस्मरणीय उपहार

  २०७७ फागुन ११ गते १८:३८     विकासन्युज

काठमाडौं । आज फागुन ११ गते ।  आजै प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन । उनले आफ्नो ७०औं  जन्मदिन सरकारी निवास बालुवाटारमा पिता मोहन प्रसाद ओलीको हातबाट टिका लगाएर खुसीका साथ मनाए ।

पारिवारिक जमघटमा जन्मदिन मनाएका ओली निकै खुसी मुद्रामा देखिन्थे । दोस्रो कार्यकालका रुपमा प्रधानमन्त्रीको पदमा रहेर जन्मदिन मनाउने ओलीको ७० औं वर्षदिन भने एक उपहारको रुपमा उनको जिवनमा आयो ।  त्यो हाे प्रतिनिधिसभा पुनर्स्थापना । जुन उनी अब कहिल्यै बिर्सिने छैनन् ।

हो, आज सर्वोच्च अदालतले प्रतिनिधिसभा सम्बन्धि परेको रिटलाई सदर गर्दै संसद पुनरर्स्थापनाको फैसला सुनाएको छ । प्रधानमन्त्री ओलीले नेकपा भित्रको आन्तरिक विवादकै कारण एकलौटी र व्यक्तिगत सनकमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा संसद विघटनको सिफारिस गरेका थिए । उनले सो सिफारिस गरेको केही घण्टामै राष्ट्रपति भण्डारीले पनि प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

त्यसविरुद्द सर्वोच्चमा १३ वटा मुद्दा दायर भएका थिए । यो बिचमा धेरै अनुमान र अडकलवाजी पनि भए ।  धेरैले प्रधानमन्त्री ओलीले अदालतसँग सेटिङ गरेर प्रतिनिधिसभा विघटन गरेको भन्नले लगायतका हावा गफ पनि फैलाए । सत्ता पक्ष नेकपाकै एक समूह (प्रचण्ड-माधव) ले सडकमा आन्दोलन समेत गर्यो ।

तर, अन्त्यमा सर्वोच्च अदालतले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै प्रतिनिधिसभा संसद पुनर्स्थापनको आदेश दियो । जुन सर्वोच्चको ऐतिहासिक फैसला हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन विरुद्द परेको रिटलाई सदर गर्दै पुर्स्थापनाको फैसला सुनाएको हो ।

सर्वोच्चले १३ दिन भित्र प्रतिनिधि सभा बैठक बोलाउन पनि आदेश दिएको छ । आजै जन्मदिन मनाएका ओलीलाई भने सर्वोच्च अदालतले गज्जवको सर्प्राइज मात्र होइन संसद पुनर्स्थापनको उपहार पनि दिएको छ ।

नेकपा प्रचण्ड-ओली समूहकी नेतृ रामकुमारी झाँक्रीलाई म्यारिज एन्निभर्सरी अर्थात विवाह वर्षगाँठ मनाउन नदिएर केही घण्टा हिरासतमा राख्न लगाएका ओलीलाई उनकै जन्मदिनमा सर्वोच्चले संसद पुनर्स्थापना गरेर उनलाई नै बर्थडे सरप्राइज दिनु उनको लागि नौलो कूरा होइन ।

सम्बन्धित सामाग्री
 ओलीले यसरी मनाएका थिए जन्मदिन (फोटोफिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.