अपि पावरका सेयरधनीले माघभित्रै २ वर्षको बोनस र हकप्रद सेयर पाउने

  २०७७ माघ १३ गते ११:४४     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीका सेयरधनीले यहि माघ मसान्तभित्रै २ आर्थिक वर्षको बोनस र हकप्रद सेयर पाउने भएका छन् । मंसिर ८ गते सम्पन्न कम्पनीको सभाले पारित गरेको दुई आर्थिक वर्षको बोनस र हकप्रद सेयर सेयरधनीले यो महिनाभित्रै आफ्नो डिम्याट खातामा पाउने भएका हुन् ।

कम्पनीले पछिल्ला २ आर्थिक वर्षको बोनस सेयर तथा हकप्रद सेयरको बाँडफाँड पश्चात सम्बन्धित हितग्राहीको खातामा जम्मा गर्ने काम २०७७ माघ मसान्तसम्म गर्ने तयारी भइरहेकाे जानकारी गराएकाे हाे ।

कम्पनीकाे सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत दरले र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे । यसैगरी सभाले नयाँ चुक्ता पुँजीको १ बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको थियाे ।

कम्पनीले हालै हकप्रद सेयर निष्काशन गरेर चुक्ता पुँजी वृद्धि गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि मङ्सिर विद्यमान १ कित्ता साधारण सेयर बराबर ०.४७६ कित्ता साधारण सेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

सम्बन्धित समाचार

अपि पावरको नाफा २४५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि दाेब्बर बढीकाे वृद्धि

अपि पावरले एकैपटक सम्पन्न गर्यो दुई वार्षिक साधारणसभा, प्रस्तावित बोनस र हकप्रद सेयर पारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.