नेपाल लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सञ्चालकमा दुई जना निर्वाचित

  २०७७ माघ २८ गते १८:१२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ २७ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । सीईओमा उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने सञ्चालक समितिको विश्वास रहेको छ ।

विगत साढे ३ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए ।

यससँगै, माघ २८ गते सम्पन्न इन्स्योरेन्सको सभाले सञ्चालक समितिमा २ जनालाई निर्विरोध निर्वाचित गरेको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक विमल प्रसाद ढकाल र कृष्णराज लामिछानेलाई निर्विरोध निर्वाचित गरेको हो ।

सम्बन्धित समाचार

नेपाल लाइफले अंकित मूल्य ५० रुपैयाँ बनाउने निश्चित, पारित भयो ५१ प्रतिशत लाभांश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.